आफ्नै कोठा
हिमालखबरले परदेशी निबन्धको शृङ्खला शुरू गरेको छ। यसमा हामीले विदेशका विभिन्न भाषामा लेखिएका, पाठकको मन उद्वेलित गराउने, मन शान्त र आनन्दित पार्ने निबन्धको नेपाली अनुवाद प्रस्तुत गर्नेछौँ। शुरूमा पत्रकार तथा लेखक मोहन मैनालीको छनोट र अनुवादमा केही निबन्ध प्रकाशन गर्नेछौँ। यसको थालनी नारीवादी लेखक भर्जिनिया ऊल्फ (सन् १८८२-१९४१) को लामो निबन्ध ‘अ रुम अफ वान्स ओन’ का दुईवटा खण्डबाट गरेका छौँ। यो निबन्ध ऊल्फले क्याम्ब्रिज विश्वविद्यालयका महिला कलेजमा दिएका दुईवटा भाषणमा आधारित छ। निबन्धको दोस्रो खण्ड आउने शनिबार प्रकाशन हुनेछ।
एक
मैले बोल्ने विषयको शीर्षक देखेर तपाईंहरूले भन्नुहोला— हामीले तिमीलाई महिला र आख्यानबारे बोल्न निम्ता गरेका थियौँ। तिमीले राखेको शीर्षक ‘आफ्नै कोठा’सँग त्यो विषयको के सम्बन्ध छ? म यसबारे तपाईंहरूलाई बताउन कोशिश गर्छु। तपाईंहरूले मलाई महिला र आख्यानबारे बोल्न निम्ता गरेपछि म नदी किनारमा बसेँ र यो भनेको के हो भनेर सोच्न थालेँ। साहित्यकार फयानी बर्नीबारे केही कुरा, ज्यान अस्टिनबारे अलिकति कुरा, ब्रोन्टे परिवारबारे श्रद्धाका केही शब्द, हिउँले ढाकेको हावर्थ पार्साेनेजको चित्र, सम्भव छ भने मिस मिटफोर्डबारे केही चुट्किला, जर्ज इलियटप्रति सम्मानभाव, गास्केलको सन्दर्भ र यस्तै यस्तै कुरा गर्न भनेको हुनसक्छ। तर, फेरि हेर्दा यी शब्दले त्यति सरल कुरा भनेजस्तो लागेन। महिला र आख्यान शीर्षकले अर्थाेकै कुरा भनेको पनि त हुनसक्छ। तपाईंहरूले मलाई महिला र महिला कस्ता छन् भन्नेबारे अथवा महिला र उनीहरूले लेख्ने आख्यानबारे बोल्न भनेको पनि त हुनसक्छ अथवा महिला र उनीहरूबारे लेखिएका आख्यान भन्ने अर्थ लाग्न पनि त सक्छ।
यी सबै तीनवटै पक्ष कसो कसो गरी छुट्याउन नमिल्ने गरी मिसिएका छन्। तपाईंहरूले मलाई यस शीर्षकलाई त्यसरी विचार गर्नू भनेको पनि त हुनसक्छ। यो अन्तिमको तरिकाले हेर्दा यो विषय सबैभन्दा रुचिकर देखियो, तर हेरिसक्ने बित्तिकै मैले यसमा एउटा गम्भीर खोट पाएँ। यस विषयमा म कहिल्यै निष्कर्षमा पुग्न सफल हुनुुहुँदैन।
म आख्यान लेख्नका लागि महिलालाई पैसा र आफ्नै कोठा चाहिन्छ भन्ने मेरो विचारबारे आफ्नो मत प्रस्तुत गर्न मात्र सक्छु। तपाईंहरूलाई थाहै छ, यसो गर्दा महिलाको वास्तविक स्वभाव र आख्यानको वास्तविक स्वभाव कस्तो हुन्छ भन्ने प्रश्नको जबाफ आउँदैन। यसो गर्दा म यी दुईवटा विषय—महिला र आख्यान—सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने आफ्नो कर्तव्यबाट च्युत हुन्छु।
मलाई लाग्छ, भाषण गर्ने मानिसको पहिलो कर्तव्य के हो भने एक घण्टाको कुराकानी सकिँदा उसले श्रोताको नोटबुकका पेजभित्र बेरिनका लागि शुद्ध सत्यको एउटा टुक्रा दिनुपर्छ जुन नोटबुक सदाका लागि सुरक्षित भएर बसिरहन्छ। मलाई यसो गर्न कहिल्यै पनि सक्षम हुनुहुँदैन भन्ने लाग्यो। म आख्यान लेख्नका लागि महिलालाई पैसा र आफ्नै कोठा चाहिन्छ भन्ने मेरो विचारबारे आफ्नो मत प्रस्तुत गर्न मात्र सक्छु। तपाईंहरूलाई थाहै छ, यसो गर्दा महिलाको वास्तविक स्वभाव र आख्यानको वास्तविक स्वभाव कस्तो हुन्छ भन्ने प्रश्नको जबाफ आउँदैन। यसो गर्दा म यी दुईवटा विषय- महिला र आख्यान- सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने आफ्नो कर्तव्यबाट च्युत हुन्छु। मैले हल गर्नुपर्ने समस्या हल हुँदैन। यसको अलिकति भए पनि क्षतिपूर्ति होस् भनेर मैले गर्न सक्ने एउटै काम गर्न लागेकी छु। त्यो हो- कोठा र पैसासम्बन्धी मेरो यो विचार कसरी तय भयो भन्ने कुरा बताउनु। म आफूमा यस्तो विचार उत्पन्न गराउने सोचाइको सिलसिलालाई तपाईंहरूसामु सकेसम्म पूर्ण रूपमा र स्वतन्त्र ढंगले प्रस्तुत गर्छु। यस भनाइका पछाडि रहेका विचार र पूर्वाग्रह तपाईंहरूसामु प्रस्तुत गरेँ भने पैसा र आफ्नो कोठाले महिला र आख्यानलाई केही न केही प्रभाव पार्छन् भन्ने कुरा प्रष्ट होला।
जे भए पनि, कुनै विषय असाध्यै विवादित छ भने- सेक्स (लिंग) सम्बन्धी सबै प्रश्न त्यस्तै हुन्छन् नै- त्यस बारेमा कसैले सत्य बोल्न सक्दैन। आफूले त्यस्तो विचार किन लिएँ भन्ने कुरा देखाउन मात्र सक्छ। वक्ताले दर्शक र श्रोतालाई आफ्ना सीमा, पूर्वाग्रह र स्वभाव अवलोकनका आधारमा आफ्नै खालको निष्कर्ष निकाल्ने मौका दिन मात्र सक्छ। यस्ता अवस्थामा आख्यानमा तथ्यमा भन्दा बढी सत्य पाइनसक्छ। त्यसैले म कल्पना गर्न पाउने उपन्यासकारको स्वाधीनता र लाइसेन्सको प्रयोग गर्दै भर्खरैका दुई दिनका कथा तपाईंहरूलाई भन्न चाहन्छु। तपाईंहरूले मेरा काँधमा राखिदिनुभएको विषयको भारीले थिचिएका, कुप्रिएका बेला म यसबारे कसरी घोत्लिएँ र मेरो दैनन्दिन जीवनका काम मैले कसरी गरेँ भन्ने बताउन चाहन्छु। उपन्यासकारका स्वाधीनताको उपभोग गर्छु भनेपछि मैले यहाँ वर्णन गर्ने अक्सब्रिज र फर्नम काल्पनिक हुन् भनेर भनिरहनु परेन।
‘म’ अस्तित्व नभएका मानिसका लागि बुझाउने सजिलो शब्द हो। मैले बोल्दा मेरा ओठबाट झुटा कुराको प्रवाह हुनसक्छ, तिनमा केही सत्य मिसिएको पनि हुनसक्ला। मेरा भनाइमा सत्य भेट्ने र तिनमा भएका केही कुरा सुरक्षित राख्न लायक छन् कि छैनन् भनी निर्णय गर्ने काम तपाईंहरूको। राख्न लायक, सम्झन लायक केही पनि पाउनुभएन भने मैले बोलेका सबै कुरा तपाईंहरूले रद्दीको टोकरीमा फालिदिनुहुनेछ नै, बिर्सिदिनुहुनेछ नै।
यात्राको अन्त्यमा झट्का लागेजसरी अचानक विचारको हुल नआएसम्म सोचाइ प्रतिविम्ब र घाँसमा डुल्यो, छिनछिनमा पानीलाई आफूलाई कतै उतार्न र कतै डुबाउन दिँदै। त्यसपछि फेरि पानीमा हेलियो।
अँ, म (मलाई तपाईंहरूले जे नाम दिए पनि हुन्छ। त्यो खासै महत्त्वको कुरा होइन) एक वा दुई हप्ताअघिको अक्टोबरको सुन्दर मौसममा नदी किनारमा बसेर सोचमग्न थिएँ। महिला र आख्यान जस्तो आफ्ना सबै किसिमका पूर्वाग्रह र अनुराग जगाउने विषयमा निष्कर्ष निकाल्नुपर्ने बाध्यताले मेरो शिर झुकेको थियो। दायाँबायाँ विभिन्न खालका झाडी थिए, कुनै सुनौला, कुनै रगत झैं राता, रङले गर्दा चम्किएका। यी आगोको तापले जले झैं पनि देखिन्थे। पर्तिर किनारमा बैंसका रूख सदाबहार विलापमा रुँदै थिए। तिनका कपाल काँधसम्म झरेका थिए। नदीमा आकाश, पुल र आभायुक्त रूखमध्येबाट नदीले आफूखुशी छानेका वस्तु प्रतिविम्बित थिए। ती प्रतिविम्बमाथि विद्यार्थीले आफ्नो डुंगा ख्याउँदा ती सबै बिलाए, पूर्ण रूपले, तिनीहरू पहिलै छँदै थिएनन् जस्तो लाग्ने गरी। त्यहाँ जोकोही मानिस सोचाइमा मग्न भएर दिनरात बसेको हुनसक्छ। सोचाइ- त्यसलाई सोचाइ नाम दिनु अलि बढी नै गौरवान्वित दर्जा दिनु हो- बहेर खोलाको तल गयो।
