किताबसँगको लडाइँ
उन्नाइसौं शताब्दीका प्रभावशाली बुद्धिजीवी बुकर टी. वाशिङ्टन (१८५६ - १९१५) अमेरिकी शिक्षा प्रसारक र सुधारक थिए। उनी शिक्षाका माध्यमले काला जातिको हित गर्न सकिन्छ भन्ने ठान्थे। उनी राष्ट्रपति थियोडोर रुजभेल्ट र विलियम हावर्ड टाफ्टका सल्लाहकार थिए।हिमालखबरको 'परदेशी साहित्य' शृंखला अन्तर्गत वाशिङ्टनको आत्मकथा 'अप फ्रम स्लेभरी' बाट शिक्षा पाउन संघर्ष गरेको प्रसंगको पहिलो भाग दुई साताअघि प्रकाशन भएको छ। पढ्नुहोस्, त्यसको दोस्रो तथा अन्तिम भाग:
ह्याम्प्टन इन्स्टिच्यूटको मैदानमा पुगेपछि सकेसम्म चाँडो म हेड टिचरकहाँ गएँ र मलाई भर्ना गरिमागेँ। मैले धेरै समयदेखि राम्रो खाना खान पाएको थिइनँ, नुहाउन पाएको थिइनँ। लुगा फेर्न पाएको थिइनँ। त्यसले गर्दा मैले उनमा खासै प्रभाव पार्न सकिनँ भन्ने कुरा पक्का थियो। उनको मनमा मलाई भर्ना गर्न हुन्न होला भन्ने लागेको मैले अन्दाज गरेँ।
मलाई के लाग्यो भने उनलाई म काम नलाग्ने, बदमास र आवारा जस्तो लागेँ भने पनि त्यसको दोष उनलाई लगाउन हुँदैन। केही समयसम्म उनले मलाई भर्ना गर्दिनँ भनेर भनिनन्। भर्ना गरिदिन्छु पनि भनिनन्। म उनको अगाडि बसिरहेँ। म भर्ना गर्न योग्य मानिस हुँ भनेर उनलाई प्रभाव पार्ने प्रयास गरिरहेँ। त्यसबीचमा उनले अरु विद्यार्थीलाई भर्ना लिइन्। त्यो देख्दा मलाई सहिनसक्नुभयो, किनभने मलाई हृदयदेखि नै के लागेको थियो भने म कति क्षमतावान् हुँ भन्ने कुरा देखाउने मौका पाए म उनीहरु जति नै योग्य हुँ भनेर देखाउन सक्थेँ।
केही घण्टा बितेपछि हेड टिचरले मलाई भनिन्, “सँगैको वाचन कक्ष बढार्नुपर्ने छ। कुचो लिएर जा र बढार्।”
मलाई तत्कालै यो मेरा लागि ठूलो मौका हो भन्ने लाग्यो। मैले यसअघि अरुको आदेश यति खुशीसाथ कहिल्यै शिरोपर गरेको थिइनँ। मलाई म बढार्न जान्दछु भन्ने थाहा थियो किनभने मिसेस रुफनरकहाँ मैले काम गरेका वेला उनले बढार्ने काम कसरी गर्नुपर्छ भन्ने कुरा मलाई विस्तारमा सिकाएकी थिइन्।
पढ्नुहोस् - शिक्षा पाउन संघर्ष' भाग १
कोठा बढार्ने काम मेरो प्रवेश परीक्षा थियो। हार्वर्ड अथवा यलको प्रवेश परीक्षा पास गर्ने कुनै पनि युवाले मैले त्यति वेला पाएजस्तो चोखो सन्तुष्टि पाउँदैन। त्यसपछि मैले धेरै परीक्षा पास गरेँ, तर मलाई जहिल्यै पनि के लाग्छ भने मैले दिएका परीक्षामध्ये सबैभन्दा राम्रो परीक्षा त्यही थियो।
