तपाईं कति स्वतन्त्र हुनुहुन्छ?
आइरिस लेखक तथा नाटककार जर्ज बर्नार्ड शअ (सन् १८५६-१९५०) समाजवादी थिए। उनी बेलायती समाजलाई क्रान्ति होइन शान्तिपूर्ण ढंगले समाजवादी बनाउन सकिन्छ भन्ने ठान्थे। नाटकका क्षेत्रमा उनले पुर्याएको योगदानका लागि उनलाई नोबल पुरस्कार दिइएको थियो। 'परदेशी साहित्य' शृङ्खलामा यस पटक उनले रेडियोमा बोलेको चर्चित निबन्ध 'फ्रिडम' को नेपाली अनुवाद प्रस्तुत गरिएको छ।
महिला तथा सज्जनवृन्द, आज स्वतन्त्रताबारे अरू बेलाजस्तो पुराना कुरा गर्ने फुर्सद मलाई छैन। म सोझै आफ्ना कुरा भन्छु। कस्तो मानिसलाई पूर्ण रूपमा स्वतन्त्र मानिस भन्ने? यस्तै मानिसलाई त होला, जो आफूलाई मन परेका बेलामा, मन परेका ठाउँमा मन परेको काम गर्न पाउँछ, अथवा उसलाई केही पनि काम नगरौं जस्तो लाग्यो भने, त्यसो गर्न पनि पाउँछ। यस्तो मान्छे संसारमा भेटिँदैन। यस्तो मान्छे संसारमा कहिल्यै हुन पनि सक्दैन।
हामीलाई मन लागोस् अथवा नलागोस्, हामीले आफ्नो जीवनको एकतिहाइ समय सुत्नैपर्छ, नुवाइधुवाइ गर्नैपर्छ, लुगा फेर्नु परिहाल्छ, दिनको केही घण्टा खानपिउन खर्च भइहाल्छ। अनि एक ठाउँबाट अर्काे ठाउँमा पुग्न पनि केही समय लागिहाल्छ।
एक दिनमा आधा दिन हामीलाई हाम्रा आवश्यकताले दास बनाएको हुन्छ। राजादेखि रङ्कसम्म कसैले यी काम नगरौं भन्न पाउँदैन। संसारलाई मानवविहीन नबनाउने हो भने, महिलाले गर्भ बोक्ने जस्तो ठूलो, अर्को दासता स्वीकार गर्नैपर्छ।
यी प्राकृतिक काम नगरौं भन्दा धर पाइँदैन। अनि यी काम गर्नका लागि अरू काम गर्नैपर्छ। खानका लागि पहिले खानेकुरा जुटाउनुपर्यो। सुत्नुपर्छ, त्यसका लागि घर हुनुपर्यो, ओछ्यान र ओढ्ने ओछ्याउने कपडा हुनुपर्यो, घर तातो पार्ने अँगेनो अनि कोइला हुनैपर्यो। हिँडडुल गर्नुपर्छ, त्यसो गर्न हाम्रो लाज ढाक्ने कपडा जुटाउनैपर्यो।
मानिसले श्रम गर्यो भने मात्र खानेकुरा जुटाउनसक्छ, घर बनाउनसक्छ अनि लुगाफोटोको जोहो गर्नसक्छ। तर, मिहिनेतले जुटाएका यी कुरा कसैले चोरिदिनसक्छ। मानिसलाई मह खान मन लाग्यो भने मौरीलाई मह पार्न लगाउँछ अनि उसले बनाएको मह चोर्छ नि, त्यस्तैगरी। एक ठाउँबाट अर्काे ठाउँ हिँडेर जान अल्छी लाग्यो भने, मान्छे अथवा घोडामा बोकिएर गए पनि भयो। मानिसले घोडालाई कज्याएर आफ्नो काम लगाउन सक्छ अनि माहुरीलाई कज्याएर आफ्ना लागि मह बनाउन लगाउन सक्छ भने, बलियाबाङ्गा र बाठा मानिसले बल प्रयोग गरेर अथवा छलछाम गरेर अथवा ढाँटेर कुनै पुरुष अथवा महिला अथवा केटाकेटीलाई पनि यसैगरी कज्याउन सक्छ। अथवा मेरो स्वतन्त्रताका लागि तैंले तेरो स्वतन्त्रताको बलिदान दिनु तेरो धार्मिक कर्तव्य हो भन्ने कुरा दिमागमा हालिदिएर पनि उसले अरूलाई कज्याउन सक्छ।
