के हो शिक्षाको लक्ष्य ?
'सर रिचर्ड विन लिभिङस्टन (सन् १८८०-१९६०) शास्त्रीय विद्वान् र विश्वविद्यालय प्रशासक र लिबरल आर्ट्स पाठ्यक्रममा प्रवीण थिए।' — इन्साइक्लोपेडिया ब्रिटानिका
अटलान्टिक समुद्र पार गर्ने विलासी पानीजहाज अथवा, अँ साँच्चै, अमेरिकाका केही होटलहरूको खानाको मेनु जुन यात्रीले पढ्छ, ऊ मूर्च्छा पर्नेगरी चकित हुन्छ। त्यस मेनुमा अति धेरै खानेकुराको सूची हुन्छ, मानिसले पचाउन सक्नेभन्दा कता हो कता धेरै खानेकुराको। शिक्षाबारे पनि कहिलेकाहीँ यस्तो लाग्छ- यसले पनि भोजन गर्न अति धेरै विषयको सूची दिएको हुन्छ।
यस ब्रह्माण्डका प्रायसः सबै विषयः ग्रीक भाषादेखि स्टेनोग्राफी (संकेतका आधारमा छोटकरीमा लेख्ने कला) सम्म अनि संगीतदेखि अर्थशास्त्रसम्म। आश्चर्यलाग्दो गरी धेरै विषयको सूचीबाट कुन छान्ने, कुन नछान्ने? पेट भर्न मात्र होइन, हामीलाई स्वस्थ रहन चाहिने पोषकतत्त्त्व समेत पाउन अर्थात् वास्तविक अर्थमा शिक्षित हुन हामीले कुन विषयको पाठ्यक्रम भोजन गर्नुपर्ला?
अर्को एउटा प्रश्न नसोधीकन र त्यसको उत्तर नदिईकन यो प्रश्नको जबाफ दिन सकिंदैन। त्यो प्रश्न होः शिक्षा केका लागि? स्कूल अथवा कलेज पढ्ने विद्यार्थी, अझ उनीहरूका अभिभावक समेतलाई यो प्रश्न अचानक सोध्यो भने उनीहरू सबैले तत्काल स्पष्ट र चित्तबुझ्दो उत्तर देलान् भन्नेमा मलाई शंका लाग्छ। बाबुआमाले हामीलाई स्कूल पठाउन चाहेकाले अथवा हाम्रो समाजमा बालबालिका स्कूल जाने चलन भएकाले अथवा यस जगत्मा सफल हुनका लागि शिक्षा टड्कारो रूपमा आवश्यक ठानिएकाले हामीमध्ये धेरैजसो शिक्षित भएका हौं।
यी कुरा तत्कालका लागि हामीलाई शिक्षा हासिल गर्न लगाउने निर्णायक तत्त्व हुनसक्लान्। एकछिनका लागि यिनलाई हामीले शिक्षा लिनुका कारण मानिदियौं भने पनि शिक्षाले जे कुरा दिनुपर्छ त्यो हामीलाई दिलाउन यी कारण पर्याप्त हुँदैनन्। स्कूल अथवा कलेज जानुपर्ने निश्चित कारणबारे सोचविचार नगरीकनै हामी स्कूल अथवा कलेज गयौं भने शिक्षाको यो खाना खाइसक्दा हाम्रो पेट त भरिएला, तर त्यसले पोषक तत्त्व भने नदिन सक्छ। त्यसैले, म यहाँ शिक्षाबाट हामीले के खोज्नुपर्छ भन्ने प्रश्नबाट मेरा कुरा थाल्ने अनुमति चाहन्छु। यस प्रश्नको जबाफ दिने सिलसिलामा म शिक्षाको महत्त्वपूर्ण, तर यसको अलि कम महत्त्वका पक्षलाई बेवास्ता गरेर शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्षमा केन्द्रित हुन्छु।
अमेरिकाका कलेजहरूका क्याटलग हेरौं। त्यहाँ असंख्य विषयका पाठ्यक्रम दिइएका हुन्छन्। यी पाठ्यक्रमका बीचमा कुनै समान विशेषता भेटिन्छ? यी सबै पाठ्यक्रमले उस्तै लक्ष्य राखेका हुन्छन्? हो, ती सबै पाठ्यक्रमले विद्यार्थीलाई उत्कृष्ट कुरा सिकाउने लक्ष्य राखेका हुन्छन्।
सबै पाठ्यक्रमको उद्देश्य विद्यार्थीलाई उसले पढेका विषयका उत्कृष्ट कुरा सिक्न सहयोग गर्नु हो। अंग्रेजीको पाठ्यक्रम लिने विद्यार्थीले राम्रो अंग्रेजी भनेको के हो भन्ने जान्नुपर्छ। कृषि पढ्ने विद्यार्थीले खेती गर्ने सर्वोत्तम तरिका जान्नुपर्छ। खाना अथवा पोशाक बनाउने विषयका पाठ्यक्रमले विद्यार्थीलाई साँच्चै राम्रोसँग खाना अथवा पोशाक कसरी बनाउने भन्ने कुरा सिकाउनुपर्छ।
शिक्षा प्राप्त गर्ने क्रममा जे जस्ता उपलब्धि हासिल भए पनि हामीले अध्ययन गरेको विषयमा उत्कृष्टता हासिल गर्न सकेनौं भने त्यो शिक्षा अपूर्ण र असन्तोषजनक हुन्छ। यसो भएमा हामीले केही ज्ञान त पाऔंला, तर शिक्षा पाएका हुँदैनौं।