यात्राको अन्त्यमा झट्का लागेजसरी अचानक विचारको हुल नआएसम्म सोचाइ प्रतिविम्ब र घाँसमा डुल्यो, छिनछिनमा पानीलाई आफूलाई कतै उतार्न र कतै डुबाउन दिँदै। त्यसपछि फेरि पानीमा हेलियो। यसबाट होशियारीपूर्वक बहिर्गमन कसरी भयो? दुःखलाग्दो कुरा, घाँसमा बसेको मेरो विचार कति सानो र कति मूल्यहीन जस्तो लाग्छ। पछि कुनै दिन ठूलो होला, पकाएर खान लायक होला भनेर सहृदयी माझीले जालबाट झिकेर पानीमै फर्काइदिएको सानो माछा जस्तो। म तपाईंहरूलाई अहिले त्यो विचारले सताउन चाहन्नँ। त्यसलाई ध्यान दिएर हेर्नुभयो भने मैले बताउने क्रममा तपाईंले त्यो आफैं पाउनुहुनेछ।
त्यो विचार जतिसुकै सानो भए पनि त्यसमा आफ्नै किसिमका रहस्यमयी विशेषता थिए। त्यसलाई मैले आफ्नो दिमागमै फर्काएँ। यो तुरुन्तै अति रोमाञ्चक र महत्त्वपूर्ण बन्यो। यसले छलाङ मार्यो र त्यो डुब्यो, यताउता झल्याकझुलुक देखियो। त्यसले विचारको यस्तो होहल्ला मच्चायो मलाई स्थिर भएर एक ठाउँमा बस्न असम्भव भयो। यस्तो अवस्था सहन नसकेर म (अक्सब्रिजको (१)) झार उम्रिएको बाटोमा तीव्र गतिमा हिँडेछु। मलाई रोक्न एउटा पुरुष शरीर तुरुन्तै उठ्यो। साँझमा लगाउने सर्टबाहिर कोटलगाएको त्यस अनौठो जीवले मलाई नै रोकिन संकेत गरेको हो भन्ने पहिले त मैले बुझिनँ। उसको अनुहारमा आतंक र क्रोध फैलिएको थियो। यतिबेला मलाई विवेक होइन, सहजज्ञानले सहयोग पुर्यायो। मैले उसलाई चिनेँ। ऊ त्यहाँको चौकीदार थियो र म महिला थिएँ। म घाँसले ढाकिएको ठाउँमा थिएँ, बाटो अलिक पर थियो।
पुस्तकालयको ढोका खोल्नै लाग्दा अचानक मेरो अगाडि कथामा वर्णन गरिएजस्तै सेतो पखेटा भएको होइन, कालो गाउन लगाएका, झस्किएका, चाँदी जस्ता, दयालु पुरुषले रक्षक देवदूतले आफ्ना पखेटा फटफटाउँदै कसैको बाटो छेके झैं मेरो बाटो छेके। मलाई फर्केर जा भनी हातले संकेत गरे।
घाँसमा हिँड्न फेलो र विद्वान्ले मात्र पाउँछन्। मैले त ग्राभेलमा मात्र हिँड्न पाउँछु। त्यतिबेला मैले झट्ट यही कुरा सोचेँ। म घाँसे मैदानबाट निस्किएर बाटोमा पुगेपछि चौकीदारका हात तल झरे, चौकीदारको अनुहारमा सामान्य अवस्थामा हुने शान्ति छायो। हिँड्न ग्राभेलमा भन्दा घाँसे मैदानमा सजिलो हुने भए पनि ग्राभेल हिँड्नुपर्दा मलाई उत्रो क्षति पुगेको थिएन। जुनसुकै कलेज होस्, त्यसका फेलो र विद्वान्विरुद्ध म एउटै मात्र आरोप के लगाउँछु भने बितेका ३०० वर्षदेखि उनीहरूका लागि सुरक्षित त्यो घाँसे बाटोको घाँस म हिँड्दा कुल्चिएला भनेर उनीहरूले मेरो सानो माछा (विचार) लाई गायब पारिदिए।
कुन विचारले मलाईं अरूका लागि मात्र छुट्याइएको त्यस ठाउँमा अनधिकार दखल गर्ने बनायो त्यो म अहिले सम्झिन सक्दिनँ। मेरो मनमा शान्तिको भावना स्वर्गबाट झरेको बादल झैं झर्यो किनभने शान्तिको आत्मा कतै बस्छ भने त्यो अक्टोबरको सुन्दर बिहानीमा यही ठाउँमा, अक्सब्रिजको चारकुने आँगनमा बस्छ। ती कलेजका प्राचीन हल पार गर्दै टहलिँदै गर्दा मैले अलि अघि भोग्नुपरेको अशिष्ट व्यवहारको चोट अलि कम हुँदै गयो, मेरो शरीर ग्लासको चमत्कारपूर्ण सानो कोठामा रहे झैं लाग्यो जहाँ बाहिरको कुनै पनि आवाज प्रवेश गर्न सक्दैन। अनि, मेरो दिमाग मानिसको सम्पर्कबाट मुक्त भएर (फेरि घाँसे बाटोमा नहिँडेसम्म) त्यो वातावरणमा उपयुक्त हुने ध्यान बस्न स्वाधीन भयो। संयोगले भनौँ, लामो बिदामा अक्सब्रिजको पुनर्यात्रा विषयका पुराना केही निबन्धका विशृङ्खलित सम्झनाले मेरो दिमागमा चार्ल्स ल्याम्ब घुसाइदिए। ल्याम्बका पत्रबाट प्रभावित भएर ठ्याकरेले ल्याम्बका पत्र आफ्नो निधारमा टाँसेर उनलाई सन्त चार्ल्स भनेका थिए। मरेका लेखकमध्ये (मैले मेरा दिमागमा आएका कुरा तपाईंहरूलाई भनेकी हुँ), मलाई सबैभन्दा मन पर्नेमध्येका एक जना लेखक हुन् ल्याम्ब। उनलाई सम्झँदा सोध्न मन लाग्छ- तिमीले त्यति राम्रा निबन्ध कसरी लेख्यौ?
पुस्तकालयतिर जाँदै गर्दा मैले के पनि सम्झिएँ भने ठ्याकरेको ‘इस्मन्ड’को पाण्डुलिपि पनि त यही प्रसिद्ध पुस्तकालयमा सुरक्षित छ। आलोचकहरू के भन्छन् भने ठ्याकरेको सबैभन्दा उत्तम उपन्यास ‘इस्मन्ड’हो। तर, अठारौँ शताब्दीको नक्कल गरिएको यसको शैलीले गर्दा, मैले थाहा पाएसम्म, ठ्याकरेलाई सजिलै आउने यो शैली नबुझ्ने पाठकलाई यो उपन्यास बुझ्न कठिन भएको छ।
उनका निबन्ध, मलाई सबै दृष्टिले उत्तम लाग्छन्, म्याक्स बिरबोह्मका भन्दा राम्रा लाग्छन्। कल्पनाको निर्बन्धन चम्काइ, बीच बीचमा प्रस्फुरण हुने अभूतपूर्व बुद्धिमत्ताले उनका निबन्धलाई खोटयुक्त र अपरिमार्जित तर कविताको मीठो लेपयुक्त बनाएका छन्। एक सय वर्षअघि होला, ल्याम्ब अक्सब्रिज आएका थिए। हो, उनले आफूले यहाँ देखेको मिल्टनको एउटा कविता- ‘ल्यासिड्स’ होला—को पाण्डुलिपिबारे एउटा निबन्ध लेखेका थिए। त्यसको नाम मलाई अहिले याद भएन। आफूले पढेको कविता ‘ल्यासिड्स’का शब्द कविको पाण्डुलिपिमा भएभन्दा फरक भएको कल्पना समेत गर्दा आफू कसरी हर्षित भएँ भनेर लेखेका छन् उनले। मिल्टनले त्यस कविताका शब्द फेरबदल गरेका थिए भनेर सोच्नु पनि त्यस पवित्र चिजलाई अपवित्र बनाउनु जस्तै हो। यसले मलाई ‘ल्यासिड्स’बारेमा सम्झन लगायो, मिल्टनले कुन चाहिँ शब्द फेरेका थिए होलान्, किन फेरेका थिए होलान् भनी अनुमान गरेर आफ्नो मन बहलाउन लगायो। त्यसपछि मैले झट्ट के सम्झिएँ भने ल्याम्बले देखेको मिल्टनको कविताको पाण्डुलिपि यहाँभन्दा अलिकति पर्तिर छ। ल्याम्बको पदचाप पछ्याउँदै चारकुने जमिन हिँड्यो भने त्यो प्रसिद्ध पुस्तकालयमा पुग्न सकिन्छ जहाँ यो खजाना राखिएको छ।
