शिक्षा पाउन संघर्ष
उन्नाइसौं शताब्दीका प्रभावशाली बुद्धिजीवी बुकर टी. वाशिङ्टन (१८५६ - १९१५) शिक्षा प्रसारक र सुधारक थिए। उनी शिक्षाका माध्यमबाट काला जातिको हित गर्न सकिन्छ भन्ने ठान्थे। उनी राष्ट्रपति थियोडोर रुजभेल्ट र विलियम हावर्ड टाफ्टका सल्लाहकार थिए। हिमालखबरको 'परदेशी साहित्य' शृंखला अन्तर्गत वाशिङ्टनको पुस्तक 'अप फ्रम स्लेभरी' बाट लिइएको यो निबन्धको पहिलो भाग प्रस्तुत छ। यसको दोस्रो भाग अबको दुई सातामा प्रकाशन हुनेछ।
एक दिन, कोइलाखानीमा काम गर्दै गरेका वेला मैले भर्जिनियाको कुनै ठाउँमा काला जातिका मानिसका लागि राम्रो स्कूल खुलेको छ भनी दुई जना मजदूरले कुराकानी गरेको सुनेँ। हाम्रो शहरमा काला जातिका लागि खोलिएको स्कूलभन्दा कता हो कता आकर्षक यस्तो स्कूल अथवा कलेजका बारेमा मैले यसअघि कहिल्यै सुनेको थिइनँ।
उनीहरूका कुरा सुनेपछि म कोइलाखानीको अँध्यारोमा आवाज ननिकालीकन घस्रेर ती दुईजना मानिसको सकेसम्म नजिक गएँ। एक जनाले अर्कोलाई के भन्दै थिए भने त्यो स्कूल हामी जस्ता काला मानिसका लागि खुलेको त हुँदै हो, त्यसबाहेक गरीब तर जेहेनदार विद्यार्थीलाई त्यस स्कूलको आवासमा बस्न लाग्ने आंशिक वा पूरै खर्च कमाइ हुने खालको काम गर्ने अवसर पनि त्यहाँ दिइन्छ, साथमा सीप अथवा उद्यम पनि सिकाइन्छ।
उनीहरूले स्कूलका बारेमा गरेको कुराकानी सुन्दा मलाई के लाग्यो भने त्यो संसारको सबैभन्दा महान् ठाउँ हुनुपर्छ। ती दुईले कुरा गरेको भर्जिनियाको ह्याम्प्टन नर्मल तथा कृषि इन्स्टिच्यूट मलाई त्यतिबेला स्वर्गभन्दा बढी आकर्षक लागेको थियो। त्यो विद्यालय कहाँ छ, कति टाढा छ अथवा त्यहाँ पुग्न कुन बाटो जानुपर्छ भन्ने मलाई कत्ति पनि थाहा थिएन। तैपनि, मैले त्यो स्कूल जाने निधो तुरुन्तै गरेँ। मेरो मनमा एउटा मात्रै चाहना थियो। त्यो हो ह्याम्प्टन जाने। म दिनरात त्यहाँ जाने सपना देख्थेँ।
उनीकहाँ काम गर्न गएका अधिकांश केटाहरू दुई–तीन हप्ताभन्दा बढी टिक्दैनथे। ती सबै भन्थे– ऊ असाध्यै कडा छे। तर, मलाई कोइलाखानीमा काम गर्नुभन्दा उनको घरमा काम गर्नु कता हो कता ठीक हो भन्ने लाग्यो।
ह्याम्प्टन इन्स्टिच्यूटबारे सुनेको केही महीनासम्म मैले कोइलाखानीमा काम गरेँ। त्यहाँ काम गरेकै बेलामा मैले नून कारखाना र कोइलाखानीका मालिक जेनरल लिविस रफनरलाई घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने थाहा पाएँ। उनकी श्रीमती मिसेस भिओला रफनर पूर्वी अमेरिकाको भर्मन्टकी ‘यांकी’ थिइन्।
उनी नोकरहरूलाई कठोर व्यवहार गर्ने महिला भनेर बदनाम थिइन्। खासगरी उनको सेवा गर्ने केटाहरूलाई। उनीकहाँ काम गर्न गएका अधिकांश केटाहरू दुई–तीन हप्ताभन्दा बढी टिक्दैनथे। ती सबै भन्थे– ऊ असाध्यै कडा छे। तर, मलाई कोइलाखानीमा काम गर्नुभन्दा उनको घरमा काम गर्नु कता हो कता ठीक हो भन्ने लाग्यो। त्यसैले मेरी आमाले मेरा तर्फबाट मिसेज रफनरकहाँ काम गर्न निवेदन दिइन्। म महीनाको पाँच डलर तलब पाउने गरी उनीकहाँ नियुक्त भएँ।