अरू विषयका पाठ्यक्रमका हकमा पनि यही कुरा लागू हुन्छ। सबै विषयका पाठ्यक्रमले त्यस विषयको उत्कृष्ट ज्ञान दिनुपर्छ। यो सबै विषयका शिक्षामा पाइने साझा विशेषता हो। शिक्षक अथवा विद्यार्थी जो भए पनि हामीले अर्को के कुरा हाम्रो दिमागमा दह्रो गरी बसाउनुपर्छ भने शिक्षा प्राप्त गर्ने क्रममा जे जस्ता उपलब्धि हासिल भए पनि हामीले अध्ययन गरेको विषयमा उत्कृष्टता हासिल गर्न सकेनौं भने त्यो शिक्षा अपूर्ण र असन्तोषजनक हुन्छ। यसो भएमा हामीले केही ज्ञान त पाऔंला, तर शिक्षा पाएका हुँदैनौं।
हाम्रो पहिलो प्रश्न थियोः शिक्षाको लक्ष्य के हो? यसको जबाफ यहाँ छ। आफूले अध्ययन गरेका विषयमा आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्टता हासिल गर्ने उद्देश्य राखेर त्यो उत्कृष्टता भनेको के हो भन्ने थाहा पाउनु शिक्षा लिनुको लक्ष्य हो। यस कुरालाई दिमागमा दह्रो गरी राख्न सक्यौं भने हामीले थरीथरीका पाठ, व्याख्यान र किताबसँग जँड्याहाले जसरी जुध्नु पर्दैन, जसलाई आफू कहाँ छु र आफूले के गर्न लागेको छु भन्ने कुराको अलिअलि मात्र ज्ञान हुन्छ।
जाँच पास गर्न अथवा प्रमाणपत्र हासिल गर्न अथवा शिक्षकको चित्त बुझाउन स्कूल अथवा कलेज गएको हुँ भनेर भन्न हामीले छाड्नुपर्छ। जाँच पास गर्ने, प्रमाणपत्र हासिल गर्ने र शिक्षकको चित्त बुझाउने काम मुख्य लक्ष्य पूरा गर्ने क्रममा यसै भइहाल्ने, सानातिना उद्देश्य मात्र हुन्। हामीले शिक्षाको वास्तविक लक्ष्य थाहा पाएर हाम्रो शिक्षालाई त्यही अनुरूप हाँक्नुपर्छ। हाम्रो जीवनको बहुमूल्य उद्देश्य भनेको उत्कृष्ट हुने र सर्वोत्तम कुरा हासिल गर्ने चाहना हो भन्ने भावनालाई हामीले अभ्यासमार्फत हाम्रो दिमागमा गहिरोसँग बसाउनुपर्छ।
अहिलेसम्म जे भयो ठीकै छ। तर, यसो गर्दा एउटा महत्त्वपूर्ण प्रश्न अनुत्तरित नै रहेको छ। हामीले सर्वोत्कृष्ट हुन खोज्नुपर्छ, सर्वोत्तम कुराको खोजी गर्नुपर्छ। तर, कुन विषयमा सर्वोत्तम कुराको खोजी गर्ने? जीवनमा जस्तै गरी शिक्षामा पनि के समस्या छ भने यहाँ पनि अति धेरै क्षेत्र छन्। हामीलाई सबै विषयमा उत्कृष्टता हासिल गर्ने चाहना हुनसक्छ, तर हामीसँग दिमाग र ऊर्जा सीमित भएकाले त्यसो गर्न असम्भव हुन्छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कुन होला? यो समस्यालाई यसरी अलि सरल पारौं: कुन कुन क्षेत्रका सर्वोत्कृष्ट ज्ञान मानिसले लिनुपर्ला?
हामीले शिक्षाको वास्तविक लक्ष्य थाहा पाएर हाम्रो शिक्षालाई त्यही अनुरूप हाँक्नुपर्छ। हाम्रो जीवनको बहुमूल्य उद्देश्य भनेको उत्कृष्ट हुने र सर्वोत्तम कुरा हासिल गर्ने चाहना हो भन्ने भावनालाई हामीले अभ्यासमार्फत हाम्रो दिमागमा गहिरोसँग बसाउनुपर्छ।
सबैभन्दा टड्कारो देखिने क्षेत्र हामीले जीवनमा अपनाउने पेशा हो, अथवा प्रचलित शब्दमा भन्दा व्यवसाय हो। जुनसुकै क्षेत्र रोजे पनि हामीले त्यसमा सर्वोत्कृष्ट ज्ञान हासिल गर्नुपर्छ। त्यो पेशा अँगाल्न चाहिने सबैभन्दा उत्तम उपायबारे थाहा पाउनुपर्छ। व्यावसायिक शिक्षाका क्षेत्रमा आधुनिक संसारले राम्रो प्रगति गरेको छ। यसले गर्ने हित/अहितबारे हामीलाई ज्ञान छ अथवा यसको महत्त्व हामीलाई थाहा छ। व्यावसायिक शिक्षा सम्बन्धमा हामीकहाँ (उनीहरूकहाँ, हामीकहाँ भनेको होइन— अनुवादक) राम्रो चलन छ।