मैले वाचन कक्ष तीन चोटि बढारेँ। त्यसपछि धूलो पुछ्ने कपडा ल्याएँ र चार चोटि पुछेँ। भित्ताका सबै काठका सामान, सबै बेन्च, टेबल र डेस्कलाई कपडाले चार-चार पटक पुछेँ। त्यसपछि, सबै फर्निचर सारेर पुछेँ। आलमारी र कुनाकाप्चा सबै ठाउँ राम्रोसँग पुछेर सफाचट बनाएँ। कोठा सफा गर्ने कामबाट मैले हेड टिचरमा जस्तो प्रभाव पार्छु, त्यसले मेरो भविष्य निर्धारण गर्छ भन्ने मलाई लागेको थियो।
काम सकेपछि मैले हेड टिचरलाई काम सकेँ भनेर भनेँ। उनी त्यस्ती 'याङ्की' महिला थिइन्, जसलाई धूलो कहाँ बाँकी बसेको हुन्छ भन्ने राम्रोसँग थाहा थियो। उनी वाचन कक्ष गइन् र त्यसको भुइँ र आलमारी जाँचिन्, त्यसपछि उनले रुमाल निकालेर भित्तामा रहेका काठ, टेबल र बेन्चमा घोटिन्। भुइँमा फोहोरको एउटा टुक्रा पनि नभेटेपछि र सबै फर्निचर जाँच्दा कतै धूलो नभेटे पछि उनले भनिन्, “तिमीले इन्स्टिच्यूटमा भर्ना पाउँछौ होला जस्तो लाग्यो।”
त्यति वेला म यस धर्तीको सबैभन्दा खुशीमध्येको एउटा प्राणी थिएँ। त्यो कोठा बढार्ने काम मेरो प्रवेश परीक्षा थियो। हार्वर्ड अथवा यलको प्रवेश परीक्षा पास गर्ने कुनै पनि युवाले मैले त्यति वेला पाएजस्तो चोखो सन्तुष्टि पाउँदैन। त्यसपछि मैले धेरै परीक्षा पास गरेँ, तर मलाई जहिल्यै पनि के लाग्छ भने मैले दिएका परीक्षामध्ये सबैभन्दा राम्रो परीक्षा त्यही थियो।
मैले वाचनकक्ष जसरी सफा गरेको थिएँ, त्यसले मलाई ह्याम्प्टनमा भर्ना हुने बाटो खोलिदिएको जस्तो देखिन्छ। हेड टिचर मिस मेरी एफ. म्याकीले मलाई पियनको काम पनि दिइन्। त्यसलाई मैले खुशीसाथ स्वीकार गरेँ, किनभने यो काम गर्दा मलाई त्यहाँ बस्न चाहिने झन्डै झन्डै सबै खर्च जुट्थ्यो। काम कठोर थियो, धेरै मिहिनेत गर्नुपर्थ्यो। तर, मैले यो काम गरेँ।
मैले ह्याम्प्टन स्कूल भर्ना हुँदाको मेरो अनुभव बताएँ। थोरै मानिसले मेरै जस्तो अनुभव गर्नुपरेन होला, तर ह्याम्प्टन अथवा अरु स्कूलमा भर्ना हुनुअघि धेरैले मेरो जस्तो अवस्था भोग्नुपरेको थियो। ती स्कूलमा भर्ना हुने चाहने धेरै युवायुवती जुनसुकै हालतमा पनि शिक्षा लिन प्रतिबद्ध थिए।
मैले वाचनकक्ष जसरी सफा गरेको थिएँ, त्यसले मलाई ह्याम्प्टनमा भर्ना हुने बाटो खोलिदिएको जस्तो देखिन्छ। हेड टिचर मिस मेरी एफ. म्याकीले मलाई पियनको काम पनि दिइन्। त्यसलाई मैले खुशीसाथ स्वीकार गरेँ, किनभने यो काम गर्दा मलाई त्यहाँ बस्न चाहिने झन्डै झन्डै सबै खर्च जुट्थ्यो। काम कठोर थियो, धेरै मिहिनेत गर्नुपर्थ्यो। तर, मैले यो काम गरेँ।