उनी एकदमै कडा छिन् भन्ने कुरा मैले अति धेरै सुनेको थिएँ। त्यसैले उनलाई भेट्न जाँदा म असाध्यै डराएको थिएँ। उनको सामुन्ने पर्दा म डरले कामेको थिएँ। तर, केही हप्ता काम गरेपछि मैले उनलाई राम्रोसँग बुझ्न थालेँ। छिटै मैले के थाहा पाएँ भने पहिलो कुरा त उनी घरका हरेक ठाउँ, हरेक वस्तु एकदमै सफाचट हुन् भन्ने चाहिन्थन्। उनी आफ्ना नोकरले काम तुरुन्तै र व्यवस्थित तरिकाले गरून् भन्ने चाहन्थिन्। हरेक काम गर्दा आफ्ना नोकरले पूर्ण इमानदार र निष्कपट भएर गरोस् भन्ने चाहन्थिन्। काम गर्नेले लटरपटर नगरून्, झ्यालढोका, बारबेर राम्रोसँग मर्मतसम्भार गरिदिऊन् भन्ने चाहन्थिन्।
हिउँदमा मिसेस रुफनरले मलाई दिनको एक घण्टा स्कूल जान दिन्थिन्। तर, मेरो धेरैजसो पढाइ राति चल्थ्यो। कहिले म एक्लै पढ्थेँ, कहिले मैले राखेका शिक्षकको निर्देशनमा। मिसेस रुफनरले जहिले पनि मलाई पढ्न प्रेरित गरिन्, मैले पढेकोमा सहानुभूति दिइन्। उनीकहाँ बसेका बेला मैले सके जति किताब भेला गरेर मेरो पहिलो पुस्तकालय खडा गरेँ।
ह्याम्प्टन जानुअघि मिसेस रुफनरकहाँ कतिन्जेल काम गरेँ भनेर म यकिनसाथ भन्न सक्दिनँ। मलाई लाग्छ, डेढ वर्ष जति काम गरेँ हुँला। जे भए पनि म यहाँ के कुरा दोहोर्याउन तेहेर्याउन चाहन्छु भने मैले उनका घरमा बस्दा जेजस्ता पाठ सिकेँ, ती पाठ मैले त्यसपछि जीवनभर सिकेका पाठ जति नै बहुमूल्य थिए। अहिले पनि घरमा अथवा सडकमा कागजका टुक्रा छरिएको म देखिसहन्नँ। तिनलाई तुरुन्तै टिपिहाल्छु। आँगनचोक फोहोर भएको देखेँ भने सफा गरिहाल्छु। बार भत्किएको देखेँ भने त्यसलाई मर्मत गरिहाल्छु। फुङ्ग भएर रङ उडेको घर देखेँ भने मलाई त्यस घरमा रङ लगाइदिइहालूँ जस्तो लाग्छ। कसैको पनि लुगाको टाँक नभएको देखिसहन्नँ। लुगा अथवा भुइँमा मैलो मैले देख्नैहुँदैन। यस्ता कुरामा मेरो ध्यान गइहाल्छ।
पहिले मिसेस रुफनरसँग डराउने मैले चाँडै उनलाई मेरी सबैभन्दा असल साथी ठान्न सिकेँ। जति बेला उनले मलाई विश्वासयोग्य मानिस ठानिन् त्यति बेलादेखि अन्तरात्माबाटै मलाई विश्वास गर्न थालिन्। म उनका घरमा एक हो कि दुई हिउँद बसेँ।
हिउँदमा उनले मलाई दिनको एक घण्टा स्कूल जान दिन्थिन्। तर, मेरो धेरैजसो पढाइ राति चल्थ्यो। कहिले म एक्लै पढ्थेँ, कहिले मैले राखेका शिक्षकको निर्देशनमा। मिसेस रुफनरले जहिले पनि मलाई पढ्न प्रेरित गरिन्, मैले पढेकोमा सहानुभूति दिइन्। उनीकहाँ बसेका बेला मैले सके जति किताब भेला गरेर मेरो पहिलो पुस्तकालय खडा गरेँ। मैले सामान प्याक गर्ने एउटा बाकस फेला पारेँ, त्यसको एकातिरको काठ झिकेँ। त्यसभित्र तखता हालेर र्याक बनाएँ। मैले भेला गरेका किताब त्यहाँ राखेँ र त्यसलाई मैले ‘पुस्तकालय’ नाम दिएँ।