इन्जिनियरिङ, चिकित्सा विज्ञान, वाणिज्य अथवा प्रविधि, नर्सिङ अथवा होटल व्यवस्थापन, अथवा हाम्रो भौतिक सभ्यताका महत्त्वपूर्ण यस्ता कुनै पनि गतिविधि सम्बन्धी शिक्षा गुणस्तरीय हुनुपर्छ। त्यो सर्वोत्कृष्ट हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौं। सर्वोत्कृष्ट हुनु भनेको के हो भन्ने हामीलाई स्पष्टसँग थाहा छ। यस्तो सर्वोत्कृष्टता हामी प्रायः सधैंजसो हासिल गर्छौं। त्यसैले व्यावसायिक शिक्षाबारे म केही भन्दिनँ। शिक्षाको यो एउटा मात्रै यस्तो शाखा होला जसमा हामी पूर्णतया सफल छौं र यो उपेक्षित हुने जोखिम कत्ति पनि छैन।
शिक्षित मानिसले साहित्य, कला, वास्तुकला र संगीत जस्ता मानव प्रकृतिको सिर्जनशील र बौद्धिक क्षमताबाट सिर्जित विभिन्न गतिविधिको सर्वोत्कृष्ट रूप कस्तो हुन्छ भन्नेबारे थाहा पाउनुपर्छ। यस सूचीमा विज्ञान र दर्शन पनि थप्न मलाई मन लाग्यो। तर, यी पछिल्ला दुई वटा विषयमा कुन कुरा गुणस्तरीय हो र कुन कुरा होइन भनी छुट्याउन विज्ञबाहेक अरूलाई कठिन हुन्छ। ती विषयमा भएका कामको मूल्यांकन गर्न चाहिने गहिरो ज्ञान शिक्षितमध्येका पनि धेरै मानिसमा हुँदैन। तर, अरू चार वटा क्षेत्र साहित्य, कला, वास्तुकला र संगीतसँग सबै मानिसको नजिकको र दैनन्दिन सम्पर्क हुन्छ।
हरेक ठाउँमा बस्ने मान्छे त्यहाँको वास्तुकलाबाट घेरिएको हुन्छ। हरेक पुस्तक पसलमा साहित्यले ऊसँग भेट गर्छ। रेडियो र थरीथरीका रेकर्ड प्लेयरबाट निस्केका संगीत उसको कान छेडेर भित्र पसेको हुन्छ। विभिन्न थरी र रङका कला उसको दैनन्दिन जीवनका अभिन्न अंग हुन्। वास्तुकला प्रायसः घटिया हुनसक्छ, साहित्य र संगीत तुच्छ खालको हुनसक्छ, कला कला भनिन लायक नहुन सक्छ। त्यही भएर त कुन साहित्य, कुन कला, कुन वास्तुकला र कुन संगीत राम्रो हो अनि कुन नराम्रो हो भनी छुट्याउने क्षमता हामीसँग हुनुपर्छ।
सबैभन्दा टड्कारो देखिने क्षेत्र हामीले जीवनमा अपनाउने पेशा हो, अथवा प्रचलित शब्दमा भन्दा व्यवसाय हो। जुनसुकै क्षेत्र रोजे पनि हामीले त्यसमा सर्वोत्कृष्ट ज्ञान हासिल गर्नुपर्छ। त्यो पेशा अँगाल्न चाहिने सबैभन्दा उत्तम उपायबारे थाहा पाउनुपर्छ।
होटलको पुस्तक पसलमा राखिएका साहित्यका पुस्तक र रेडियो अनि जुकबक्समा बजाइएका अधिकांश संगीतका आधारमा कुन राम्रो, कुन नराम्रो भन्ने फैसला गर्दा हामीले यी क्षेत्रमा अलि बढी नै भेदभाव गरेका हुनसक्छौं। संगीत, कला र साहित्य हाम्रो जीवनलाई चाहिने कुरा होइनन, यी मूलविहीन शृंगार मात्र हुन् पनि भनिन्छ। त्यसो भन्नेहरूलाई मेरो जबाफ छ, अजीव कुरा के छ भने संगीत, कला र साहित्य संसारमा रहेका थोरै अमर वस्तुमध्ये पर्दछन्।
कोही मानिसले आफूलाई दुई हजार वर्षपछि पनि मानिसले सम्झियून् भन्ने चाहना गर्छ भने यो पूरा गर्ने अचुक उपाय हो, महान् कविता अथवा किताब लेख्नु, महान् सिम्फोनी कम्पोज गर्नु, महान् चित्र बनाउनु, महान् मूर्ति कुँद्नु अथवा महान् भवन बनाउनु। यस कुरामा कसैलाई अलिकति पनि शंका छ भने प्लेटो र शेक्सपियर, माइकेएन्जेलो, राफेल, इक्टिनस र ब्राम्टे जस्ता धेरैअघि बितेका मानिसलाई आज हामी किन सम्झन्छौं भन्ने कुरा ख्याल गरे हुन्छ।
मैले के तर्क गर्ने गरेको छु भने, जसलाई आफूले दिनैपिच्छे काम गर्ने पेशा र (सम्भव भएसम्म) मानिसको सिर्जनशील र बौद्धिक तागत झल्कने क्षेत्रको सर्वोत्तम कुरा के हो भन्ने थाहा छैन भने, उसलाई आफू शिक्षित भएको दाबी गर्ने अधिकार हुँदैन। तर, शिक्षण अथवा नर्सिङ अथवा वाणिज्य अथवा चिकित्सा विज्ञान जस्ता हामी सबैले चासो राखेका पेशाभन्दा कठिन पेशा अर्को छ। त्यो हो, जिउने पेशा। के कुरा निश्चित हो भने अरू पेशाको जस्तै यस पेशाको पनि सर्वोत्कृष्ट कुरा के हो भनी हामीले थाहा पाउनुपर्छ।