मैले धेरै कोठा सफा गर्नुपर्थ्यो। राति अबेरसम्म काम गर्नुपर्थ्यो। अनि बिहान चाँडै उठेर आगो बाल्नुपर्थ्यो। पढ्नका लागि मसँग समय धेरै थिएन। ह्याम्प्टनमा रहुञ्जेल र त्यसपछि म बाहिरी दुनियाँमा हुँदा पनि हेड टिचर मिस म्यारी एफ. म्याकी मेरी सबैभन्दा भरपर्दी र सबैभन्दा सहयोगी साथी बनिन्। मेरा अँध्यारा समयमा मैले उनीबाट पाएका सल्लाह र प्रोत्साहनले मलाई जहिल्यै पनि सहयोग पुर्याए, मलाई बलियो बनाए।
म के कुरामा भाग्यमानी छु भने मैले यूरोप र अमेरिकाका महान् मानिसलाई भेट्न पाएँ। तर, म नहिच्किचाई के भन्छु भने मैले भेटेका ती महान् मानिसहरु जेनरल आर्मस्ट्रोङको दाँजोमा आउँदैनथे। दास बनाइएका मानिसहरुबाट खेती गरिने प्रथा र कोइलाखानीको नराम्रो अवस्था भोगेर आएको मेरा लागि जेनरल आर्मस्ट्रोङ जस्ता मानिससँग सम्पर्क गर्न पाउनु आक्कलझुक्कल मात्र मिल्ने विशेष अवसर हो।
ह्याम्प्टन इन्स्टिच्यूटको भवन र त्यहाँको दृश्यले ममा पारेको प्रभावबारे मैले माथि नै उल्लेख गरेँ। तर, मलाई जे कुराले सबैभन्दा ठूलो र दीर्घकालीन प्रभाव पारेको थियो त्योबारे भनिसकेको छैन। ममा त्यस्तो प्रभाव एकजना मान्छेले पारेका थिए। उनी मैले भेट्ने अवसर पाएकामध्ये सबैभन्दा महान् र सबैभन्दा दुर्लभ मानिस थिए। उनी थिए– जेनरल स्याम्युअल सी.आर्मस्ट्रोङ।
म के कुरामा भाग्यमानी छु भने मैले यूरोप र अमेरिकाका महान् मानिसलाई भेट्न पाएँ। तर, म नहिच्किचाई के भन्छु भने मैले भेटेका ती महान् मानिसहरु जेनरल आर्मस्ट्रोङको दाँजोमा आउँदैनथे। दास बनाइएका मानिसहरुबाट खेती गरिने प्रथा र कोइलाखानीको नराम्रो अवस्था भोगेर आएको मेरा लागि जेनरल आर्मस्ट्रोङ जस्ता मानिससँग सम्पर्क गर्न पाउनु आक्कलझुक्कल मात्र मिल्ने विशेष अवसर हो। मसँगको पहिलो भेटमा उनले ममा आफू अद्भूत भएको जुन प्रभाव पारे त्यो म सधैंभरि सम्झिइरहन्छु। मलाई उनमा महामानवमा हुनुपर्ने गुण भएजस्तो लाग्यो।
खुशीको कुरा के छ भने मैले म ह्याम्प्टनमा भर्ना भएदेखि जेनरल आर्मस्ट्रोङ बाँचुञ्जेल उनीसँग व्यक्तिगत रुपमा सम्पर्क गर्ने विशेष अवसर पाएको थिएँ। मैले उनीसँग जति बढी संगत गर्दै गएँ, मेरो मनले उनी अझ बढी महान् भएको ठम्यायो। ह्याम्प्टन इस्टिच्यूटका भवन हटाइदिएर, कक्षाकोठा हटाइदिएर, शिक्षक हटाइदिएर, अरु उद्यम हटाइदिएर र त्यहाँ आउने विद्यार्थीलाई जेनरल आर्मस्ट्रोङसँग संगत गर्ने मौका मात्र दिएको भए पनि उनीहरुले सर्वोपरि शिक्षा पाउने थिए।
मेरो उमेर जति बढ्दै गयो मलाई के कुरामा त्यति नै बढी मात्रामा विश्वास लाग्दै गयो भने महान् पुरुष तथा महिलाको संगतबाट जुन शिक्षा हासिल गर्न सकिन्छ, त्यस्तो शिक्षा कुनै किताब अथवा महँगा शैक्षिक सामग्रीबाट हासिल गर्न सकिँदैन!