मिसेस रुफनरकहाँ मैले प्रगति गरेको थिएँ। तैपनि, ह्याम्प्टन इन्स्टिच्यूट जाने विचार मैले त्यागिनँ। १८७२ को शरद् ऋतुमा ह्याम्प्टन जाने प्रयास गर्न म प्रतिबद्ध भएँ, तर ह्याम्प्टन कुन दिशामा पर्छ, अथवा त्यहाँ पुग्न कति खर्च लाग्छ जस्ता कुरा मलाई कत्ति पनि थाहा थिएन। मलाई के लाग्छ भने ह्याम्प्टन जाने विचार गरेका बेला मलाई मेरी आमाले बाहेक अरूले उति सारो सहानुभूति राखे भन्ने लाग्दैन। मेरी आमालाई भने मैले असम्भव कुरा पाउने आशामा मूर्खतापूर्ण यात्रा थाल्न लागे जस्तो लागेको थियो। त्यसैले उहाँलाई असाध्यै धेरै चिन्ता लागेको थियो।
आमाले संकोच मान्दै मान्दै मलाई 'ह्याम्प्टन जान्छस् भने जा' भन्नुभयो। मैले कमाएको थोरैतिनो पैसा मेरा सौतेनी बाबु र घरका अरूले खर्च गरिसकेका थिए। मसँग केही डलर मात्र बचेको थियो। मसँग लुगा किन्न र ह्याम्प्टन पुग्न चाहिने खर्च पनि थिएन।
जे भए पनि, उहाँले संकोच मान्दै मान्दै मलाई 'ह्याम्प्टन जान्छस् भने जा' भन्नुभयो। मैले कमाएको थोरैतिनो पैसा मेरा सौतेनी बाबु र घरका अरूले खर्च गरिसकेका थिए। मसँग केही डलर मात्र बचेको थियो। मसँग लुगा किन्न र ह्याम्प्टन पुग्न चाहिने खर्च पनि थिएन। मेरा दाजु जोनले आफूले सकेको सहयोग गरे। उनी कोइलाखानीमा काम गर्थे, धेरै कमाउँदैनथे, आफ्नो कमाइको ठूलो हिस्सा घर चलाउन खर्च हुन्थ्यो। त्यसैले उनले चाहँदाचाहँदै पनि कति नै पो सहयोग गर्न सक्थे र?
ह्याम्प्टन स्कूललाई काला जातिका बुज्रुकहरूले अति नै उत्साहपूर्ण रूपमा लिएका थिए। मलाई त्यहाँ जान हुटहुटी लगाउने र उत्साहित गराउने सबैभन्दा ठूलो कुरा यही थियो। हाम्रो अघिल्लो पुस्ताका मानिसहरूको जीवनको उत्तम समय दासतामा बितेको थियो। उनीहरूले आफ्ना जातिका मानिसले बोर्डिङ स्कूल जाने सुनौलो अवसर पाउँछन् भन्ने कल्पना पनि गरेका थिएनन। यी बुज्रुकहरूमध्ये कसैले मलाई चार आना दिए, कसैले एक मोहोर दिए। कसैले रुमाल दिए।
अन्ततः म ह्याम्प्टन हिँड्ने शुभसाइतको दिन आइपुग्यो। मैले जे जति सामान जुटाएको थिएँ, ती एउटा सस्तो र सानो झोलामा हालेँ। मेरी आमालाई त्यतिबेला सन्चो थिएन, उहाँ कमजोर हुनुहुन्थ्यो। मलाई उहाँलाई पछि फेरि भेटुँला भन्ने लागेको थिएन। त्यसैले घरबाट बिदा हुँदा नरमाइलो लागेको थियो। तर, उहाँले यो नरमाइलो क्षणको वीरतापूर्वक सामना गर्नुभयो। त्यतिबेला एउटै रेल चढेर पश्चिम भर्जिनियादेखि पूर्वी भर्जिनिया पुग्न पाइँदैनथ्यो। रेल बीच बाटोसम्म मात्रै जान्थ्यो। त्यसपछि बग्गीमा जानुपर्थ्यो।