मैले के तर्क गर्ने गरेको छु भने, जसलाई आफूले दिनैपिच्छे काम गर्ने पेशा र (सम्भव भएसम्म) मानिसको सिर्जनशील र बौद्धिक तागत झल्कने क्षेत्रको सर्वोत्तम कुरा के हो भन्ने थाहा छैन भने, उसलाई आफू शिक्षित भएको दाबी गर्ने अधिकार हुँदैन। तर, शिक्षण अथवा नर्सिङ अथवा वाणिज्य अथवा चिकित्सा विज्ञान जस्ता हामी सबैले चासो राखेका पेशाभन्दा कठिन पेशा अर्को छ। त्यो हो, जिउने पेशा।
मानवको प्रकृति र हाम्रो जीवनमा के कुरा अत्युत्तम हो भन्ने ज्ञान हामीलाई थाहा छैन भने, हामी यस क्षेत्रको कमसल र रद्दी कुरालाई सर्वोत्तम ठानेर झुक्किन्छौं भने, हाम्रो शिक्षा अपूर्ण भएको ठहरिँदैन र? यस क्षेत्रमा हामी चिकित्सा विज्ञान अथवा इन्जिनियरिङ अथवा विज्ञानका क्षेत्रमा भन्दा निकै धेरै कम सफल छौं।
यसका लागि हामीलाई स्पष्ट मापदण्ड चाहिएको छ। सरल तरिकाले भन्दा व्यवहारमा र जीवनमा सर्वोत्कृष्ट र कमसलका बीचमा, राम्रो र नराम्रो बीचमा भिन्नता छुट्याउने अझ स्पष्ट सोचाइ हामीसँग हुनुपर्छ। यस महत्त्वपूर्ण विषयमा हाम्रो अज्ञानताका उदाहरण आधुनिक सभ्यतामा जताततै पाइन्छन्। यस युगमा शायद अरू कुनै पनि युगमा जति नै धेरै राम्रा कुरा छन्। तर, अहिले राम्रा र नराम्रा कुरा छ्यासमिस भएका छन्। राम्रा र नराम्रा कुराबीचको भेद छुट्याउने मापदण्ड आम मानिससँग छैन। यसअघिका युगमा यस्तो थिएन होला। धानबालीसँगै सामा पनि उम्रेको छ। अनि सामा र धानबीच अन्तर देख्न छाडिएको छ।
मैले बढाइचढाइ गरे जस्तो कसैलाई लाग्छ भने उसले अहिले चलेका फिल्म हेरोस्, अझ विज्ञापन हेरोस्, रेडियो सुनोस् र अधिकांश पत्रपत्रिका पढोस्। यीमध्ये केही कामका लागि जिम्मेवार व्यक्तिहरूले हत्याराले भन्दा बढी कुभलो गरिरहेका छन्। फिल्म, रेडियो र पत्रपत्रिका हाम्रो जीवनलाई प्रभाव पार्ने मुख्य साधन हुन्। यिनैमा आएका कुराका आधारमा आम मानिसले आफ्नो धारणा बनाउँछन्, जीवनको दृष्टिकोण बनाउँछन्।
अब प्रश्न उठ्छः सर्वोत्तम कुरा के हो भन्ने कसरी थाहा पाउनु? यसको एउटै मात्र उपाय छ, सर्वोत्तम कुरा भेट्नु। महान् सर्जनले अपरेसन थियटरमा अथवा महान् डाक्टरले अस्पतालका वार्डमा जे जसरी काम गर्छ त्यो हेरेर चिकित्साशास्त्रको विद्यार्थीले संसारभरका सबै पाठ्यपुस्तक पढ्दा पनि थाहा नपाइने कुरा सिक्छ। शिक्षण कसरी गर्ने भन्ने कुरा थाहा पाउन महान् शिक्षकले कक्षामा पढाएको हेरे हुन्छ। राम्रो चित्र अथवा राम्रो ब्यांकिङ प्रणाली कस्तो हुन्छ भनेर थाहा पाउन मन छ भने उसले ती क्षेत्रका सबैभन्दा राम्रा उदाहरणको खोजी गरोस्। कुनै पनि क्षेत्रको सर्वोत्कृष्ट कुरा के हो भनेर थाहा पाउने एउटै उपाय हो, सर्वोत्कृष्ट अभ्यास हेर्नु।
सर्वोत्तम कुरा के हो भन्ने कसरी थाहा पाउनु? यसको एउटै मात्र उपाय छ, सर्वोत्तम कुरा भेट्नु। महान् सर्जनले अपरेसन थियटरमा अथवा महान् डाक्टरले अस्पतालका वार्डमा जे जसरी काम गर्छ त्यो हेरेर चिकित्साशास्त्रको विद्यार्थीले संसारभरका सबै पाठ्यपुस्तक पढ्दा पनि थाहा नपाइने कुरा सिक्छ।
निश्चय नै पनि, जीवनबारे पनि यही कुरा लागू हुन्छ। राम्रो जीवन कस्तो हुन्छ भनी हेर्न मन लाग्यो भने त्यस्तो जीवन बिताएका मानिससँग परिचय गर्नुपर्छ। सम्भव भए राम्रो जीवन के हो भन्ने कुरा थाहा भएका अथवा अझ राम्रो त त्यस्तो जीवन बिताएका मानिससँग संगत गर्नुपर्छ। त्यस्ता मानिस को होलान्? उनीहरूलाई कहाँ भेट्न सकिएला?