एक दिनमा आधा दिन हामीलाई हाम्रा आवश्यकताले दास बनाएको हुन्छ। राजादेखि रङ्कसम्म कसैले यी काम नगरौं भन्न पाउँदैन। तपाईंले कुनै व्यक्ति अथवा ती व्यक्तिहरूको वर्गलाई आफूमाथि रजाइँ गर्ने अधिकार दिनुभयो भने, उसले आफूमाथि प्रकृतिले थोपरेका, अरूबाट गराउन मिल्ने खालका कामको बोझ तपाईंको थाप्लोमा हालिदिन्छ।
त्यसैले, होशियार हुनुहोला ! तपाईंले कुनै व्यक्ति अथवा ती व्यक्तिहरूको वर्गलाई आफूमाथि रजाइँ गर्ने अधिकार दिनुभयो भने, उसले आफूमाथि प्रकृतिले थोपरेका, अरूबाट गराउन मिल्ने खालका कामको बोझ तपाईंको थाप्लोमा हालिदिन्छ। त्यसपछि तपाईंले दिनको १४ घण्टासम्म काममा जोतिनुपर्छ जब कि अर्काको काम गर्नु नपर्दा, आफू र आफ्ना परिवारका लागि मात्र काम गर्नुपर्दा यसको आधा अथवा त्योभन्दा कम समय काम गर्दा आरामले काम सकिन्थ्यो।
सबै इमानदार सरकारको उद्देश्य नागरिकमाथि यस्तो कामको बोझ थोपर्न नपाउने व्यवस्था तयार गर्ने हुनुपर्छ। तर, मलाई के भन्नुपर्दा दुःख लागेको छ भने, अधिकांश सरकार यसको ठीक उल्टो उद्देश्य भएका छन्। सरकारहरूले नागरिकमाथि दासता थोपर्छन् र त्यसलाई स्वतन्त्रता भन्छन्।
सरकारहरूले मालिकको लालचलाई निश्चित सीमाभित्र राखेर नागरिकको दासताको हदलाई भने नियन्त्रण गर्छन्। मानिसलाई आफ्नो सम्पत्तिका रूपमा बेचबिखन गर्न पाउने दासप्रथा ज्यालामजदूरी प्रथाभन्दा महँगो भएपछि उनीहरूले दासप्रथा उन्मूलन गरे। यसले गर्दा कुन मालिकको कुन काम गर्ने भन्ने छनोट गर्न कामदार स्वतन्त्र भए। यसलाई उनीहरूले स्वतन्त्रताको विजय भनी जयगान गाए।
जति स्वतन्त्र भए पनि कामदार त बेघरबार नै हुन्छन्। यस्तो गुनासो गर्यो भने, उनीहरूले सपना देखाउँछन्– तिमीले भोलि यो देश हाँक्न सक्छौ। यस्तो सपना देखाएको प्रायश्चित्त गर्न उनीहरू कामदारलाई चुनावमा भोट हाल्ने अधिकार दिन्छन्, हरेक पाँच वर्ष जस्तोमा आमचुनाव हुने व्यवस्था मिलाउँछन्। चुनावमा धनी दुईजना उम्मेदवारले तपाईंसँग भोट माग्छन्।
तपाईंले यी दुई धनीमध्ये जुनलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ। हो, तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईंले पहिलेभन्दा अलिकति पनि बढी स्वतन्त्र बनाउँदैन, किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन। अनि समाचारपत्रले तपाईंलाई के कुरामा विश्वास दिलाउँछन् भने, तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गर्यो। यति हुने बित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुभयो। छक्क लाग्छ, तपाईं कति मूर्ख हुनुहुन्छ भने, यस्तो कुरा पत्याइहाल्नुहुन्छ।