मेरो अज्ञानताले गर्दा मलाई त्यो बग्गीमा यात्रा गर्ने सबैले त्यस होटलमा बास र खाना पाउँछन् भन्ने लागेको थियो। अरू सबै यात्रीले कोठा पाए। उनीहरू खाना खानका लागि तयार भए। त्यसपछि म लजाउँदै होटलको रिसेप्सनमा बसेको मानिस भए ठाउँ गएँ। तर, रिसेप्सनको त्यो मानिसले विचारै नगरीकन मलाई तैँले यहाँ खानबस्न पाउँदैनस् भनिदियो। खाएको र बसेको तिर्न मसँग पैसा छ कि छैन भन्ने कुरा सोध्दा पनि सोधेन। मेरो छालाको रङलाई मान्छेले कसरी लिन्छन् भन्ने कुराको पहिलो अनुभव मैले त्यतिबेला गरेँ।
माल्देनदेखि ह्याम्प्टनसम्म पुग्न ८०० किलोमिटर यात्रा गर्नुपर्थ्यो। घर छाडेको केही घण्टाभित्रैमा ह्याम्प्टन पुग्न गाडीभाडा तिर्न चाहिने पैसा मसँग छैन भन्ने कुराले ममा चिन्ता बढाउँदै गयो। त्यतिबेलाको एउटा कुरा म पछिसम्म पनि सम्झन्छु। म दिनभरजसो पहाडी बाटोमा पुरानो खालको बग्गीमा यात्रा गर्दै थिएँ। रात पर्यो। बास बस्नका लागि होटल भनिने, रङ नलगाइएको एउटा घर अगाडि बग्गी रोकियो। मबाहेक अरू सबै यात्री गोरा थिए। मेरो अज्ञानताले गर्दा मलाई त्यो बग्गीमा यात्रा गर्ने सबैले त्यस होटलमा बास र खाना पाउँछन् भन्ने लागेको थियो। अरू सबै यात्रीले कोठा पाए। उनीहरू खाना खानका लागि तयार भए। त्यसपछि म लजाउँदै होटलको रिसेप्सनमा बसेको मानिस भए ठाउँ गएँ।
हो, होटलमा बास बसेको र खाएको रकम तिर्न मसँग पैसा थिएन। त्यस होटलका मालिकले ममाथि दया गर्लान् भन्ने लागेको थियो, किनभने त्यतिबेला भर्जिनियाको पहाडमा असाध्यै जाडो बढेको थियो। म त्यो रात घरभित्र बस्न चाहन्थेँ। तर, रिसेप्सनको त्यो मानिसले विचारै नगरीकन मलाई तैँले यहाँ खानबस्न पाउँदैनस् भनिदियो। खाएको र बसेको तिर्न मसँग पैसा छ कि छैन भन्ने कुरा सोध्दा पनि सोधेन। मेरो छालाको रङलाई मान्छेले कसरी लिन्छन् भन्ने कुराको पहिलो अनुभव मैले त्यतिबेला गरेँ। मान्छेको रङले यत्रो धेरै फरक पार्छ भन्ने कुरा त्यसअघि कहिल्यै सोचेको थिइनँ। मैले आफूलाई न्यानो पार्न त्यो रात हिँडेर बिताउनुपर्यो। ह्याम्प्टन पुग्दा मेरो अन्तरात्मा कति थाकेको थियो भने मैले होटलवालाले गरेको दु्र्व्यवहारमा हर्षोल्लास गर्ने क्षण नै पाइनँ।
कतै हिँड्दै, कतै बिन्ती गरेर सामान बोक्ने गाडी र कारमा चढ्दै निकै दिनपछि म ह्याम्प्टनभन्दा १३२ किलोमिटर टाढा पर्ने भर्जिनियाको रिचमन्ड शहर आइपुगेँ। म त्यहाँ आइपुग्दा राति अबेर भइसकेको थियो, म थाकेको थिएँ, भोकाएको थिएँ र मैलाेधैलो थिएँ। यति ठूलो शहर मैले यसअघि देखेको थिइनँ। ठूलो शहर मेरा लागि बिरानो थियो। यसले गर्दा अर्को दुःख थपियो। रिचमन्ड पुग्दा मसँग एक पैसा पनि थिएन। त्यहाँ मैले चिनेका मान्छे कोही थिएनन्।