जेनरल आर्मस्ट्रोङले उनको जीवनका अन्तिम ६ महीनामध्ये दुई महीना टस्किगीको मेरो घरमा बिताए। त्यतिवेला उनलाई पक्षघात भएको थियो। उनको शरीर र बोलीलाई धेरै हदसम्म उनले चाहेअनुसार चलाउन सक्दैनथे। यति हुँदाहुँदै पनि उनले आफ्नो जीवन जेप्रति समर्पित गरेका थिए त्यस काममा उनी रातदिन निरन्तर लागिरहे। आफैँलाई बिर्सेर आफ्नो लक्ष्य भेट्टाउने कोशिशमा लागेका यस्ता अरु मान्छे मैले देखेको थिइनँ। उनले आफ्ना लागि कहिल्यै पनि सोचेजस्तो मलाई लाग्दैन। ह्याम्प्टनमा काम गरेका वेला उनी जति खुशी थिए, अमेरिकाको दक्षिणी भेगका संस्थालाई सहयोग गर्ने कोशिश गरेका वेला पनि उनी त्यति नै खुशी थिए।
गृहयुद्धमा उनले दक्षिणका गोराहरु विरुद्ध लडेका थिए तर लडाइँपछि उनले ती गोराहरुका विरुद्ध एउटा पनि नराम्रो शब्द बोलेको मैले सुनिनँ। उल्टो, उनले दक्षिणका गोराहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर निरन्तर कोशिश गरिरहे।
जुन हिउँदमा हामीले त्यसरी पालमा बस्नुपरेको थियो त्यो असाध्यै जाडो थियो। हामीलाई असाध्यै दुःख भयो। हामीलाई कति जाडो भयो भन्ने कुरा जेनरल आर्मस्ट्रोङले कहिल्यै थाहा पाएनन् भन्ने कुरा मलाई यकिन छ, किनभने हामीले यसबारे कहिल्यै पनि गुनासो गरेनौं। हामीले यसो गर्दा जेनरल आर्मस्ट्रोङ खुशी हुन्थे, थप विद्यार्थीले पढ्न पाउँथे। हामीलाई यसमै सन्तोष थियो।
ह्याम्प्टनका विद्यार्थीमाथि उनको कस्तो प्रभाव थियो र विद्यार्थीहरुले उनलाई कतिसम्म विश्वास गर्थे भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिँदैन। उनलाई उनका विद्यार्थीले पूजा गर्थे। जेनरल आर्मस्ट्रोङले जे काममा हात हाल्थे त्यसमा उनी असफल हुन्छन् भन्ने मलाई कहिल्यै लागेन। उनले कसैलाई कुनै अनुरोध गर्दा त्यसलाई कसैले स्वीकार नगर्ने भन्ने कुरै हुँदैनथ्यो।
अल्बामाको मेरो घरमा बसेका वेला उनलाई नराम्रोसँग पक्षघात भएको थियो। उनलाई एक ठाउँबाट अर्को ठाउँमा लान ह्वीलचेयरमा राखेर धकेल्नुपर्थ्यो। मलाई के सम्झना छ भने एक पटक उनका एकजना पूर्व विद्यार्थीले निकै लामो, भिरालो बाटोमा उनको ह्विलचेयर धकेलेर डाँडामा पुर्याउनुपरेको थियो। त्यसो गर्न उनलाई आच्छुआच्छु परेको थियो। डाँडामा पुगिसकेपछि ती पूर्वविद्यार्थीको मुहारमा खुशीको चमक चम्कियो। उनले सन्तोषको सास फेरे र भने, “जेनरलको जीवनकालमै उनलाई सहयोग गर्ने कठिन काम गर्ने अवसर पाएकोमा म औधि खुशी छु।”