अब मानिस प्राकृतिक रूपले दास हुनु र कृत्रिम रूपले दास हुनुमा कति अन्तर छ भन्ने कुरा हेरौं। प्रकृतिले आफ्ना दासलाई माया गर्छ। उसले मानिसलाई खानपिउन जबर्जस्ती गर्छ, तर खानेपिउने कामलाई उसले कति आनन्ददायी बनाएको छ भने, खानपिउन पाएका बेला हामी धेरै खान्छौं, धेरै पिउँछौं। हामीले सुत्नैपर्छ, सुतेनौं भने हामी पागल हुन्छौं। तर, सुत्नु कति आनन्ददायी छ भने, बिहान उठ्न हामीलाई गाह्रो हुन्छ।
युवाहरूलाई घरपरिवार यति प्यारो लाग्छ, उनीहरू आफ्ना सपना पूरा गर्न बिहे गर्छन् र समाज बनाउने काममा अरूसँग काँधमा काँध मिलाउँछन्। यसरी, प्रकृतिले गर्न बाध्य पारेका कामलाई हामी दासताका रूपमा लिँदैनौं। ती काम गर्दा अत्यधिक आनन्द पाएको महसूस गर्छाैं। तिनका बारेमा हामी भावुक गीत लेख्छौं। भीख माग्नेले 'मेरो घर, कति राम्रो घर' गीत गाएर गुजारा गरेको हुन्छ (हामी घर भनेको घरै हो भन्छौं– अनुवादक)।
मानिसलाई आफ्नो सम्पत्तिका रूपमा बेचबिखन गर्न पाउने दासप्रथा ज्यालामजदूरी प्रथाभन्दा महँगो भएपछि उनीहरूले दासप्रथा उन्मूलन गरे। यसले गर्दा कुन मालिकको कुन काम गर्ने भन्ने छनोट गर्न कामदार स्वतन्त्र भए। यसलाई उनीहरूले स्वतन्त्रताको विजय भनी जयगान गाए।
मानिसले मानिसमा थोपरेको दासता बिल्कुल फरक छ। हाम्रो शरीर र आत्मा दुबैले यस्तो दासतालाई घृणा गर्छन्। कविहरूले यस्तो दासताको प्रशंसा गरेर लेख्दैनन्। कुनै पनि मानिस अर्काे मानिसको मालिक हुन योग्य छैन भनेर उनीहरूले घोषणा गरेका छन्। मार्क्स नाम गरेका पछिल्ला महान् यहुदी देवदूतले आफ्नो पूरै जीवन खर्च गरेर के प्रमाणित गरेका छन् भने, कानूनले रोक नलगाउने हो भने मानिसले मानिसलाई दास बनाएर आफ्नो स्वार्थ पूरा गर्ने मानिसको क्रूरताको कुनै सीमा हुँदैन।
तपाईं हामी आफैंले के देख्न सक्छौं भने, यसले दास र उनीहरूका मालिकबीच वर्ग संघर्ष भनिने निरन्तरको गृहयुद्ध जन्माउँछ, जसमा एकथरी मजदूर संगठनमा आबद्ध भएका हुन्छन् भने, अर्काथरी रोजगारदाताको महासंघमा संगठित भएका हुन्छन्। तोपले उडाएर मारिएका सन्त थोमस मोर के भन्थे भने, दासप्रथा पूर्ण रूपमा अन्त्य नगरेसम्म अथवा हरेक मानिसले आफूले गर्नुपर्ने काम आफ्नै हात र दिमागले गर्नुपर्ने व्यवस्था नगरेसम्म, यसो गर्न अरूलाई लगाउने प्रथा अन्त्य नभएसम्म हाम्रो समाज शान्त र स्थिर हुन पाउँदैन।
मार्क्स नाम गरेका पछिल्ला महान् यहुदी देवदूतले आफ्नो पूरै जीवन खर्च गरेर के प्रमाणित गरेका छन् भने, कानूनले रोक नलगाउने हो भने मानिसले मानिसलाई दास बनाएर आफ्नो स्वार्थ पूरा गर्ने मानिसको क्रूरताको कुनै सीमा हुँदैन।