शहरको बानीबेहोरा चाल पाएको थिइनँ। त्यसैले कहाँ जाने भनेर मैले पत्तो पाइनँ। मैले धेरै ठाउँमा बास मागेँ। तर, सबै ठाउँमा पैसा चाहिन्छ भने। मसँग एक पैसा पनि थिएन। मसँग केही उपाय थिएन। त्यसैले म सडकमा हिँडिरहेँ। हिँड्दा मैले धेरैवटा खानेकुराका पसल देखेँ जहाँ फ्राइड चिकेन र हाफमुन एप्पल पाई अग्ला चाङ लगाएर राखिएका थिए। ती स्वादिला होलान् जस्तो गरी सजाइएका थिए। त्यतिबेला मलाई कस्तो लागेको थियो भने मैले भविष्यमा कुखुराको तारेको एउटा खुट्टा अथवा एउटा एप्पल पाई खान पाए हुन्थ्यो। तर, मैले त्यस रात न त कुखुराको तारेको खुट्टा, न त एप्पल पाई, न त अरू कुनै कुरा खान पाएँ।
म आधा रातसम्म हिँडिरहेँ। त्यसपछि यति थाकेको थिएँ कि त्यसभन्दा एक पाइला हिँड्न नसक्ने भएँ। म थाकेको थिएँ, भोको थिएँ। म निराश भएको थिएँ। लखतरान परेर हिँड्न नसकेका बेलामा म पैदल बाटोको एक भाग अलि उठे जस्तो भएको ठाउँमा पुगेँ। त्यसको मुनि सुत्न सकिने छिँडी थियो। म एकछिन पेटीमा बसेँ। त्यतिन्जेलमा मलाई के कुरामा ढुक्क लाग्यो भने त्यहाँ सुतेँ भने मलाई कसैले पनि देख्दैनन्। त्यसपछि म त्यो ठाउँमा घुस्रिएँ। रात बिताउन म मेरो झोलाको सिरानी लगाएर भुइँमा पसारिएँ। झन्डै झन्डै रातभरि नै मैले म सुतेभन्दा माथि मानिस पैदल हिँडेको आवाज सुनेँ।
धेरै पछि ह्याम्प्टनका काला जातिका मानिसले मेरो सम्मानमा भोजको आयोजना गरेका थिए, जहाँ दुई हजार मानिस भेला भएका थिए। यो भोज भएको ठाउँ म ह्याम्प्टन पुगेको पहिलो रात जुन ठाउँमा सुतेको थिएँ, त्यो ठाउँको नजिकै थियो। म के कुरा स्वीकार्छु भने त्यो भोजमा सामेल भएका बेला मेरो मन त्यो भोजमा होइन मलाई सुत्ने ठाउँ दिएको त्यो फूटपाथमा थियो, त्यो ठाउँ बढ्ता प्यारो र आत्मीय थियो।
बिहान उठ्दा मेरो शरीर अलि चङ्गा भए जस्तो भएको थियो। तर, मलाई असाध्यै धेरै भोक लागेको थियो, किनभने मैले पेटभर खान नपाएको धेरै दिन भइसकेको थियो। म बसेको ठाउँको वरपर देखिने गरी उज्यालो भएपछि मैले के थाहा पाएँ भने म सुतेको ठाउँको छेउमा एउटा ठूलो जहाज रहेछ र त्यसले आफूले बोकेर ल्याएको कच्चा फलाम झार्दै रहेछ। म हान्निएर त्यो जहाज भए ठाउँ गएँ र त्यसको क्याप्टेनलाई फलाम झार्ने काम गर्न देऊ भनेँ। दयालु जस्तो देखिने त्यो गोरा क्याप्टेनले सामान झार्ने काम गर्न मलाई अनुमति दियो। बिहानको खाजा खान पुग्ने पैसा कमाउन्जेल मैले सामान झारेँ। अहिले म पनि म के सम्झन्छु भने मलाई त्यो बिहान खाएको खाजा मैले अहिलेसम्म खाएको सबैभन्दा उत्तम खाजा हो जस्तो लागेको छ।