पुस्तकालयतिर जाँदै गर्दा मैले के पनि सम्झिएँ भने ठ्याकरेको ‘इस्मन्ड’को पाण्डुलिपि पनि त यही प्रसिद्ध पुस्तकालयमा सुरक्षित छ। आलोचकहरू के भन्छन् भने ठ्याकरेको सबैभन्दा उत्तम उपन्यास ‘इस्मन्ड’हो। तर, अठारौँ शताब्दीको नक्कल गरिएको यसको शैलीले गर्दा, मैले थाहा पाएसम्म, ठ्याकरेलाई सजिलै आउने यो शैली नबुझ्ने पाठकलाई यो उपन्यास बुझ्न कठिन भएको छ। त्यसको पाण्डुलिपि हेरेर उनले त्यस्तो फेरबदल शैलीका लागि गरेका हुन् अथवा भावका लागि भनी पत्ता लगाउन सकिन्छ। तर, यसो गर्नका लागि शैली के हो र अर्थ के हो भन्ने थाहा हुनुपर्छ। यस्तो सोच्दासोच्दै म पुस्तकालयको ढोकैमा पुगिसकेकी थिएँ। पुस्तकालयको ढोका खोल्नै लाग्दा अचानक मेरो अगाडि कथामा वर्णन गरिएजस्तै सेतो पखेटा भएको होइन, कालो गाउन लगाएका, झस्किएका, चाँदी जस्ता, दयालु पुरुषले रक्षक देवदूतले आफ्ना पखेटा फटफटाउँदै कसैको बाटो छेके झैं मेरो बाटो छेके। मलाई फर्केर जा भनी हातले संकेत गरे। उनले सानो स्वरमा मलाई के बताए भने यो पुस्तकालयमा पस्न चाहने महिलाले या त ऊ यस कलेजका फेलोका साथमा आउनुपर्छ या त सिफारिशपत्र देखाउनुपर्छ।
शताब्दी पहिले घाँस बयेली खेल्ने र सुँगरले भुइँ जोत्ने जमीनमा यसरी पुस्तकालय बनिए, प्रयोगशाला बनिए, आकाशलोचनशाला बनिए, महँगा र भव्य उपकरण र उत्कृष्ट सामानको व्यवस्था गरियो। टाउकामा ट्रे बोकेका मानिसहरू सिँढीमा यताउता गर्न पाए। सिसाका बाकसमा रंगीन फूल फुले। कोठाभित्र ग्रामोफोनको आवाज घन्कियो। यस्तो कुरा नसोची बस्नै सकिँदैनथ्यो। तर, म जेजस्ता कुरा सोच्दै थिएँ त्यसलाई बीचमै टुंग्याउनुपर्यो।
एउटी महिलाले आफूलाई श्राप दिएको कुरासँग यस प्रसिद्ध पुस्तकालयलाई केही मतलब छैन। श्रद्धेय, शान्त यो पुस्तकालय आफूसँग भएका सबै खजाना आफ्नो छातीमा सुरक्षित राखेर खूब सन्तुष्टिका साथ सुतेको छ र मलाई के लाग्छ भने, यो पुस्तकालय भविष्यमा पनि यसरी नै सुतिरहनेछ। म दोहोर्याएर यता कहिल्यै जान्नँ, यस पुस्तकालयको आतिथ्य फेरि कहिल्यै खोज्दिनँ, रिसले मुर्मुरिँदै सिँढी ओर्लंदा मैले यस्तो प्रतिज्ञा गरेँ। दिउँसोको खाना खाने बेला हुन अझै एक घण्टा बाँकी थियो। यो समय के गरेर बिताउने होला? चउरमा डुलेर बिताऊँ कि नदी किनारमा बसेर? हो, त्यो बिहान साँच्चै रमणीय थियो। पातलो भुइँमा लाली छर्किएको थियो। चउरमा डुले पनि नदी किनारमा बसे पनि, जे गरे पनि एक घण्टा बिताउन उति ठूलो कठिनाइ थिएन। त्यति नै बेला मेरा कानमा संगीतको आवाज ठोकियो। शोकसभा अथवा उत्सव भइरहेको थियो।
मैले गिर्जाघर पार गरेका बेला अर्गेनको मीठो धुन बज्यो। त्यस निर्मल हावामा क्रिश्चियन धर्मको शोक, शोक भन्दा पनि शोकको सम्झना जस्तो लाग्थ्यो, प्राचीन अर्गेनको चित्कार पनि शान्तिको काखमा सुते झैं लाग्थ्यो। त्यहाँ प्रवेश गर्न पाउने मेरो अधिकार भएको भए पनि मलाई त्यहाँ पस्ने चाहना थिएन। मैले त्यहाँ पस्न चाहेको भए पनि भर्जर (पादरीको अगाडि डन्डा बोकेर बस्ने व्यक्ति) ले मलाई रोक्थ्यो होला, मैले यो धर्म ग्रहण गरेको हो भन्ने प्रमाणपत्र अथवा डीनको सिफारिशपत्र माग्थ्यो होला। यस्ता भव्य भवनको बाहिरी भाग त्यसको भित्री भाग जति नै सुन्दर हुने गर्छन्। अर्काे कुरा, सभामा मानिस भेला भएको, मानिसहरू भित्र पस्दै गरेको, बाहिर निस्कँदै गरेको, माहुरीको घारको मुखमा माहुरी जस्तै गरी भक्तजनहरू गिर्जाघरको ढोकामा व्यस्त भएको हेर्न रमाइलो थियो। धेरैले क्याप र गाउन लगाएका थिए, कसैको काँधमा ऊनीको फुर्का थियो। कसैलाई बाथ-चेयरमा राखेर ठेलिँदै थियो। भित्तामा अडेस लागेर हेर्दा विश्वविद्यालय साँच्चिकै पवित्रस्थल जस्तो देखिन्थ्यो, जहाँ हेरचाह नगरी त्यत्तिकै छाडिदिने हो भने मासिएर गइसक्ने, दुर्लभ वस्तुहरूको संग्रह सुरक्षित छ।
यतिबेला मेरा दिमागमा विश्वविद्यालयका पुराना पदाधिकारी र प्राध्यापकका पुराना कथा पुनःस्मरण भए। तर, कसैले पसेल्ने साहस बटुल्नुभन्दा पहिले नै श्रद्धेय जमात भित्र पसिसकेको थियो। गिर्जाघरको बाहिर सन्नाटा छायो। सबैलाई थाहा भएकै कुरा हो, यसका अग्ला गुम्बज र बुर्जा समुद्रमा आउँदै गरेको जहाजजस्ता देखिन्छन् जो आउँदै गरे जस्तो त देखिन्छ, तर कहिल्यै आइपुग्दैन, राति उसले बालेको बत्ती कोसौँ टाढैबाट देखिन्छ, तर जहाज अझै पर, डाँडाभन्दा धेरै परै हुन्छ। नरम चउर भएको यो चतुर्भुज जमीन, यहाँ बनेका ठूल्ठुला भवन र गिर्जाघर भएको यो ठाउँ कुनै बेला दलदले जमीन थियो होला, यहाँ घाँस बयेली खेल्थ्यो होला र सुँगुर आफ्ना थुतुनाले भुइँ जोत्थे होलान्। मेरा विचारमा, घोडा र गोरुका हुलले टाढाटाढाका गाउँबाट गाडामा ढुंगा ओसारे होलान्, अनन्त श्रम खर्च गरेर अहिले जसको छायाँमा म उभिएकी छु, ती खैरा ब्लक एकमाथि अर्काे गरी खडा गरिए। त्यसपछि सिसाका झ्याल लगाइए। उः माथि छानामा पुटी र सिमेन्ट तथा खुर्पा र पस्यौनी लिएका मिस्त्रीहरू शताब्दीयौँदेखि व्यस्त छन्। शनिबारै पिच्छे कोही न कोही दाता सुन र चाँदीका थैला बोकेर आउँथे होलान् अनि उनीहरूले ती थैलाबाट सुन र चाँदी निकालेर दिन्थे होलान्।
मलाई लाग्छ, यी भवन बनाउन ढुंगा ल्याउन, मिस्त्रीको काम गराउन, जमीन सम्याउन, नाली खन्न, पानी बगाउन सुन र चाँदीको अनन्त खोला बगाएको हुनुपर्छ। त्यो युग आस्थाको युग थियो। त्यतिबेला त्यसको गहिरो जगमा धेरै ढुंगा हाल्न लोभ नगरीकन धेरै पैसा खन्याइयो।
मलाई लाग्छ, यी भवन बनाउन ढुंगा ल्याउन, मिस्त्रीको काम गराउन, जमीन सम्याउन, नाली खन्न, पानी बगाउन सुन र चाँदीको अनन्त खोला बगाएको हुनुपर्छ। त्यो युग आस्थाको युग थियो। त्यतिबेला त्यसको गहिरो जगमा धेरै ढुंगा हाल्न लोभ नगरीकन धेरै पैसा खन्याइयो। यहाँ मन्त्र गाउने र विद्यार्थी पढ्ने उपयुक्त वातावरण तयार गर्न पर्खाल ठडिँदै जाँदा राजारानी र कुलीनहरूको कोषबाट अझ बढी पैसा खन्याइयो। जग्गा हुनेले जग्गा दान दिए, आम्दानी गर्नेले आफ्नो आम्दानीको दशांश दान दिए। आस्थाको युग अन्त्य भई विवेकको युग लागेपछि पनि सुन र चाँदीको प्रवाह उस्तै गरी बहाइयो, फेलोशिप राखियो, लेक्चररशिप खडा गरियो। राजारानीको ढुकुटीबाट होइन, व्यापारी र कारखाना मालिकको छातीबाट सुन र चाँदी खन्याइयो। भनौँ न, उद्योगबाट अथाह सम्पत्ति आर्जेका मानिसले आफूले पढेको विश्वविद्यालयमा थप चेयर्सको नियुक्ति गर्न, लेक्चररशिप राख्न, थप फेलोशिप राख्न सकियोस् भनेर आफ्नो आर्जनको अधिक अंश दान दिए।