ह्याम्प्टनमा पढिरहेका वेला एक पटक छात्राबासमा असाध्यै धेरै घुइँचो भयो र भर्ना हुन चाहने विद्यार्थीलाई भर्ना गर्न असम्भव भयो। यो समस्या हल गर्न जेनरलले पाल गाडेर विद्यार्थीलाई त्यहाँ सुताउने योजना बनाए। हिउँदमा अलि ठूला विद्यार्थी पालमा सुतिदिए हुन्थ्यो भन्ने चाहना जेनरल आर्मस्ट्रोङले गरेका छन् भन्ने थाहा पाउने बित्तिकै स्कूलका सबैजसो विद्यार्थी त्यसो गर्न तयार भएका थिए।
त्यसरी तयार भएका विद्यार्थीमध्ये म पनि थिएँ। जुन हिउँदमा हामीले त्यसरी पालमा बस्नुपरेको थियो त्यो असाध्यै जाडो थियो। हामीलाई असाध्यै दुःख भयो। हामीलाई कति जाडो भयो भन्ने कुरा जेनरल आर्मस्ट्रोङले कहिल्यै थाहा पाएनन् भन्ने कुरा मलाई यकिन छ, किनभने हामीले यसबारे कहिल्यै पनि गुनासो गरेनौं। हामीले यसो गर्दा जेनरल आर्मस्ट्रोङ खुशी हुन्थे, थप विद्यार्थीले पढ्न पाउँथे। हामीलाई यसमै सन्तोष थियो। चिसा हिउँदका रातमा तुफान चल्दा कति पटक हाम्रो पाल उड्थ्यो। हामी आकाश मुनि हुन्थ्यौं। जेनरल प्रायः सधैंभरि बिहान पालमा आउँथे। उनको इमानदार, हँसिलो र उत्साबर्द्धक बोली सुन्दा हामी आफूले भोग्नुपरेका कठिनाइ भुल्थ्यौं।
मैले जेनरल आर्मस्ट्रोङको प्रशंसा गरेँ। खासमा उनी गृहयुद्धपछि मेरो जातिका मानिसको उन्नतिका लागि मानिसका अवतारमा निग्रो स्कूल आएका सयौंमध्येका एकजना भगवान् जस्ता थिए। ती निग्रो स्कूलमा गएजस्ता महान्, पवित्र र निस्वार्थी महिला तथा पुरुष इतिहासमा भेटिँदैनन्।
ह्याम्प्टनमा बसेका वेला मैले निरन्तर नयाँ नयाँ कुरा थाहा पाएँ। त्यतिवेला म नयाँ नयाँ संसारमा, नयाँ उचाइमा पुगेँ। निश्चित समयको अन्तरमा खाना खान पाउनु, टेबलपोशले ढाकिएको टेबलमा खाना खान पाउनु, न्यापकिन प्रयोग गर्न पाउनु, बाथटबमा नुहाउन पाउनु, ब्रसले दाँत माझ्न पाउनु, तन्ना ओछ्याउन पाउनु यी सबै कुरा मेरा लागि नयाँ थिए।
ह्याम्प्टनमा बसेका वेला मैले निरन्तर नयाँ नयाँ कुरा थाहा पाएँ। त्यतिवेला म नयाँ नयाँ संसारमा, नयाँ उचाइमा पुगेँ। निश्चित समयको अन्तरमा खाना खान पाउनु, टेबलपोशले ढाकिएको टेबलमा खाना खान पाउनु, न्यापकिन प्रयोग गर्न पाउनु, बाथटबमा नुहाउन पाउनु, ब्रसले दाँत माझ्न पाउनु, तन्ना ओछ्याउन पाउनु यी सबै कुरा नयाँ थिए मेरा लागि।