उनीहरूलाई भेट्ने ठाउँ ती विषयका पाठ्यक्रम हुन् जसलाई मानविकी शास्त्र अन्तर्गत राख्ने गरिएको छ। मानिसका कुरा गर्ने विषय यी हुन्। मानविकी भन्ने शब्द घुरमैलो छ। यसले कुनै एउटा निश्चित विषय मात्र बुझाउँदैन। यस अन्तर्गत धेरै विषय पर्छन्ः अध्यात्मशास्त्र, दर्शनशास्त्र, साहित्य, इतिहास, मानवशास्त्र, मनोविज्ञान, भाषा, राजनीति र सामाजिक अध्ययन, अर्थशास्त्र र भूगोलसमेत। हो, यी विषय एकअर्कामा एकदमै धेरै मात्रामा फरक छन्। उनीहरूबीच एउटा कुरामा मात्र समानता छ- यी सबै मानिससँग सम्बन्धित छन्। यो सूची भयंकर लामो छ। यी सबै विषय एउटा पाठ्यक्रममा अट्दैनन्। यी सबै विषय पढ्न एकजनाको दिमागले भ्याउँदैन।
आफ्नो उद्देश्य पूरा गर्न यीमध्ये कुन विषय सबैभन्दा बढी महत्त्वपूर्ण छ भन्ने ठहर गरेर हामीले विषय छान्नुपर्छ। यी सबै विषय कुनै न कुनै उद्देश्य पूरा गर्ने मामलामा उपयोगी छन्। उदाहरणका लागि, आदिम मानवसम्बन्धी विषयमा काम गर्नु छ भने हामीले मानवशास्त्र केही मात्रामा जान्नैपर्छ। राजनीति अथवा वाणिज्य क्षेत्रमा काम गर्नु छ भने अर्थशास्त्रको अलिकति ज्ञान हुनैपर्छ।
यी सबै विषयले कुनै न कुनै किसिमले मानव र उसका चालचलनबारे प्रकाश पार्छन्। तर, हामीले त्यस्ता विषयको खोजी गरेका होइनौं, जसले मानवको एक झलक अथवा उसको एक पक्ष देखाउँछ। हामीले त्यस्ता विषय खोज्नुपर्छ जसले मानवको पूर्ण अनुहार देखाउँछ। अझ भनौं, उसलाई सबैभन्दा राम्रोसँग देखाउँछ जसले गर्दा ऊ को हो भन्ने कुरा हामीलाई राम्रोसँग थाहा हुन्छ।
मनोविज्ञान अथवा अर्थशास्त्र अथवा मानवशास्त्र जस्ता विषय अरू कामका लागि महत्त्वपूर्ण भए पनि यिनले मानवको पूर्ण स्वरूप देखाउने काममा हामीलाई खासै सहयोग गर्दैनन्। यी विषयमा हामी हाम्रो खण्डित स्वरूप अथवा मानव स्वभावको एउटा अंश मात्र देख्न सक्छौं, समग्र स्वरूप अथवा अधिकांश चरित्र देख्न पाउँदैनौं। मानवको पूर्ण स्वरूप हेर्ने चाहना छ भने हामीले धर्मशास्त्र, साहित्य र इतिहासतिर ध्यान दिनुपर्छ।
धर्मबारे म बोल्दिनँ, उत्कृष्ट स्वरूपको धर्ममा मानवको उम्दापनको सर्वशुद्ध र मिहिनतम आदर्श रहेको हुन्छ, तर यो विषय ‘पढाउँदा’ यसका उम्दापनको सर्वशुद्ध र मिहिनतम आदर्शको उल्लेख झन्डै झन्डै नगरीकन पढाउने चलन छ (मलाई स्कूलमा यसै गरी पढाइएको थियो)। शिक्षाका अधिकांश पक्षमा यसलाई अचम्मलाग्दो गरी उपेक्षा गरिएको छ। यसबाट हामी हाम्रा विद्यार्थीलाई जीवनको सर्वोत्तम उदाहरण देखाइदिनेतर्फ उति चासो राख्दैनौं भन्ने देखिन्छ।
मानवको स्वभाव र त्यसको उम्दापनबारे थाहा पाउनु छ भने जीवनी सरसरती पढेर मात्र पुग्दैन। पढ्दै जाँदा हामीले प्रश्न गर्नुपर्ने हुन्छ। त्यो जीवनी कुनै प्रख्यात मानिसको हो भने उसका बारेमा प्रश्नका साथमा पढ्नुपर्छ। जस्तै, उसले आफ्ना पुर्खाबाट के पाएको थियो? आफू वरिपरिको वातावरणबाट के लिएको थियो? उसको समय परिस्थितिबाट के लिएको थियो?
बाँकी दुईवटा विषय इतिहास र साहित्यमध्ये इतिहासले हामीलाई शायद कम कुरा बताउला। इतिहास साहित्य जति वैयक्तिक हुँदैन। मूलतः यो मानवले सामाजिक प्राणीका रूपमा गरेका कामको र उसले समाज (जुन अझ बढी जटिल बन्दै गएको छ) बनाएका कुराको रेकर्ड हो। यो ती समाजले हासिल गरेको ऐश्वर्यको, समाजका सफलता र असफलताको, ती समाजलाई ध्वस्त बनाएका आँधीतुफानको अथवा ती समाजले विजय हासिल गरेका आँधीतुफानको, ती समाजका ज्ञान र अज्ञानताको, सद्गुण र बैगुनको, राज्यका विभिन्न अंगका चालक दलका सदस्य र अफिसरहरूको रेकर्ड हो। जीवनीका सन्दर्भमा चाहिँ इतिहास बढी वैयक्तिक हुन्छ। यहाँ चाहिँ इतिहासले मानवको स्वभाव र त्यसको उम्दापनबारे प्रकाश पारेको हुनसक्छ।
मानवको स्वभाव र त्यसको उम्दापनबारे थाहा पाउनु छ भने जीवनी सरसरती पढेर मात्र पुग्दैन। पढ्दै जाँदा हामीले प्रश्न गर्नुपर्ने हुन्छ। त्यो जीवनी कुनै प्रख्यात मानिसको हो भने उसका बारेमा प्रश्नका साथमा पढ्नुपर्छ। जस्तै, उसले आफ्ना पुर्खाबाट के पाएको थियो? आफू वरिपरिको वातावरणबाट के लिएको थियो? उसको समय परिस्थितिबाट के लिएको थियो? शिक्षा (सामान्य अर्थमा) बाट के लिएको थियो? (मैले दुःखका साथ के भन्नुपर्छ भने सामान्यतया शिक्षाबाट मानिसले थोरै मात्र पाएको हुँदो हो)।
जीवनी पढ्दै जाँदा यी कुरा नोट गर्दै जानुपर्छः उसको जीवनमा आएका निर्णायक क्षण के के हुन्? कुन कुन अवसर उसले उपयोग गर्यो र कुन कुन अवसर उपयोग गर्न ऊ चुक्यो? उसले के कस्ता कठिनाइ भोग्नुपर्यो र उसले कठिनाइ कतिसम्म पार गर्यो अथवा पार गर्न सकेन? उसले हासिल गरेका सफलता, उसका गल्ती र असफलता के थिए? उसले के गर्न सक्यो र के गर्न सकेन? उसले आफ्नो युगलाई दिएको योगदान के थियो? त्यो समयमा त्यो योगदानको कस्तो महत्त्व थियो? उसका गुण र अवगुण के के थिए? उसले समस्यालाई सर्वकालिक र सर्वव्यापक दृष्टिले हेर्थ्याे कि तत्कालका समस्या समाधान गर्न अल्पदृष्टिले? ऊ सबै समयका लागि महत्त्वपूर्ण छ कि उसको समयका लागि मात्र?