शताब्दी पहिले घाँस बयेली खेल्ने र सुँगुरले भुइँ जोत्ने जमीनमा यसरी पुस्तकालय बनिए, प्रयोगशाला बनिए, आकाशलोचनशाला बनिए, महँगा र भव्य उपकरण र उत्कृष्ट सामानको व्यवस्था गरियो। टाउकामा ट्रे बोकेका मानिसहरू सिँढीमा यताउता गर्न पाए। सिसाका बाकसमा रंगीन फूल फुले। कोठाभित्र ग्रामोफोनको आवाज घन्कियो। यस्तो कुरा नसोची बस्नै सकिँदैनथ्यो। तर, म जेजस्ता कुरा सोच्दै थिएँ त्यसलाई बीचमै टुंग्याउनुपर्यो। घण्टाघरले घण्टा हान्यो। लन्च खान जाने बेला भयो।
रोचक कुरा, उपन्यासकारहरूले हामीलाई के विश्वास गर्न लगाएका छन् भने लन्च पार्टी त्यसमा गरिएका एकदमै विनोदपूर्ण कुरा अथवा त्यहाँ भएका एकदमै धेरै बुद्धिमत्तापूर्ण कामका कारणले सम्झनयोग्य हुन्छन्। लन्चमा के खाइयो भन्ने कुरा उनीहरूले बताउँदैनन्। उपन्यासको परम्पराको पालना गर्दै लन्चमा खाइएका सुप र साल्मन तथा हाँसका बच्चाको मासुबारे (यी कुरा कति पनि महत्त्वपूर्ण होइनन् भने झैं गरी) उल्लेख नगर्ने चलन छ। लन्चमा कसैले सिगार वा वाइन खाएन भने झैं गरेर तीबारे लेख्दै नलेख्ने चलन छ। यहाँ म त्यो परम्परालाई तोड्ने स्वाधीनता उपयोग गर्दै के बताउँछु भने आज यस ठाउँको लन्च गहिरो भाँडामा डुबाइएको माछाबाट शुरू भयो। त्यसमाथि कलेजका कुकले अति सेतो नौनी घिउ दलिदिएका थिए। अलिकति खोट के थियो भने त्यसमा धेरै ठाउँमा खैरा टाटा थिए। त्यसपछि तित्राको मासु आयो।
तित्राको मासु भन्नेबित्तिकै तपाईंले प्लेटमा राखेका दुईचार वटा रौं खुइल्याइएका, खैरा चरा भन्ने ठान्नुभयो भने त्यो गलत हो। थरीथरीका धेरै तित्राका मासु साथमा थरीथरीका ससेज र सलाद क्रम मिलाएर राखिएका, सिक्का जस्ता पातला नरम आलु, गुलाफको कोपिला जस्तै पारेर सिँगारिएका उमारिएका रसिला गेडागुडी।
मौन सेवकसँगसँगै रोस्ट र त्यसको सहायक परिकार नेपकिनमा बेरिएर हाम्रा अगाडि आइपुगे। त्यसपछि बास्नादार गुलियो कन्फेक्सन। यसलाई खीर भनियो र यो चामलको हो भन्ने भान पारियो भने यसको अपमान हुन जान्छ। यसैबीच, वाइन ग्लासमा थरीथरीका वाइन खन्याइए, ग्लास रित्याइए, फेरि भरिए। यसरी बिस्तारै आत्माको बासस्थान मेरुदण्डसम्मै उज्यालो फैलियो। यो हामीले भन्ने गरेको प्रतिभाको बिजुलीको प्रकाश होइन, त्योभन्दा गाढा, तीक्ष्ण र भित्री दीप्ति हो, विवेकसम्मत संसर्गको पहेँलो ज्वाला हो। यहाँ कसैलाई हतार थिएन। आपसमा चर्काचर्की गर्नुपर्ने थिएन। आफू अरू कसैको अधीनमा भएको ठान्नु जरुरी थिएन, सबै आफैंमा स्वतन्त्र थिए। यहाँ भएका हामी सबै स्वर्ग जाँदैछौँ। हाम्रा साथमा भ्यान ड्याक छन्। यहाँको जीवन कस्तो राम्रो देखिन्छ, यसबाट कस्तो राम्रो फल मिलेको छ, कुनै कुराको कमी भएको गुनासो गर्नु बेकार छ, यहाँका साथीसंगति कति प्रशंसनीय छन्, आफ्नै खालको समाज छ। यहाँ सिगरेट सल्काएर झ्यालछेउको सीटको गद्दीमा आरामले डुब्न सकिन्छ।
एउटी महिलाले आफूलाई श्राप दिएको कुरासँग यस प्रसिद्ध पुस्तकालयलाई केही मतलब छैन। श्रद्धेय, शान्त यो पुस्तकालय आफूसँग भएका सबै खजाना आफ्नो छातीमा सुरक्षित राखेर खुब सन्तुष्टिका साथ सुतेको छ र मलाई के लाग्छ भने, यो पुस्तकालय भविष्यमा पनि यसरी नै सुतिरहनेछ। म दोहोर्याएर यता कहिल्यै जान्नँ, यस पुस्तकालयको आतिथ्य फेरि कहिल्यै खोज्दिनँ, रिसले मुर्मुरिँदै सिँढी ओर्लंदा मैले यस्तो प्रतिज्ञा गरेँ।
नजिकै आस–ट्रे भएको भए, कसैले झुक्किएर चुरोटको खरानी झ्यालबाहिर नखसाएको भए पुच्छर बिनाको बिरालो कसैले पनि देख्ने थिएनन् होला। त्यो जनावर आँगनमा बिरालोका चालले हिँडेको अचानक देखेकाले मेरो अवचेतन दिमागको र आवेगको प्रकाश फेरियो। मानौँ, छाना कसैले झारेजस्तो। राम्रो अंकुशेले मात्र त्यसलाई थामेजस्तो। मैले त्यो बिरालो चउरको बीचमा रोकिएको हेरिरहेँ। मानौँ, उसले पनि यो ब्रह्माण्डबारे प्रश्न गरेको छ। केही अभाव भएजस्तो, केही फरक भए जस्तो। तर,केको अभाव थियो र के फरक थियो? , मानिसका कुरा सुन्दै मैले आफैंलाई सोधेँ। यो प्रश्नको जबाफ दिन मेरो मनले यो कोठाबाहिर, विगतमा जानुपर्ने भयो। यस ठाउँ नजिकै युद्धभन्दा पहिले आयोजित एउटा अर्काे लन्च पार्टी सम्झनुपर्ने भयो। त्यो पार्टी योभन्दा फरक थियो। सबै कुरा फरक थिए।
त्यस पार्टीमा धेरै युवा थिए, कुनै एउटा लिंगका, कुनै अर्काे लिंगका। पार्टी राम्रोसँग चल्यो, झगडासगडा भएन, बिना बन्देज, रमाइलोसँग चल्यो। दुईवटा पार्टीको तुलना गर्दा मलाई के लाग्यो भने पछिल्लो पार्टी अघिल्लो पार्टीको सन्तान हो, वैध सन्तान। केही पनि कुरा फेरिएको थिएन। यहाँ मैले मानिसले बोलेका सबै कुरा त सुनिनँ, गुनगुनाहट मात्र सुनेँ, त्यहाँको माहोल मात्र बुझेँ। यस कुरामा चाहिँ यी दुई पार्टीबीच भिन्नता थियो। हो, यही कुरा भिन्न थियो। लडाइँअघिको लन्च पार्टीमा पनि उस्तै कुरा हुन्थे, तर त्यो फरक जस्तो लाग्थ्यो किनभने त्यतिबेला एक किसिमको भुनभुन आवाज सुनिन्थ्यो, पूरै बोली होइन संगीतमय, रोमाञ्चक। यसले शब्दको मूल्य बढाएको थियो। शब्दमा भुनभुनाहट हाल्न सकिन्छ? कविका सहायताले सकिएला कि? मेरो छेउमा रहेको एउटा किताब छिनछिनमा पल्टाएर टेन्निसन (२) को कविता हेरेँ। त्यहाँ मैले टेन्निसन यस्तो गुनगुनाइरहेको भेटेँ।
गेटको घडी–फूलबाट
भव्य आँसु झर्यो
उनी आउँदैछिन्, मेरी ढुकुर, मेरी प्यारी
उनी आउँदैछिन्, मेरी प्राण, मेरी मुटु
रातो गुलाब करायो, ‘ऊ नजिकै छे, नजिकै छे’
अनि सेतो गुलाब रोयो, ‘ऊ ढिलो भई’
निरफूलले सुन्यो, ‘मैले सुनेँ, मैले सुनेँ’
अनि कमलफूलले कानेखुशी गर्यो, ‘म पर्खन्छु’
लडाइँअघिको लन्च पार्टीमा पुरुषले यस्तै गुनगुनाएका थिए? अनि महिलाले कस्तो गुनगुनाएका थिए?
मेरो हृदय पानी हालेको टुसामा गुँड भएको
गाइने चरो झैं भएको छ
मेरो मुटु स्याउको रूख झैं भएको छ
जसका लटरम्म हाँगा झुकेका छन्,
मेरो मुटु इन्द्रधनुष झैं छ
शान्त सागरको त्यो बहना
मेरो मुटु यी सबैभन्दा खुशी छ
किनभने मेरो प्रिय आउँदैछ
लडाइँअघिको लन्च पार्टीमा महिलाले यस्तै भुनभुनाएका थिए?