मेरो काम देखेर क्याप्टेन खुशी भएछ। उसले मलाई दैनिक ज्यालामा काम गर्ने भए गर भन्यो। यो काम पाउँदा म खुशी भएँ। मैले त्यो जहाजमा केही दिन काम गरेँ। ज्याला थोरै थियो। खानाको पैसा तिरिसकेपछि मसँग जति बचत हुन्थ्यो, त्यो पैसाले मलाई ह्याम्प्टनको स्कूल पुग्न चाहिने बाटाखर्च जुटाउन हम्मे पर्थ्यो। त्यसैले जति सक्दो चाँडो स्कूल पुग्ने खर्च जुटाउन मैले खानामा खर्च गरे पनि बासमा खर्च नगर्ने निधो गरेँ। म ह्याम्प्टन पुगेको पहिलो रात जुन ठाउँमा सुतेको थिएँ, त्यही ठाउँमा सुतेँ।
धेरै पछि ह्याम्प्टनका काला जातिका मानिसले मेरो सम्मानमा भोजको आयोजना गरेका थिए, जहाँ दुई हजार मानिस भेला भएका थिए। यो भोज भएको ठाउँ म ह्याम्प्टन पुगेको पहिलो रात जुन ठाउँमा सुतेको थिएँ, त्यो ठाउँको नजिकै थियो। म के कुरा स्वीकार्छु भने त्यो भोजमा सामेल भएका बेला मेरो मन त्यो भोजमा होइन मलाई सुत्ने ठाउँ दिएको त्यो फूटपाथमा थियो, त्यो ठाउँ बढ्ता प्यारो र आत्मीय थियो।
ह्याम्प्टनको स्कूल पुग्न जति बाटो खर्च लाग्छ, त्यति बचत भयो भन्ने लागेपछि मैले मलाई दया गर्ने जहाजका क्याप्टेनलाई धन्यवाद दिएँ र आफ्नो बाटो लागेँ। कुनै अप्ठ्यारो र अनौठो घटना नभईकनै म ह्याम्प्टनको स्कूल पुगेँ। म त्यहाँ पुग्दा मेरा खल्तीमा पचास सेन्ट बाँकी थियो। पढाइ शुरू गर्नका लागि मसँग भएको सर्वस्व यति नै थियो। मेरो घरदेखि यहाँसम्मको यात्रा लामो र कठिन थियो, तर त्यो इँटाको, ठूलो, तीनतले स्कूल भवनको पहिलो झल्को देख्दा मैले त्यो ठाउँ पुग्न जे जस्ता दुःख भोगेँ, ती सबै भुलेँ जस्तो लाग्यो।
म ह्याम्प्टनको स्कूल पुग्दा मेरा खल्तीमा पचास सेन्ट बाँकी थियो। पढाइ शुरू गर्नका लागि मसँग भएको सर्वस्व यति नै थियो। मेरो घरदेखि यहाँसम्मको यात्रा लामो र कठिन थियो, तर त्यो इँटाको, ठूलो, तीनतले स्कूल भवनको पहिलो झल्को देख्दा मैले त्यो ठाउँ पुग्न जे जस्ता दुःख भोगेँ, ती सबै भुलेँ जस्तो लाग्यो।
यो भवन देख्दा म र अरू हजारौं युवाका मनमा परेको प्रभाव यो भवन बनाउन जसजसले चन्दा दिएका थिए, तिनले थाहा पाए भने उनीहरूलाई अझ बढी चन्दा दिऊँ दिऊँ जस्तो लाग्थ्यो होला। मेरा लागि यो भवन मैले देखेमध्येको सबैभन्दा ठूलो र सुन्दर भवन थियो। यसको पहिलो झलकले मलाई नयाँ जीवन दिए जस्तो लाग्यो। मलाई मेरा मनमा नयाँ खालको अस्तित्वको थालनी भए जस्तो लाग्यो, अब मेरो जीवनले नयाँ अर्थ पाउँछ जस्तो लाग्यो। मलाई आफ्नो सपनाको संसार पुगे जस्तो लाग्यो। अब मलाई कुनै पनि बाधा–व्यवधानले यस संसारमा हासिल गर्न सकिने सबैभन्दा ठूलो लक्ष्य हासिल गर्न रोक्न सक्दैनन् जस्तो लाग्यो। ती बाधा–व्यवधानलाई जसरी पनि हटाउँछु भनेर मैले संकल्प गरेँ।
अनुवादको अधिकार: मोहन मैनाली
'परदेशी साहित्य' शृंखला अन्तर्गत विगतमा प्रकाशित सामग्री:
भर्जिनिया ऊल्फको 'अ रूम अफ वान्स ओन' को पहिलो र दोस्रो खण्ड -
सर रिचर्ड लिभिङस्टोनको निबन्ध -
सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध -
जर्ज बर्नार्ड शअको निबन्ध -