त्यसपछि, भलापनलाई महानता नठानियोस् भन्नका लागि प्लेटोका शब्दमा यो प्रश्न सोध्नुपर्छः ‘उसले उसको आत्मा आभूषणमा हाल्दा त्यसको स्वभाव, न्याय, आत्मसंयम र साहस र सत्यसँग मिल्दोजुल्दो किसिमले हाल्यो कि हालेन?’
साहित्यमा मानिसको दिमागमा आउने जाने सबै विचारधारा, सबै दृष्टिकोण, सबै तरंग, सबै खालका आवेग रेकर्ड गरिएको हुन्छ। कस्तो राम्रो रेकर्ड! मानव के हो भनी जान्ने कुनै उपाय छ भने त्यो किताब पढ्नु हो। मानिसलाई भेटेर यो कुरा जानिँदैन। सर्वोत्कृष्ट जीवन बाँचेका मानिसलाई भेट्ने मौका पाइहालियो भने पनि र ऊसँग पूरै जीवनभर संगत गर्न पाइयो भने पनि हामीले साहित्यबाट पाए जति व्यापक अनुभव बटुल्न सक्दैनौं।
मैले माथि भने झैं मानवको पूर्ण चेहरा हेर्न चाहने हो भने हामीले साहित्यको शरण पर्नैपर्छ। त्यहाँ उसले संसारलाई आफ्ना कुरा ठूला स्वरमा भनिरहेको हुन्छ, तर खासमा चाहिँ ऊ आफैंसँग कुरा गरिरहेको हुन्छ। आफ्नो मनमा आएका भावलाई कागजमा राख्दै हुन्छ। त्यसैले साहित्यमा मानिसको दिमागमा आउने जाने सबै विचारधारा, सबै दृष्टिकोण, सबै तरंग, सबै खालका आवेग रेकर्ड गरिएको हुन्छ। कस्तो राम्रो रेकर्ड! मानव के हो भनी जान्ने कुनै उपाय छ भने त्यो किताब पढ्नु हो। मानिसलाई भेटेर यो कुरा जानिँदैन। सर्वोत्कृष्ट जीवन बाँचेका मानिसलाई भेट्ने मौका पाइहालियो भने पनि र ऊसँग पूरै जीवनभर संगत गर्न पाइयो भने पनि हामीले साहित्यबाट पाए जति व्यापक अनुभव बटुल्न सक्दैनौं।
हो, सबै साहित्यले हामीलाई सर्वोत्तम मानवको चित्र दिँदैनन्। साहित्यले हामीलाई मानिसको स्वभाव देखाइदिन्छ, तर यसले सधैंभरि मानवको सर्वोत्तम स्वभाव देखाउँछ भन्ने छैन। इतिहास पढ्दा जस्तै साहित्य पढ्दा पनि हामीले राम्रोपन र महानताका बीचमा अन्तर देख्नसक्नुपर्छ। इतिहास पढ्दा हामीले नेपोलियन अथवा बिस्मार्क, हिटलर अथवा लेनिनको विशिष्ट प्रतिभाबाट चकित भएर दीर्घकालसम्म मानिसलाई असर पारिराख्ने उनीहरूका नराम्रा कामलाई बिर्सिदिने गर्नु हुँदैन।
साहित्य र कलाको अध्ययन गर्दा पनि हामीले यस्तो गल्ती गर्नु हुँदैन र लेखकको विशिष्ट प्रतिभाबाट प्रभावित भएर उसका घृणित अथवा अपर्याप्त जीवन दृष्टिकोणलाई भुल्नु हुँदैन। हाम्रो उद्देश्य मानवको सर्वोत्तम स्वभाव बुझ्नु हो। त्यसका लागि हामीले ती लेखकका कृति पढ्नुपर्छ जसले यस्तो कुरा देखाएका हुन्छन्। सौभाग्यको कुरा हो, महानतम लेखकसँग श्रेष्ठतम दूरदर्शिता पनि हुन्छ। यसो हुनु संयोग मात्र होइन।
विशुद्ध प्राज्ञिक दृष्टिकोणले मात्र अथवा विशुद्ध रूपमा कौतूहल मेटाउनका लागि आफूले अध्ययन गरेको विषयको सर्वोत्तम कुरा के हो भन्ने थाहा पाउन उत्सुक हुनु स्वाभाविक हो। तर, यसो गर्नुका व्यावहारिक लाभ पनि छन्। यस्तो कुरा जानेपछि हामीले त्यसलाई आफ्नो जीवनमा, व्यवहारमा उपयोग गर्न पाउँछौं। सर्वोत्तम कुरा के हो भनेर थाहा पाउनेबित्तिकै त्यसलाई हासिल गरिन्छ भनेर म भन्दिनँ।
दुर्भाग्य, थाहा पाउनु एउटा कुरा हो, हासिल गर्नु अर्को कुरा। ‘सर्वोत्कृष्ट बाटो कुन हो भन्ने मैले थाहा पाएँ। म यसलाई स्वीकार गर्छु, तर व्यवहारमा चाहिँ सर्वनिकृष्ट बाटो हिँड्छु,’ रोमन कविको यो भनाइको अर्थ के हो भन्ने हामी सबैलाई थाहै छ। सेन्ट पौलले पनि यस्तै कुरा भनेका थिए, ‘जतिबेला मैले राम्रो काम गरेको हुन्छु त्यतिबेला निकृष्ट कुरा पनि सँगै हुन्छ।’