लडाइँअघि लन्च पार्टीमा मानिसहरू मनमनै यस्तो गुनगुनाउँथे भनेर सोच्नु पनि कस्तो अनौठो थियो भने त्यो सम्झँदा म हाँसिछु। मैले पुच्छर नभएको बिरालो देखाएर त्यही देखेर हाँसेकी भनेर स्पष्टीकरण दिनुपर्यो। चउरको बीचमा बसेको त्यो बिरालो विकृत थियो, पुच्छर बिनाको बिचरा बिरालो ! यो बिरालो जन्मँदै यस्तो थियो होला कि कुनै दुर्घटना भएर उसको पुच्छर ठुटियो होला? कसैकसैले म्यान टापुमा यस्तो बिरालो पाइन्छ भन्छन्। उटपट्याङ खालको, अनौठो जनावर हो यो। एउटा जाबो पुच्छरले पनि कति धेरै फरक पार्छ? लन्च पार्टी सकिएर आफ्ना कोट र ह्याट खोज्दै गर्दा मानिसले यस्तै सोचेका हुँदा हुन्।
आतिथेयको आतिथ्यले गर्दा यो लन्च अपराह्नसम्म तन्कियो। अक्टोबरको सुन्दर दिन ढल्कन लागेको थियो। म बाटोमा हिँडेका बेला रूखबाट पात झरिरहेका थिए। मभन्दा पछाडि रहेका गेट दिनको अन्त्यसँगै एकपछि अर्काे गरेर बिस्तारै बन्द हुँदै थिए जस्तो देखिन्थ्यो। असंख्य चौकीदारहरू राम्रोसँग तेल हालिएका तालामा चाबी लगाउँदै थिए, त्यो खजाना गृह अर्काे रातका लागि सुरक्षित बनाइँदै थियो। त्यो बाटो मुख्य सडकमा मिलेपछि, मैले त्यसको नाम बिर्सिएँ, दायाँ मोडिँदा फेन्ह्राम पुगिन्छ। तर, त्यहाँ पुग्न हतार छैन किनभने साढे सात बज्नुभन्दा अघि डिनर तयार हुँदैन। त्यस्तो भव्य लन्च खाएपछि डिनर नखाए पनि हुने हो। अचम्मसँग मेरो दिमागमा कविताका पंक्ति आए। तिनैका साथमा सडकमा मेरा खुट्टा चले।
गेटको घडीफूलबाट
भव्य आँसु झर्यो
उनी आउँदैछन्, मेरी ढुकुर, मेरी प्यारी
हेडिङ्लीतिर छिटोछिटो पाइला चालेका बेला यी पंक्ति मेरा रगतमा मिसिए। ताल फेरेर मैले यी पंक्ति गाएँः
मेरो हृदय पानी हालेको टुसामा गुँड भएको
गाइने चरो झैं भएको छ
मेरो मुटु स्याउको रूख झैं भएको छ
क्या कवि थिए त्यतिबेला ! गोधूलिमा मानिस जसरी विलाप गर्छन् मैले पनि त्यसैगरी विलाप गरेँ। कस्ता खालका कवि थिए त्यतिबेला!
अहिलेका कवि मानिसले सिर्जना गरेका मनोवेग व्यक्त गर्छन्। पहिलो कुरा त, मानिसले यस्ता मनोवेग चिन्न सक्दैनन्, तिनलाई कुशाग्रतापूर्वक हेर्छाैं र यस्ता कुरा सुन्दा हामी परिचित भएका हाम्रा पुराना मनोवेगसँग तुलना गर्छाैं। पुरानो युगको आरिस गर्दै। आधुनिक कविता यस्तै समस्याले ग्रस्त छन्।
आरिस लागेर होला, यस्तो तुलना गर्नु मूर्खता र हास्यास्पद हो भन्ने जान्दाजान्दै पनि मैले सोचेँ, जीवित कविमध्ये टेन्निसन र क्रिस्टिना रोजेट्टीको जोडा हुनसक्ने महान् कविको नाम इमानका साथ लिनुपर्दा एक जनाको नाम कसैले सम्झन सक्ला? फिँज निकालेर बगेको पानी हेर्दै गर्दा मलाई लाग्यो, साँच्चै भन्ने हो भने यसरी तुलना गर्न असम्भव छ। त्यो कविताले मानिसमा यस्तो उमंग, अनुराग उत्पन्न गराउनुको एउटै कारण के हो भने (लडाइँभन्दा पहिले हुने लन्च पार्टीमा) मानिसमा उत्पन्न हुने मनोवेगलाई यसले प्रशंसा गरेको छ, जसले त्यतिबेलाको अवस्था सजिलै सम्झाउँछ, त्यो मनोवेग परिचित हो जस्तो बनाउँछ र त्यतिबेला र यतिबेलाको मानिसको मनोवेगबीच तुलना गर्न लगाउँछ। तर, अहिलेका कवि मानिसले सिर्जना गरेका मनोवेग व्यक्त गर्छन्। पहिलो कुरा त, मानिसले यस्ता मनोवेग चिन्न सक्दैनन्, तिनलाई कुशाग्रतापूर्वक हेर्छाैं र यस्ता कुरा सुन्दा हामी परिचित भएका हाम्रा पुराना मनोवेगसँग तुलना गर्छाैं। पुरानो युगको आरिस गर्दै। आधुनिक कविता यस्तै समस्याले ग्रस्त छन्। त्यसैले त कोही पनि पाठकले कुनै कविताका लगातार दुईभन्दा बढी लाइन सम्झन सक्दैनन्। हेडिङ्लीतिर जाँदै गर्दा मैले सोचेँ, लन्च पार्टीमा मनमनै गुनगुनाउन हामीले किन बिस्र्यौं? अल्फ्रेडले गाउन किन छाड्नुपरेको हो?
उनी आउँदैछिन्, मेरी ढुकुर, मेरी प्यारी
अनि क्रिस्टिनाले जबाफ दिन किन छाडिन्?
मेरो मुटु यी सबैभन्दा खुशी छ
किनभने मेरो प्रिय आउँदैछ
चाँडै लोप हुन लागेको संसारको सुन्दरताका दुईवटा किनारा छन्ः एउटा किनारमा हाँसो छ भने अर्काे किनारमा मुटु चिर्ने सन्ताप छ। मेरा अघिल्तिर वसन्तको गोधूलिमा फर्नमको वन्य र खुला बगैँचा फैलिएको थियो, पानीका फोहरा छरिएको र असरल्ल परेको लामो घाँसमा ड्याफोडिल र ब्लुबेल थिए।
यसको दोष लडाइँमाथि थोपर्न मिल्ला? अगस्ट १९१४ (३) मा गोली चलेपछि महिला र पुरुषलाई एक अर्काका आँखा फुङ्ग उडेको, उदास जस्तो लाग्न थालेको हो? र, त्यसले गर्दा रोमाञ्च मरेको हो? त्यतिबेला अति धेरै गोलाबारुद पड्काइएको कुरालाई ख्याल गर्दै हाम्रा शासकको अनुहार सम्झँदा जोकोही (खासगरी महिला, शिक्षा र अरू कुराबारे उनीहरूमा रहेको भ्रमले गर्दा) तर्सन्छन्। जर्मन, अंग्रेज, फ्रेन्च सबै कुरूप र मूर्ख जस्ता देखिन्छन्। दोष जहाँ दिए पनि, दोष जसलाई लगाए पनि टेन्निसन र क्रिस्टिना रोजेट्टीलाई आफ्ना प्रियको आगमनबारे यति भावुकतापूर्वक गाउन प्रेरणा दिने भ्रमजाल त्यतिबेलाको तुलनामा आजकाल कता हो कता दुर्लभ बनेको छ। पढ्नु, हेर्नु, सुन्नु र सम्झनु मात्र पर्छ। तर,‘दोष’ भनेर किन भनेको? भ्रम नष्ट गर्ने र त्यसका ठाउँमा सत्य स्थापित गर्ने काम युद्ध/विनाशलाई हामीले गरेको प्रशंसाले नभई भ्रमले गरेको हो त? सत्य...सत्यको खोजीमा लाग्दा मैले फर्नम जाने घुम्तीमा मोडिन बिर्सिइछु।
हो, कुन सत्य हो र कुन भ्रम हो? मैले आफैँलाई सोधेँ। उदाहरणका लागि, मधुरो र गोधूलिमा झ्यालको रातोले उल्लासमय बनाएका तर बिहान नौ बजे कच्चा, राता र मैला देखिने यी घरको कुन चाहिँ दृश्य सत्य हो। अहिले कुहिरोले छोपेर अस्पष्ट पारेका बैँसका रूख, नदी र नदी किनारका बगैँचा दिउँसो सूर्यको प्रकाशमा सुनौला र राता हुन्छन्। यिनको कुन रूप सत्य हो र कुन रूप भ्रम हो। मेरा चिन्ताले पैदा गरेको चक्कर मैले तपाईंहरूतिर हुर्याइदिएकी छु किनभने हेडिङ्ली जाने बाटो हिँड्दै गर्दा मैले मेरा कुराको निचोड भेट्न सकिनँ। यतिबेलासम्ममा तपाईंले के थाहा पाइसक्नुभएको हुनुपर्छ भने मैले ठीक घुम्तीमा मोडिन बिर्सिइछु र अहिले फर्केर ठीक मोडमा पुगेर फर्नम जाने बाटो भेटेर त्यतातिर जाँदैछु।
मैले अघि नै भनिसकेँ यो अक्टोबरको दिन थियो, सिजनको नाम फेरेर र बगैँचाको पर्खालबाट लिकास (निरफूल) झुन्डिएको थियो, अथवा वसन्तमा फुल्ने अरू फूल फुलेका थिए भनेर आख्यानको सुनामको बदनाम गर्ने र तपाईंहरूको मप्रतिको सम्मान भंग गर्ने हिम्मत म गर्दिनँ। आख्यान तथ्यसँग टाँसिनुपर्छ, तथ्य जति बढी सत्य हुन्छन् आख्यान त्यति नै बढी उत्तम हुन्छ भनेर हामीलाई भन्दै आइएको छ। त्यसैले मैले भन्नुपर्छ, यो शरदयाम थियो। पातहरू अझै पहेँला थिए र साँझ (ठ्याकै समय भन्दा सात बजेर २३ मिनेट) भएकाले ती पात अरू बेलाभन्दा अलि तीव्र गतिमा झरिरहेका थिए। (दिशा तोकेरै भन्नुपर्दा दक्षिण–पश्चिमबाट) सिरेटो उठेको थियो, तर यस्ता बेलामा पनि अनौठो सम्झना आइरहेको थियोः
मेरो हृदय पानी हालेको टुसामा गुँड भएको
गाइने चरो झैं भएको छ
मेरो मुटु स्याउको रूख झैं भएको छ
जसका लटरम्म हाँगा झुकेका छन्,