कहिलेकाहीँ मलाई के लाग्छ भने ह्याम्प्टन इन्स्टिच्यूटमा मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेको नुहाउनुको महत्त्व हो। त्यहाँ मैले पहिलो पटक स्नानको महत्त्व थाहा पाएँ। मैले के जानेँ भने नुहाउँदा शरीर स्वस्थ हुने मात्र होइन यसले आत्मसम्मान र सद्गुण बढाउने काम पनि गर्छ। ह्याम्प्टनबाट विदा भएपछि अमेरिकाका दक्षिणी भेग र अन्य ठाउँ गएका वेलामा मैले जसरी भए पनि दिनैपिच्छे नुहाउन खोजेँ। मेरा आफ्ना जातिका मानिसका एक कोठे घरमा पाहुना लागेका वेला दिनैपिच्छे नुहाउने मौका पाउन सजिलो थिएन। एउटै उपाय हुन्थ्यो, जंगलमा खोलानालामा गएर नुहाउनु। सबैका घरमा नुहाउने ठाउँको कुनै न कुनै किसिमको बन्दोबस्त गर्नुपर्छ भनेर मैले मेरा मानिसलाई बताउने कोशिश गरेँ।
ह्याम्प्टनमा विद्यार्थी जीवन बिताएका वेला केही समय मसँग एक जोर मात्रै मोजा थिए। म त्यही एक जोर मोजा लगाउँथेँ। मैला भएपछि राति मोजा धुन्थेँ, तिनलाई अगेनामाथि सुकाउँथे- भोलिपल्ट बिहानसम्ममा सुकेपछि तिनै मोजा लगाउन पाइयोस् भनेर।
ह्याम्प्टनमा मैले मासिक छात्राबास शुल्क दश डलर तिर्नुपर्थ्यो। यसमध्ये केही मैले नगद तिर्नुपर्थ्यो भने बाँकी तिर्न काम गर्दा हुन्थ्यो। नगद मैले कसरी तिर्न सक्नु र! मैले भनेँ नि ह्याम्प्टन पुग्दा मसँग पचास सेन्ट मात्र थियो। मेरा दाजु जोनले आक्कलझुक्कल थोरै पैसा पठाउँथे। त्यसबाहेक पैसा आउने अरु बाटो मसँग थिएन। पियनको जागिर पाउने बित्तिकै मैले मेरो जस्तो काम अरु कसैले गर्न नसक्ने, त्यो काम गर्न म नभई नहुने बनाउने अठोट गरेको थिएँ। यो काममा म अत्यन्तै सफल भएँ। मैले इन्स्टिच्यूटबाट के जानकारी पाएँ भने छात्राबास शुल्क तिर्न मैले नगद दिनुपर्दैन, त्यसका बदलामा काम गरे पुग्छ।
ह्याम्प्टनमा विद्यार्थी जीवन बिताएका वेला केही समय मसँग एक जोर मात्रै मोजा थिए। म त्यही एक जोर मोजा लगाउँथेँ। मैला भएपछि राति मोजा धुन्थेँ, तिनलाई अगेनामाथि सुकाउँथे- भोलिपल्ट बिहानसम्ममा सुकेपछि तिनै मोजा लगाउन पाइयोस् भनेर।
पढाइ शुल्क वर्षको सत्तरी डलर तिर्नुपर्थ्यो। हो, यसो गर्नु मेरो क्षमताले नभ्याउने कुरा थियो। छात्राबास शुल्कबाहेक वर्षको सत्तरी डलर पढाइ शुल्क तिर्नुपरेको भए म ह्याम्प्टन स्कूल छाड्न बाध्य हुनेथिएँ। मलाई दया गरेर जेनरल आर्मस्ट्रोङले न्यू बेडफोर्डका एस ग्रिफ्फिट्स मोर्गनसँग कुरा गरे। उनले मैले ह्याम्प्टन पढुञ्जेलको सबै पढाइ शुल्क तिरिदिने भए। ह्याम्प्टनको पढाइ सकेर टस्किगीमा काम थालेपछि मैले मोर्गनलाई भेट्ने मौका धेरै पटक पाएँ।