साहित्य र इतिहास पढ्दा हामीले विचारधाराको जगत्का जस्ता मानिसको संगत गर्न पाउँछौं, तिनले हाम्रो सोचाइ र व्यवहार समेतमा प्रभाव पार्छन्। हामी बस्ने घरमा भएका अथवा हामीले काम गर्ने ठाउँमा भएका मानिसको प्रभाव हामीमा परे जस्तै। हामीमा खराब कुराको सञ्चार भयो (नराम्रा नराम्रा कुरा सुन्यौं, पढ्यौं, छाम्यौं, देख्यौं, सुघ्यौं र चाख्यौं) भने हाम्रो राम्रो रीतिरिवाज भ्रष्ट हुन्छ। राम्रो सञ्चारले चाहिँ हाम्रो रीतिरिवाजलाई अझ राम्रो बनाउँछ। डिस्रायलीको यो भनाइ सही छः ‘तिम्रो दिमागलाई महान् विचारले पोषित गर, महानतामा विश्वास गर्यो भने त्यसले मानिसलाई महान् बनाउँछ।’
हाम्रो पेशाको दैनन्दिन कामकाजले सिर्जना गरेको तनाव र ऐंठनले अल्पदृष्टिलाई प्रोत्साहन दिन्छ। हामीले हाम्रो पूरै ध्यान तत्काल गर्नुपर्ने काममा लगाउनुपर्छ। यसो हुँदा पछिको कुरा देख्ने क्षमता सजिलै हराउँछ।
अर्को कुरा, मानविकी अन्तर्गत पर्ने यी विषय अध्ययन गरिएन भने हामीले संसार वास्तवमा कस्तो छ भन्ने थाहा पाउँदैनौं। हामीले पाएको शिक्षा सतही हुन्छ। यहाँ मैले सतही भनेर नराम्रो अर्थमा भनेको होइन। मैले के मात्र भन्न खोजेको हुँ भने शिक्षा मूलतः हाम्रो जीवनको सतहसँग मात्रै सम्बन्धित भयो, जीवनको गहिराइबारे शिक्षाले हामीलाई केही पनि बताएन।
सतह एकदमै महत्त्वपूर्ण कुरा हो, हातमुख जोड्ने दिनैपिच्छेको आवश्यकता पूरा गर्न हामीले त्यसका लागि चाहिने सीप र ज्ञान हासिल गर्नैपर्छ। त्यसैले अर्थशास्त्र पढ्नुपर्छ, समाज विज्ञान पढ्नुपर्छ, मानवशास्त्र र अरू यस्तै विषय पनि पढ्नुपर्छ। ती जति महत्त्वपूर्ण भए पनि तिनले हामीलाई सर्वश्रेष्ठ विषय र जीवनको वास्तविकताको गहिराइमा लाँदैनन्। त्यसैले, ती सतही छन्।
साहित्य पनि सतही हुनसक्छ। धेरैजसो साहित्य सतही छन्। शअका तुलनामा नोयल कोवार्ड अथवा हेमिङ्वे सतही छन्। दाँते र शेक्सपियरका तुलनामा शअ सतही छन्। यी लेखकका तुलनामा दाँते र शेक्सपियर मानव प्रकृतिको बढी गहिराइमा पुगेका छन्। मैले शअ अथवा कोवार्डले लेखेका साहित्य पढ्नु हुँदैन भनेको होइन। मैले के मात्रै भन्न खोजेको हुँ भने जीवनको दृष्टिकोणबारे सतही कुरामै चित्त बुझाएर नबस्ने हो भने हामीले गहिरो र दूरदृष्टि भएका लेखकले लेखेका साहित्य पढ्नुपर्छ जसले हाम्रो आँखा खोलिदिन्छन् र जीवनका वास्तविकता मधुरो मधुरो मात्र देख्न उद्यत हाम्रा आँखालाई ती वास्तविकता देख्न खुला राखिदिन्छन्।
हाम्रो पेशाको दैनन्दिन कामकाजले सिर्जना गरेको तनाव र ऐंठनले अल्पदृष्टिलाई प्रोत्साहन दिन्छ। हामीले हाम्रो पूरै ध्यान तत्काल गर्नुपर्ने काममा लगाउनुपर्छ। यसो हुँदा पछिको कुरा देख्ने क्षमता सजिलै हराउँछ। तर, मानिसमा दूरदृष्टि चाहिन्छ र हामीले दुई खालका पावर भएको चश्माले हेर्नुपर्छ। एउटा लेन्सबाट तत्काल गरिहाल्नुपर्ने खालका कामकुरा हेर्नुपर्छ। त्यसो गरिएन भने हाम्रो काम चौपट हुन्छ। अर्को लेन्सबाट हामीले प्लेटोले भनेको सर्वकाल र सर्वअस्तित्वका सन्दर्भमा हाम्रो जीवन, हाम्रो पेशा र आफैंबारे हेर्नुपर्छ।
यो भनेको के हो भन्ने कसैलाई लाग्छ भने उसले वासिङ्टनमा रहेको लिंकन स्मारक गएर र त्यसको भित्तामा कुँदिएको गेट्टिस्बर्ग भाषण र अझ दोस्रो उद्घाटनको शानदार भाषण पढोस्। अथवा कुनै राम्रो पुस्तकालयमा गएर पढे पनि हुन्छ। त्यसपछि उसले यी शब्दले हामीलाई राजनीतिक जीवनको सतहभन्दा धेरै गहिराइमा रहेका स्थायी विषयमा पुर्याउँछन् कि पुर्याउँदैनन् भनी उसले आफैंलाई सोधे हुन्छ। सबै देशका राजनीतिक नेताले सधैंजसो भाषण गर्छन्, तीमध्ये थोरै मात्र यस्ता खालका हुन्छन्। ती सबै भाषण यस्तै राम्रा भएका भए संसारको भलो हुने थियो।
तर्कसंगत दर्शनले के भन्छ भने, राम्रोपन र महानता पायौं भने, हाम्रा अगाडि हाम्रो जगत्को जग हुन्छ। यो त्यस्तो ठोस जमीन हो जो संसारमा जस्तोसुकै उथुलपुथल हुँदा पनि डगमगाउँदैन। हो, मानिसले वास्तविक मानव भेट्ने ठाउँ यही हो।