क्रिस्टिना रोजेट्टीका शब्दले होला, मैले यस्तो मूर्ख कुरा सोच्न पुगेँ। निरफूल बगैँचाको पर्खालबाट झुन्डिइरहेको, पुतली यताउता घुमिरहेको, हावामा परागका कण तैरिइरहेको देख्नु सपना देख्नुबाहेक केही पनि होइन। कुन दिशाबाट हो कुन्नि, मैले थाहा पाइनँ हावा चल्यो। त्यसले भुइँमा झरेका पात भुइँबाट माथि उठायो र चाँदी जस्तो खैरो प्रकाश हावामा झ्वाट्ट देखियो। यो यस्तो दुई खाले प्रकाश हुने क्षणबीचको यस्तो समय थियो जति बेला रङहरू घनीभूत हुने प्रक्रियामा हुन्छन् तथा झ्यालका पल्लामा बैजनी अनि सुनौला रङ रोमाञ्चक मुटुको धड्कन जसरी झल्किन्छन् र कसोकसो गर्दा संसारको सुन्दरता झल्किन पुग्छ जुन सुन्दरता चाँडै नष्ट हुन्छ (यतिबेला मैले आफूलाई मूर्खतापूर्वक बगैँचामा धकेलेँ, ढोका खुल्यो, त्यहाँ चौकीदार भएको छनक कतै पाइएन)। चाँडै लोप हुन लागेको संसारको सुन्दरताका दुईवटा किनारा छन्ः एउटा किनारमा हाँसो छ भने अर्काे किनारमा मुटु चिर्ने सन्ताप छ।
राम्रो कुराकानी हुनका लागि राम्रो डिनर खानु जरुरी हुन्छ। खाना राम्रो पाएको छैन भने मानिस राम्ररी सोच्न, राम्ररी माया गर्न र राम्ररी सुत्न सक्दैन। बिफ र आलुबखडाको खान्की खाँदा आत्मा बस्ने ठाउँको बत्ती बल्दैन।
मेरा अघिल्तिर वसन्तको गोधूलिमा फर्नमको वन्य र खुला बगैँचा फैलिएको थियो, पानीका फोहरा छरिएको र असरल्ल परेको लामो घाँसमा ड्याफोडिल र ब्लुबेल थिए। असरल्ल परेका, मिलेर नबसेका ती फूल अहिले हावा चल्दा निहुरिएर भुइँ छुँदै ठाडो हुँदै गर्दैथिए। इँटाको धेरै लहरका बीचमा रहेका त्यस घरका झ्याल पानीजहाजका झ्याल जस्तै वक्राकार थिए। बर्खामा बेजोडले बादल बहँदा तिनमा कागतेदेखि लिएर सेतो रङ लेपिन्थ्यो। झुलौनामा कोही मानिस बसेको थियो, कोही मानिस तर यतिबेलाको प्रकाशमा त्यो भूत जस्तो देखिन्थ्यो, आधा अन्दाज गर्नुपर्ने, आधा देखिने, घाँसमाथि टाँगिएको झुलौनामा। उसलाई घाँसमाथि जान कसैले रोकेन? त्यति नै बेला हावा खान निस्किए झैं, बगैँचाको झलक हेर्न निस्किए झैं झुकेको, ठूलो निधार भएको र मलीन लुगा लगाएको, भयंकर तर विनीत शरीर झुल्कियो। यी प्रख्यात विद्वान् होलिन् कि अथवा क ख ग कोही होलिन्? आफ्नो–बिरानो छुट्याउन नसकिने अँध्यारोमा, केही भयंकर वास्तविकताको घाउ वसन्तको मुटुबाट बाहिर निस्किइरहेको थियो।
मेरो सुप आयो। ठूलो हलमा डिनर बाँडिँदै थियो। त्यो बेलुका वसन्तको बेलुका थिएन, अक्टोबरको बेलुका थियो। सबैजना खाना खाने ठूलो हलमा भेला भएका थिए। डिनर तयार थियो। सुप सादा थियो। उमंग सिर्जना गर्ने कुरा यसमा केही पनि थिएन। बुट्टा भएको भाँडामा हालेको भए त्यो पारदर्शी सुप माथिबाट हेर्दा सुप हालेको भाँडाको पिँधको बुट्टा सजिलै देख्न सकिन्थ्यो। तर, सुप हालेका भाँडामा बुट्टा थिएनन्। भाँडो सादा थियो। त्यसपछि बिफका साथमा हरियोपरियो र आलु आयो। हिले बजारको गाईबस्तुको पछिल्लो फिलो जस्तो अनि त्यसका छेउमा घुंग्रिएको र पहेँलो पारिएका अंकुराएका दाना। कमसल खाना। यो खानाबारे गुनासो गर्नुपर्ने केही थिएन किनभने खाना पर्याप्त थियो र कोइलाखानीका मजदुरले त्यति पनि खान पाउँदैनथे भन्ने निर्विवाद छ।
त्यसपछि आलुबखडा र कस्टर्ड आयो। कस्टर्डसँग खाँदा पनि त्यो कमसल तरकारी (त्यसलाई फलफूल भन्न मिल्दैनथ्यो), कन्जुसको मुटुजस्तो रेशादार। त्यसपछि बिस्कुट र चिज आए। बिस्कुट स्वभावैले सुख्खा हुने हुनाले खानेले जति भन्छ उति पानी बाँडियो। डिनर सकियो। सबैजना आफ्नो कुर्सीबाट जर्याकजुरुक उठे, घुम्ने ढोका तीव्र गतिमा खुल्दै बन्द हुँदै गर्यो। चाँडै नै हलमा खानेकुराको नामोनिसान बाँकी रहेन। हल सफा गरेर भोलिपल्ट बिहानको ब्रेकफास्टका लागि तयार गरियो। तल करिडोरमा र माथि भर्याङमा इंग्ल्यान्डका युवाहरू डाङडुङ गर्दै, गीत गाउँदै हिँड्दै थिए। ‘डिनर राम्रो थिएन’, ‘हामीले त्यो भीडमा खानुको सट्टा यहाँ (त्यतिबेला म र मेरी सेटन उनको बैठक कोठामा थियौँ) खाएको भए हुँदैनथ्यो?’ भनेर म पाहुनाले भन्न हुँदैनथ्यो (फर्नम मेरा लागि ट्रिनिटी अथवा समरभिल्ले अथवा न्यून्ह्याम अथवा क्रिस्टचर्चजस्तै बिरानो ठाउँ त हो नि)। मैले यसो भनेकी भए, बिरानो मानिसले झट्ट देख्दा उल्लास र हौसला जगाउने अग्रभाग भएको यो भवनको गोप्य अर्थव्यवस्थाबारे खोजेर त्यसलाई राम्रोसँग नियाल्नुपर्थ्यो। अहँ, यस्तो कुरा कसैले भन्न सक्दैन।
हाम्रो बसाइको वातावरण भव्य भएको भए हामी स्पेन अथवा पोर्चुगलबारे अथवा किताब अथवा घोडादौडका घोडाबारे कुराकानी गर्थ्यौं होला। तर,हाम्रो रुचि यी विषयमा थिएन। हाम्रो रुचि अग्लो छानोमा राजमिस्त्रीले काम गरिरहेको पाँच शताब्दीअघिको दृश्यतिर थियो।
हो, अहिलेका लागि कुराकानी बन्द भयो। मानव अस्थिपञ्जरमा मुटु, शरीर र दिमाग यी सबै कुरा एकै ठाउँमा छन् (अर्काे दश लाख वर्षमा यी अलग अलग ठाउँमा बस्लान् भन्नेमा शंका छैन)। त्यसैले राम्रो कुराकानी हुनका लागि राम्रो डिनर खानु जरुरी हुन्छ। खाना राम्रो पाएको छैन भने मानिस राम्ररी सोच्न, राम्ररी माया गर्न र राम्ररी सुत्न सक्दैन। बिफ र आलुबखडाको खान्की खाँदा आत्मा बस्ने ठाउँको बत्ती बल्दैन। हामी स्वर्ग जाऔँला कि, अलि पर्तिर मोडमा भान ड्याकसँग भेट हुने आशा गरौँ। दिनभर परिश्रम गरेर बेलुका बिफ र आरुबखडा खाँदा मनमा यस्तै शंका उपशंका उठ्छन्। सौभाग्यको कुरा, विज्ञान पढाउने मेरी साथीको आलमारीमा सानो बोतल र साना गिलास थिए (तर त्यो खान माछा र तित्राको सितन हुनुपर्थ्यो)। यसले गर्दा हामीले आगो ताप्दै नराम्रो डिनरले बिगारेको कुरा केही हदसम्म मर्मत गर्न सक्यौँ।
एकैछिनमा हामीले कुनै निश्चित मानिस अनुपस्थित हुँदा हाम्रा दिमागमा आउने र दुई जना साथी भेट हुँदा स्वाभाविक रूपमा गरिने हाम्रा कौतूहल र रुचिका सबै विषयमा विशृङ्खल कुराकानी गर्यौं। जस्तै, कसले बिहे कसरी गर्यो, अनि फलानाले चाहिँ किन गरेन, फलानाले यस्तो सोच्छ, ढिस्कानाले चाहिँ उस्तो सोच्छ, फलानाले एकदमै राम्रो गर्यो, अनि ढिस्कानो चाहिँ अचम्मसँग पतन भयो। यसपछि साथीहरू बीचको कुराकानी स्वाभाविक रूपमा मानवको स्वभाव र हामी बाँचेको अद्भुत संसारका विशेषतातिर अघि बढ्यो। हाम्रो बसाइको वातावरण भव्य भएको भए हामी स्पेन अथवा पोर्चुगलबारे अथवा किताब अथवा घोडादौडका घोडाबारे कुराकानी गर्थ्यौं होला। तर,हाम्रो रुचि यी विषयमा थिएन। हाम्रो रुचि अग्लो छानोमा राजमिस्त्रीले काम गरिरहेको पाँच शताब्दीअघिको दृश्यतिर थियो। राजा र भारदारहरूले ठूला बोरामा खजाना लिएर आए र त्यस भवन बन्ने ठाउँको जगमा खन्याए। यो दृश्य मेरो दिमागमा सधैँभरि जीवन्त बनेर आउँछ। त्यसले आज डिनरमा खाएको जस्तो नराम्रो खानेकुराको दृश्यलाई हटाएर मेरो दिमाग कब्जा गर्छ। यी दुईवटा दृश्य फरक फरक हुन्, यी बीच एकापसमा सम्बन्ध छैन, तर पनि यी कुरा मेरा दिमागमा सधैँभरि आइरहन्थे, एकापसमा झगडा गरिरहन्थे। मलाई वाक्क लगाउँथे।
त्यो कलेजको जगमा त्यति धेरै धनसम्पत्ति थुपारिएको छ, तर अहिले हामी जुन कलेजमा बसेका छौँ त्यसको रातो इँटाको शानदार भवन र स्याहार नपाएको बगैँचाको जग मजबुत पार्न कसले के गर्यो र?