ह्याम्प्टन पुगेको केही समयपछि किताब र लुगा नभएकाले मलाई समस्या भयो। जसले किताब किन्न सक्थे तिनको किताब मागेर मैले यो समस्या त हल गरेँ तर लुगाको समस्या कसरी हल गर्ने? ह्याम्प्टन पुग्दा मसँग लगाउने लुगै थिएन भन्दा हुन्छ। मसँग जेजति सामान थिए ती सबै एउटा सानो झोलामा अँटेका थिए। युवा विद्यार्थीहरुले लगाएका लुगा सफा छन् कि छैनन् भनेर जेनरल आर्मस्ट्रोङ आफैँले चेक गर्थे। यस कुराले मेरो चिन्ता बढेको थियो। जुत्ता पोलिस गरेर टल्काउनुपर्थ्यो। लुगाका एउटा पनि टाँक खुस्किएको हुनुहुँदैनथ्यो। एउटा सानो पनि दाग हुनुहुँदैनथ्यो। काम गर्दा र स्कूलका कक्षाकोठामा बस्दा पनि एउटै लुगा लगाउनुपरेपछि त्यसलाई सफा राख्न सकिँदैनथ्यो। यो समस्या समाधान गर्न मलाई निकै गाह्रो भयो। मैले त्यही एकजोर कपडाले जसोतसो काम चलाइरहेको थिएँ।
ह्याम्प्टन पुगेको केही समयपछि किताब र लुगा नभएकाले मलाई समस्या भयो। जसले किताब किन्न सक्थे तिनको किताब मागेर मैले यो समस्या त हल गरेँ तर लुगाको समस्या कसरी हल गर्ने? ह्याम्प्टन पुग्दा मसँग लगाउने लुगै थिएन भन्दा हुन्छ। मसँग जेजति सामान थिए ती सबै एउटा सानो झोलामा अँटेका थिए। युवा विद्यार्थीहरुले लगाएका लुगा सफा छन् कि छैनन् भनेर जेनरल आर्मस्ट्रोङ आफैँले चेक गर्थे। यस कुराले मेरो चिन्ता बढेको थियो।
म पढाइमा गम्भीर भएको र ममा सफल हुने चाहना भएको कुरा शिक्षकले थाहा पाएछन्। त्यसपछि उनीहरुले अरु ठाउँबाट मानिसले बोरामा हालेर पठाइदिएका सेकेन्डह्यान्ड लुगा दिए। यसले मेरो लुगाको आवश्यकता आंशिक रुपमा पूरा गर्यो। यसरी अन्तबाट पठाइएका ती लुगाले गरीब तर जेहन्दार विद्यार्थीको ठूलो गर्जो टारिदिए। त्यस्ता लुगा नपाएको भए म ह्याम्प्टनमा टिक्थेँ जस्तो मलाई लाग्दैन।
ह्याम्प्टन पुग्नुभन्दा पहिले मलाई दुईवटा तन्ना भएको ओछ्यानमा सुतेको सम्झना छैन। त्यस स्कूलमा त्यति वेला धेरै भवन थिएनन्। त्यसैले विद्यार्थी सुत्ने कोठाको अभाव थियो। म सुत्ने कोठामा अरु सात जना केटाहरु पनि सुत्थे। उनीहरु त्यस स्कूलमा म जस्तो नयाँ नभएर अलि पुराना थिए। दुईवटा तन्ना देखेर म चकित परेँ। पहिलो रात म ती दुवै तन्ना ओढेर सुतेँ। दोस्रो रात दुवै तन्ना ओछ्याएर सुतेँ। मेरो कोठामा सुत्ने अरु केटाले कसो गर्छन् भनेर हेरेपछि मैले बल्ल थाहा पाएँ तल्लो तन्ना ओछ्याउने र माथिल्लो तन्ना ओडने रहेछ। त्यसपछि म सधैंभरि यसै गर्न र यो कुरा अरुलाई सिकाउन कोशिश गरिरहेको छु।
त्यतिवेला ह्याम्प्टनमा भएका विद्यार्थीमध्ये म सबैभन्दा कान्छोमध्येमा पर्थें। त्यहाँका अधिकांश महिला तथा पुरुष विद्यार्थी अलि पाका थिए। कोही त चालीस वर्ष पुगिसकेका थिए। अहिले पनि मलाई के सम्झना छ भने त्यो स्कूल गएको पहिलो वर्ष मैले त्यहाँ तीन/चार सय त्यस्ता महिला र पुरुषसँग घुलमिल गरेँ जसले भयङ्कर ठूलो अभाव झेल्नुपरेको थियो। यति धेरै त्यस्ता मानिससँग घुलमिल हुन पाउने अवसर मानिसले कमै मात्र पाउँछ। त्यहाँ हामीले कि त पढ्नुपर्थ्यो कि त काम गर्नुपर्थ्यो।