लिंकन दुई खालका दृष्टि भएका मानिस थिए। एकातिर उनी व्यावहारिक राजनीतिक नेता थिए, राजनीति र लडाइँको दैनन्दिनका समस्या हल गर्न सधैं व्यस्त हुन्थे। तर, यसरी व्यस्त भएका बेलामा पनि ती विषयलाई अनन्त विषयका सन्दर्भमा, सापेक्षमा पनि हेर्ने गर्थे। लिंकनका यी शब्दले जेजस्तो भावना व्यक्त गरेका छन्, साहित्यले, बाइबल, प्लेटो र अरू महान् ग्रीक, दाँते, शेक्सपियरले कुनै न कुनै किसिमले त्यही भावना व्यक्त गरेका छन्। तिनले हाम्रो दूरदर्शिता बढाएका छन्। तिनले लेखेका कुरा पढौं, तिनलाई जीवनभर आफ्नो साथी बनाऔं। त्यसो गरेनौं भने हामी जीवनको सतहमै अड्किन्छौं, गहिराइ बिर्सन्छौं।
हो, तर्कसंगत दर्शनले के भन्छ भने, राम्रोपन र महानता पायौं भने, हाम्रा अगाडि हाम्रो जगत्को जग हुन्छ। यो त्यस्तो ठोस जमीन हो जो संसारमा जस्तोसुकै उथुलपुथल हुँदा पनि डगमगाउँदैन। हो, मानिसले वास्तविक मानव भेट्ने ठाउँ यही हो। मानिसको अर्को पक्ष- अँध्यारो, संकीर्ण, लोभीलालची पक्ष पनि वास्तविक हो जतिबेला उसमा झगडियापन र आरिस हुन्छन्, घृणा र लोभपाप जागृत हुन्छन्। मानिसका जरुरी विशेषता के के हुन् भनी हेर्ने हो भने, मार्क्सले भने जस्तो मानिस अथवा आर्थिक प्राणीमा खोज्नु हुँदैन।
फ्रायड र धेरै आधुनिक उपन्यासकारले वर्णन गरे जस्ता यौनले मात्तिएका प्रेत मानवमा पनि खोज्नु हुँदैन। त्यस्ता मानिसमा खोज्नुपर्छ जसका आँखा संसारलाई राम्रो बनाउने विचार कहाँ पाइन्छ भनी खोज्ने ध्याउन्नमा हुन्छन् र जो आफ्नो जीवन र आफ्नो समाजमा जे देखिन्छ त्यसलाई समावेश गर्ने ध्याउन्नमा हुन्छन्। यस्तो मानिस वास्तविक मानिस होइन र? इतिहासलाई विचार गरौं, संसारमा हामीले चाहे जस्ता प्रगति यस्तै मानिसका प्रयासले गर्दा भएका होइनन् र? यही पद्धति अपनाएकाले संसारले प्रगति गरेको होइन र? अझ राम्रो हुने दिशातिर जान संसारले निरन्तर यही पद्धति अपनाउँदैन र?
आफूलाई राम्रोपन अनि महानतासँग परिचित गराएर आफ्नो आत्मालाई मानव व्यक्तित्व र मानव चरित्रको सर्वोत्तम कुरा के हो भन्ने बताउनुपर्छ। यस्तो पक्षलाई बेवास्ता गर्ने शिक्षा अपूरो हुन्छ।
हामीले हाम्रा सबै गतिविधिलाई चर्चको पुरानो सल्लाह ‘हृदयलाई अझ माथि उठाऊ’ ले पवित्र बनाउनुपर्छ, बुर्केले आफ्नो राजकीय भाषामा भनेका छन्। तर, औसत बुद्धि भएका सामान्य जीवन जिउने हामी, भौतिक रूपले मात्रै भए पनि, हाम्रो साधारण सोचाइभन्दा माथि कसरी उठ्न सक्छौं? यसको जबाफ होः त्यो उचाइमा हिँडेर पुगेका मानिसको काँधसम्म आफूलाई उठाएर हामीले यसो गर्न सक्छौं। हामी आफू एक्लैले जे काम गर्न सक्दैनौं त्यो काम त्यस्ता उचाइमा पुगेका मानिसका सहयोगले गर्न सक्छौं।
यसरी माथि उठ्ने काममा हामीलाई सघाउने सबैभन्दा ठूलो साधन धर्म हो। अद्भुत कुरा के छ भने, जो मानिस बौद्धिक रूपले तीक्ष्ण छैन, शिक्षित पनि नहोला, उसले पनि इसाई धर्मको सिद्धान्त जस्ता उच्च श्रेणीका सिद्धान्त बुझ्न र तिनलाई आफ्नो जीवनमा पालना गर्न सक्छ। यो सामान्य, सबैतिर पाइने कुरा हो। धर्मबारे बोल्नु मेरो बुताको कुरा होइन।
त्यसैले म के कुरामा जोड दिन चाहन्छु भने महान् साहित्यको शक्ति र त्यस्ता साहित्य अनि इतिहासका पानामा पाइने महान् व्यक्तित्वको शक्तिका सहायताले हामीले आफ्नो दिमाग खोल्नु र बढाउनुपर्छ। आफूलाई राम्रोपन अनि महानतासँग परिचित गराएर आफ्नो आत्मालाई मानव व्यक्तित्व र मानव चरित्रको सर्वोत्तम कुरा के हो भन्ने बताउनुपर्छ। यस्तो पक्षलाई बेवास्ता गर्ने शिक्षा अपूरो हुन्छ। त्यस्तो शिक्षा लियो भने जीवनको तयारी पूरा हुँदैन।
अनुवादको सर्वाधिकार: मोहन मैनाली
(अमेरिकन इन्टरनेसनल कलेजमा लिभिङस्टोनले दिएको भाषणबाट लिइएको यो निबन्ध 'द इसेन्सियल्स अफ एजुकेसन' शीर्षकमा छापिएको छ।)