कुराकानी अन्यत्र नमोड्ने हो भने हामीले आआफ्ना दिमागमा बसेका विषयमा कुराकानी गर्नुपर्थ्यो। मैले मिस सेटेनलाई गिर्जाघरको छानामा त्यतिका वर्ष काम गर्ने राजमिस्त्रीबारे बताएँ, ती राजा र रानी अनि भारदारबारे बताएँ जो काँधमा बोराका बोरा सुन र चाँदी लिएर गिर्जाघर बन्दै गरेको ठाउँ गएका थिए र जसले ती सुनचाँदी त्यसको जगमा खन्याएका थिए। त्यसपछि मैले सेटेनलाई हाम्रा पालाका धनाढ्यबारे बताएँ जो चेक र बन्ड बोकेर त्यो ठाउँ गएका थिए। मलाई लाग्छ, त्यहाँ अरूले पनि सुनको थुप्रो लगाइदिएका थिए। त्यो कलेजको जगमा त्यति धेरै धनसम्पत्ति थुपारिएको छ, तर अहिले हामी जुन कलेजमा बसेका छौँ त्यसको रातो इँटाको शानदार भवन र स्याहार नपाएको बगैँचाको जग मजबुत पार्न कसले के गर्यो र? अनि हामीले चाहिँ किन चिनियाँ माटोका सादा, कम गुणस्तरका भाँडामा खाना खानुपर्ने? नमीठो बिफ, कस्टर्ड र आरुबखडामा किन चित्त बुझाउनुपर्ने? नभनौँ भनेर जति कोशिश गर्दा पनि मेरो मुखबाट यो अप्रिय कुरा निस्किइहाल्यो।
वर्षाैँ वर्ष काम गर्दा पनि ती महिलालाई थप दुई हजार पाउन्ड भेला गर्न ३० हजार पाउन्ड उठाउन जति नै गाह्रो परेको कुरा विचार गर्दा हाम्रो लिंगको कलंकपूर्ण गरीबीप्रति घृणा जाग्यो। हाम्रा आमाहरूले के चाहिँ गरेर जिन्दगी बिताएछन् जसले गर्दा उनीहरूले हाम्रा लागि अलिकति सम्पत्ति राखिदिन सकेनन्? उनीहरू नाकमा पाउडर धसेर बसेका थिए? पसलका झ्याल हेरेर बसेका थिए?
हो, १८६० तिरको कुरा, ए, यो कुरा तिमीलाई थाहा छँदैछ नि, त्यसको साँचो कथा सम्झनुपरेर होला दिक्क मान्दै उनले भनिन्। उनी भन्दै गइन्— (महिला कलेज खोल्नका लागि) कोठा भाडामा लिइयो, समितिको बैठक बस्यो। चिठी पठाइयो। परिपत्र तयार गरियो। बैठकका बैठक बसे, चिठी वाचन गरेर सुनाइयो, फलानाले यति दिन्छु भनी वाचा गरेको छ आदि आदि । तर, वाचा गरिए पनि मिस्टर फलानाले फुटेको कौडी पनि दिएन। स्याटर्डे रिभ्यूले यो अभियानलाई अशिष्ट व्यवहार गर्यो। अफिसको भाडा तिर्ने पैसा कसरी उठाउने भन्ने समस्या भयो। बजार लगाउने कि भन्ने भयो। अगाडिको पंक्तिमा बसाउनका लागि सुन्दरी केटी फेला पार्न सकौँला? जोन स्टुआर्ट मिलले यस विषयमा के भनेका छन् भनी हेरौँ। फलाना पत्रिकाका सम्पादकलाई हाम्रो चिठी छाप्न मनाउन सकिएला? लेडी फलानीले यसमा सही गरिदेलिन्? फलानी लेडी त अहिले शहरबाहिर गएकी छिन्।
६० वर्षअघि कलेज स्थापना गर्ने बेलामा यस्तै यस्तै भएको थियो होला। मलाई लाग्छ, ६० वर्षअघि यस्तै कठोर मेहनत गरिएको थियो। यस काममा अति धेरै समय खर्च भएको थियो। अति लामो संघर्षपछि मात्र बल्लबल्ल ३० हजार पाउन्ड जुटेको थियो। त्यसैले हामीले वाइन र सितन खान पाउने कुरै भएन। यहाँ टिनमा बन्द खाना बोकेर ल्याउने कामदार हुने कुरै भएन, उनले भनिन् । हामीसँग सोफा र अलग कोठा हुने कुरै भएन। ‘सुखसुविधा लिनका लागि हामीले पर्खनुपर्छ,’ कुनै किताबलाई उद्धृत गर्दै उनले भनिन्।
वर्षाैँ वर्ष काम गर्दा पनि ती महिलालाई थप दुई हजार पाउन्ड भेला गर्न ३० हजार पाउन्ड उठाउन जति नै गाह्रो परेको कुरा विचार गर्दा हाम्रो लिंगको कलंकपूर्ण गरीबीप्रति घृणा जाग्यो। हाम्रा आमाहरूले के चाहिँ गरेर जिन्दगी बिताएछन् जसले गर्दा उनीहरूले हाम्रा लागि अलिकति सम्पत्ति राखिदिन सकेनन्? उनीहरू नाकमा पाउडर धसेर बसेका थिए? पसलका झ्याल हेरेर बसेका थिए? मोन्ते कार्लोको घाममा शान देखाएर बसेका थिए? चुल्होमाथिको सानो खोपामा केही फोटा थिए। फोटामा म्यारीकी आमा–उः म्यारीका आमा हुन् भनेर मानौँ न– फुर्सदको समयमा टहलिँदैछिन् जस्तो देखिन्छ (उनले गिर्जाघरका मिनिस्टरका १३ जना छोराछोरी पाएकी थिइन्), तर उनको अनुहार प्रफुल्ल र मानसिक रूपले अति व्यस्त उनको जीवनको आनन्दका अति थोरै चिह्न मात्र देखिन्थे। उनी ममतामयी वृद्धा थिइन्, उनको ऊनीको कोठेमजेत्रो एउटा ठूलो गहनाले बाँधिएको थियो। बेतको कुर्सीमा बसेर, क्यामेरातिर फर्केर उनी चेपारे हाँसो हाँस्न कोशिश गरिरहेकी थिइन्, उनको अनुहार प्रसन्न तर डराएजस्तो थियो। उनले व्यवसाय गरेको भए, कृत्रिम रेशमको कारखाना चलाएको भए अथवा उनी स्टक एक्स्चेन्जमा हलचल मच्चाउन सक्ने भएकी भए, उनले फर्नम कलेजका लागि दुई/तीन लाख पाउन्ड दान दिएकी भए आज राति हामी यहाँ आरामसँग बस्न पाउँथ्यौँ, हाम्रो छलफलका विषय पुरातत्त्व, वनस्पतिशास्त्र, मानवशास्त्र, भौतिकशास्त्र, अणुको स्वभाव, गणित, खगोलविद्या, सापेक्षताको सिद्धान्त, भूगोल आदि हुनसक्थे।
धन पनि कमाउने अनि तेह्रजना बच्चा जन्माउने काम कुनै पनि मानवले गर्न सक्दैन। यो कुरा ख्याल गर्नुस् है। पहिलो, बच्चा जन्मनुभन्दा पहिले नौ महीना उसलाई गर्भमा हुर्काउनुपर्छ, तीनदेखि चार महीना बच्चालाई दूध खुवाउनुपर्छ। त्यसपछि पाँच वर्ष जति बच्चाको स्याहारचाकर गर्नुपर्छ।
मिसेस सेटन, उनकी आमा, उनकी आमाकी पनि आमाले पैसा कमाउने काइदा सिकेका भए अनि उनीहरूले उनीहरूका बाबुबाजेले जस्तै गरी आफ्नो लिंगका मानिसका लागि छात्रवृत्ति, लेक्चररशिप, पुरस्कार र विद्वत्वृत्ति स्थापना गर्न पैसा दान दिएका भए हामीले अहिले आरामसँग बसेर वाइन र सितन खान पाउने थियौँ होला, राम्रैसँग पैसा पाइने एउटा पेशाको छत्रछहारीमा बसेर हामीले आनन्ददायक र सम्मानित जीवन बाँच्न पाउने थियौँ होला। त्यसो भएको भए हामी अन्वेषण गरिरहेका हुनेथियौँ होला, अथवा लेखिरहेका हुनेथियौँ होला, यस धर्तीका आकर्षक ठाउँ घुमिरहेका हुनेथियौँ होला, एथेना देवीको मन्दिरको सिँढीमा ध्यानशील भएर बसिरहेका हुनेथियौँ होला, अथवा १० बजे अफिस जाने अनि साढे चार बजेतिर आरामले घर फर्कने र ससाना कविता लेख्ने गरिरहेका हुनेथियौँ होला। मिसेस सेटन र अरू महिलाले व्यापार गरेको मात्र भए यसो हुन्थ्यो।
म्यारीलाई पनि यस्तै लाग्ला कि मलाई मात्र यस्तो लागेको हो? अक्टोबरको त्यस शान्त र सुन्दर रातमा पहेँलपुर रूखका हाँगाका बीचबाट एउटा दुइटा तारा चम्केका देखिन्थे। म्यारी आफ्नो घर भए ठाउँको हावा अनि घरमा खाइने केकको बखान गरेर कहिल्यै थाक्दिनथिन्। त्यही घरसम्पत्ति र संस्मरणको केही अंश (ठूलो भए पनि उनीहरूको परिवार सुखी थियो) फर्नम कलेजमा ५० हजार पाउन्ड जतिको कोष राख्न दान दिन आफ्नो कलम घुमाउन उनी तयार थिइन्? कलेजमा कोष राख्न परिवारलाई पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ। धन पनि कमाउने अनि तेह्रजना बच्चा जन्माउने काम कुनै पनि मानवले गर्न सक्दैन। यो कुरा ख्याल गर्नुस् है। पहिलो, बच्चा जन्मनुभन्दा पहिले नौ महीना उसलाई गर्भमा हुर्काउनुपर्छ, तीनदेखि चार महीना बच्चालाई दूध खुवाउनुपर्छ। त्यसपछि पाँच वर्ष जति बच्चाको स्याहारचाकर गर्नुपर्छ। बच्चाबच्चीलाई जथाभावी बाटामा छाड्न मिल्दैन।