त्यहाँका प्रायः सबैले त्यस्तो वास्तविक संसार भोगेका थिए जसले उनीहरुलाई शिक्षाको आवश्यकता कति छ भन्ने पाठ पढाएको थियो। पाका उमेरका धेरै जनालाई पाठ्यपुस्तक पूरै पढिसक्न असम्भव थियो। त्यसो गर्न उनीहरुले गरेको संघर्ष देख्दा उराठ लाग्थ्यो। तर, किताबमा कमजोर भए पनि गम्भीरतामा उनीहरु उत्कृष्ट थिए। तीमध्ये धेरै जना म जति नै गरीब थिए। उनीहरुले किताबसँग लडाइँ गर्नुपरेको थियो। साथसाथै जीवनका लागि चाहिने कुरा जुटाउन नसक्ने अवस्थाको गरीबीसँग पनि जुध्नुपरेको थियो। धेरै जनाका वृद्ध बाबुआमा थिए जसलाई उनीहरुले पाल्नुपर्थ्यो। कतिले आफ्नी श्रीमतीलाई खर्च पठाउनुपर्थ्यो।
यो देशको इतिहास जति वेला लेखिएला, पक्कै लेखिएला भन्ने आशा मलाई छ, लडाइँको लगत्तै याङ्की शिक्षकले निग्रोलाई शिक्षा दिन खेलेको भूमिका जुन खण्डमा लेखिएको हुन्छ त्यो यस देशको इतिहासको सबैभन्दा रोमाञ्चक खण्ड हुनेछ।
स्कूलमा बस्ने अरु मानिसलाई माथि उठाउन आफू तयार रहनुपर्छ भन्ने महान् र प्रबल विचारलाई त्यहाँका सबै मानिसले पूर्ण रुपमा अपनाएको जस्तो देखिन्थ्यो। कसैले पनि आफ्ना बारेमा सोचेजस्तो देखिँदैनथ्यो। अनि, त्यहाँका कर्मचारी र शिक्षक, ओहो, कति दुर्लभ मानव थिए ती! विद्यार्थीलाई सहयोग गर्न उनीहरु रातदिन खटिरहन्थे, बाह्रै महीना खटिरहन्थे। विद्यार्थीलाई कुनै न कुनै किसिमले सहयोग गर्न पाउँदा मात्र उनीहरु खुशी देखिन्थे।
यो देशको इतिहास जति वेला लेखिएला, पक्कै लेखिएला भन्ने आशा मलाई छ, लडाइँको लगत्तै याङ्की शिक्षकले निग्रोलाई शिक्षा दिन खेलेको भूमिका जुन खण्डमा लेखिएको हुन्छ त्यो यो देशको इतिहासको सबैभन्दा रोमाञ्चक खण्ड हुनेछ। त्यो दिन चाँडै आउनेछ, जुन दिन ती शिक्षकहरुले गरेको सेवाको प्रशंसा पूरै दक्षिणी भागले त्यस तवरले गर्नेछ जुन तवरले अहिलेसम्म गरेको छैन।
अनुवादको सर्वाधिकार: मोहन मैनाली
'परदेशी साहित्य' शृंखला अन्तर्गत विगतमा मोहन मैनालीको अनुवादमा प्रकाशित सामग्री:
भर्जिनिया ऊल्फको 'अ रूम अफ वान्स ओन' को पहिलो र दोस्रो खण्ड -
सर रिचर्ड लिभिङस्टोनको निबन्ध -
सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध -
जर्ज बर्नार्ड शअको निबन्ध -
र यो चाहिँ, परदेशी निबन्धको पठन, छनोट र अनुवादबारे मोहन मैनालीको निबन्ध -