अक्टोबरको त्यस शान्त र सुन्दर रातमा पहेँलपुर रूखका हाँगाका बीचबाट एउटा दुइटा तारा चम्केका देखिन्थे। म्यारी आफ्नो घर भए ठाउँको हावा अनि घरमा खाइने केकको बखान गरेर कहिल्यै थाक्दिनथिन्।
रसियामा बच्चा आफूखुशी सडकमा खेलेको देख्ने मानिसहरू त्यस्तो दृश्य आनन्ददायक होइन भन्छन्। उनीहरू के पनि भन्छन् भने मानिसको स्वभाव एकदेखि पाँच वर्षको बीचमा विकसित हुन्छ। मिसेस सेटनले पैसा कमाएकी भए, उनको संस्मरण कस्तो हुनेथियो? उनले वर्णन गर्ने हावा र उनको घरमा खाइने केकको वर्णन कस्तो हुँदो हो? तर, यस्तो प्रश्न सोध्नु बेकार हो किनभने यसो गरेको भए उनको अस्तित्व बाँकी रहने थिएन। यसबाहेक, मिसेस सेटन र उनकी आमा, उनकी आमाकी पनि आमाले अथाह सम्पत्ति सञ्चित गरेर कलेज तथा पुस्तकालयको जगमा खन्याएका भए के कसो हुन्थ्यो होला भनेर सोध्नु बेकार छ। किनभने पहिलो कुरा, उनीहरूले यति पैसा कमाउन असम्भव थियो। दोस्रो कुरा, उनीहरूले केही गरी पैसा कमाउन सकेका भए पनि आफूले कमाएको पैसा आफ्नो स्वामित्वमा राख्न उनीहरूलाई कानुनले दिएको थिएन। बितेका ४८ वर्ष यता मात्र त हो, मिसेस सेटनले आफ्नो नाममा सम्पत्ति राख्न पाएको। यसअघिका सबै शताब्दीमा सबै सम्पत्ति उनको लोग्नेको हुनेगर्थ्यो। यही कुरा सोचेर होला, मिसेस सेटन र उनका आमा स्टक एक्स्चेन्जभन्दा बाह्र हात टाढा बसेका। उनीहरूलाई लाग्यो होला, मैले कमाएको एक एक कौडी मबाट खोसेर मेरो लोग्नेले राख्छ र उसको इच्छाअनुसार खर्च गर्छ। उसले पुरुष मात्र पढ्न पाउने शैक्षिक संस्थामा छात्रवृत्ति अथवा कोष खडा गर्छ। त्यसो भएपछि पैसा कमाउन सक्ने हुँदा पनि त्यसो गर्न उति धेरै रुचि हुँदैन। कमाउने काम लोग्नेले नै गरोस् भनेर छाड्नु नै उत्तम हुन्छ।
जे भए पनि, वृद्ध महिलालाई दोष थोपार्नु ठीक भए पनि नभए पनि कुनै न कुनै कारणले हाम्रा आमाहरूले आफ्नो कामकाज एकदमै नराम्रोसँग बिगारेका हुन् भन्ने कुरामा शंका छैन। ‘सुविधा’ का लागि, सितन र वाइनका लागि, चौकीदार र चउरका लागि, किताब र सिगारका लागि, पुस्तकालय र मनोरञ्जनका लागि एक पैसा पनि छुट्याउन नसक्ने गरी। उनीहरूले बढीमा कलेजका लागि जगविनाको जमीनमा रित्ता पर्खाल मात्र ठड्याउन सक्थे।
कुनै न कुनै कारणले हाम्रा आमाहरूले आफ्नो कामकाज एकदमै नराम्रोसँग बिगारेका हुन् भन्ने कुरामा शंका छैन। ‘सुविधा’ का लागि, सितन र वाइनका लागि, चौकीदार र चउरका लागि, किताब र सिगारका लागि, पुस्तकालय र मनोरञ्जनका लागि एक पैसा पनि छुट्याउन नसक्ने गरी।
यसरी राति हजारौं मानिसले जसरी झ्यालबाहिर हेर्छन् त्यसै गरी तल देखिने, प्रसिद्ध शहरका गुम्बज र टावर बाहिर हेर्दै हामीले गफ गर्यौं। शरच्चन्द्रको प्रकाशमा बाहिरी संसार एकदमै राम्रो र धेरै रहस्यमयी देखिन्थ्यो। पुरानो ढुंगा एकदमै सेतो र पवित्र देखिन्थ्यो। त्यहाँ जम्मा गरिएका किताब, चौडा कोठे बुट्टा कुँदिएको भित्ताबाट झुन्डिएका वृद्ध मूल पादरी र सम्भ्रान्तहरूका चित्र, शिलापत्र/ताम्रपत्र र संस्मरण, झरना र चउर, चौकुने चउरपारिको शान्त कोठाको सम्झना आयो। अनि मैले प्रशंसायोग्य चुरोट र रक्सी, लचक्क लच्किने आरामदायी कुर्सी, भव्य कार्पेट अनि विलास, गोप्यता र विशेष स्थानले सिर्जना गर्ने शिष्टता, प्रसन्नता र सम्मान सम्झिएँ। हो, हाम्रा आमाहरूले हामीलाई यसको दाँजोमा आउन सक्ने केही पनि दिएनन्, हाम्रा आमाहरूलाई ३० हजार पाउन्ड जम्मा गर्न धेरै अप्ठ्यारो थियो, हाम्रा आमाहरू जसले सेन्ट आन्ड्रयूका धर्ममन्त्रीका तेह्रवटा सन्तान जन्माएका थिए।
यस्तै सोच्दै म मेरो बासस्थानतिर फर्किएँ। अँध्यारो बाटोमा हिँड्दा मैले दिनभरको कामपछि सबै मानिसले जसरी सोच्ने गर्छन् त्यसैले गरी घरी के कुरा घरी के कुरा सोचेँ। मिसेस सेटनसँग हाम्रो उन्नतिका लागि दान दिने पैसा किन भएन, गरिबीले मानिसको दिमागमा कस्तो असर पार्छ, अनि सम्पत्तिले मानिसको दिमागमा कस्तो प्रभाव पार्छ भनी सोचेँ। मैले आज बिहान भेटेको, काँधमा ऊनीको गुच्छा झुन्ड्याएका अनौठा वृद्ध भद्रजनलाई सम्झिएँ। एउटा पसेल्दा अर्काे कसरी दौडन्थ्यो भन्ने सम्झिएँ। मैले गिर्जाघरमा बजेको अर्गेन सम्झिएँ। पुस्तकालयको ढोका मेरा लागि कसरी बन्द भयो भन्ने सम्झिएँ। भित्र पस्न नपाउनु कति नराम्रो कुरा हो भनेर मैले सम्झिएँ। बाहिर निस्कन नपाउने गरी थुनिनु कति नराम्रो कुरा हो भनेर पनि सम्झिएँ।
एउटा लिंगले उपभोग गर्न पाएको सुरक्षा र समृद्धिबारे सोचेँ। अर्को लिंगका मानिसले भोग्नुपरेको दरिद्रता र असुरक्षाबारे सोचेँ। परम्परा हुँदा र परम्परा नहुँदा त्यसले लेखकको दिमागमा पार्ने प्रभावबारे सोचेँ। अन्त्यमा मैले दिनभरका तर्क र अनुभूति, रिस र हाँसो बिर्सिएर आजको दिन टुंग्याउनुपर्छ भन्ने सोचेँ। निलो निर्जन आकाशमा हजारौँ ताराहरू चम्किइरहेका थिए। रहस्यमयी समाजमा मानिस एक्लै भए झैं लाग्थ्यो। सबै मानव घोप्टो परेर, उत्तानो परेर, लाटा भएर सुतिसकेका थिए। अक्सब्रिजको बाटोमा कोही पनि अचानक देखा परेजस्तो देखिएन। अदृश्य हातले छुँदा होटलको ढोका झ्वाट्ट खुल्यो। बत्ती बालेर मलाई मेरो कोठासम्म बाटो देखाउनुपर्ने कामदारको नामोनिसान थिएन, म होटल पुग्दा त्यति ढिलो भइसकेको थियो।
पाद टिप्पणी:
(१) (अक्सब्रिज काल्पनिक नाम हो भनिसकिएकै छ। अक्सफोर्ड विश्वविद्यालयले सन् १९२० अघि महिलालाई विश्वविद्यालयको डिग्री दिएको थिएन । क्याम्ब्रिजले १९४८ पछि आएर मात्र महिला विद्यार्थीलाई पुरुष विद्यार्थी सरह मान्यता दियो। फर्नम पनि काल्पनिक भनिसकिएको छ जसले महिला पढ्ने कलेज भन्ने बुझाउँछः अनुवादक ।)
(२) बेलायती कवि अल्फ्रेड टेन्निसन (१८०९—१८९२)
(३) प्रथम विश्वयुद्ध शुरू भएपछि। खासमा प्रथम विश्वयुद्ध १९१४ जुलाईको अन्त्यमा शुरू भएको थियो।
(अनुवादको सर्वाधिकार: मोहन मैनाली)