मालिक वर्गले संसद्, स्कूल र पत्रपत्रिकामार्फत हामीलाई हाम्रो दासता महसूस गर्न नदिन सकेसम्म हतास पार्ने कोशिश गर्ने गर्छ। उसले यसो गर्नु स्वाभाविक पनि हो। हामीलाई सानैदेखि के रटाइएको हुन्छ भने, हाम्रो देश स्वतन्त्र मानिसहरूको देश हो। राजालाई म्याग्ना कार्टामा सही गर्न लगाएर, स्पेनिश अर्मादालाई जितेर, राजा चार्ल्सको टाउको काटेर, राजा विलियमलाई मानवअधिकार पत्रमा सही गर्न बाध्य पारेर, अमेरिकी स्वतन्त्रता घोषणा तयार गरेर र घोषणा गरेर, वाटरलू र इटनको मैदानमा ट्राफाल्गरको लडाइँ जितेर, अनिच्छित जर्मन, अस्ट्रियन, रसियन र ओटोमानको राजतन्त्र हटाएर त्यहाँ गणतन्त्र स्थापना गरेर हाम्रा पुर्खाले हामीलाई सदाका लागि स्वतन्त्रता ल्याइदिएका छन्।
हामीले गुनासो गर्दा, उनीहरू हामीलाई के भन्छन् भने, हामीले दुःख पाउनुमा दोष हाम्रै हो, किनभने हामीले भोट हाल्ने अधिकार त पाएकै छौं। 'भोट हाल्न पाएर हामीलाई के फाइदा भयो त?' भनी सोध्दा उनीहरू भन्छन्– हामीले कारखाना ऐन बनाएका छौं, ज्याला निर्धारण समिति बनाएका छौं, शिक्षा निःशुल्क दिएका छौं, ह्याँ गरेका छौं, त्याँ गरेका छौं, विवेक भएको मानिसले यहाँभन्दा बढी के खोज्छ र? धनीलाई उनीहरूको आम्दानीको एकचौथाइ, एकतिहाइ, त्योभन्दा अझ बढी कर लगाएका छौं भन्छन्, तर गरीबले आफूले कमाएको ज्यालाको त्यति नै अंश घरभाडा तिर्नुपर्छ। त्यसमाथि स्वतन्त्रतापूर्वक काम गर्न पाउँदा जति काम गर्नुपर्थ्यो, त्यसको दोब्बर काम गरीबले गर्नुपरेको छ। तर, उनीहरू यस्ता कुराबारे बोल्दैनन्।
अठारौं शताब्दीका भोल्तेयर, रुस्सो र टोम पाइने अथवा उन्नाइसौं शताब्दीका कोब्बेट र शेल्ली, कार्ल मार्क्स र लासले जस्ता लेखकले अथवा धर्म नमान्ने र स्वतन्त्रताका पक्षपाती, हत्यारा र दुर्जन– ले यस्तो पाखण्डको विरोध गर्दा उनीहरूका किताब किनबेच गर्नुलाई फौजदारी अपराध घोषित गरिन्छ। उनीहरूका समर्थकले क्रान्ति थाले भने इंग्ल्यान्डले उनीहरूविरुद्ध तुरुन्तै युद्ध घोषणा गर्छ, क्रान्ति गर्नेहरूलाई दास प्रथा पुन:स्थापना गर्न बाध्य पार्न थालिएको लडाइँमा आफूलाई साथ दिने शक्तिलाई पैसा दिन्छ। वाटरलूमा यस्तो गठबन्धन विजयी हुँदा यसलाई बेलायती स्वतन्त्रताका रूपमा प्रचार गरिन्छ।
यस्ता बेलामा लर्ड ब्यारोनले जसरी शोक प्रकट गर्नुका सट्टा ज्यालामजदूरी गर्ने बेलायती दासहरू उत्साहपूर्वक विजयोल्लास मनाउँछन्। १९२२ मा रसियामा भएजस्तै क्रान्ति जतिबेला सफल हुन्छ, त्यतिबेला लडाइँ रोकिन्छ, तर क्रान्तिबाट निर्माण भएको राज्य अति शक्तिशाली सैनिक शक्ति नबनेसम्म उसलाई गालीनिन्दा गरिन्छ, ऊविरुद्ध झुटा कुरा बोलिरहिन्छ। त्यस्तो राज्य सैनिक शक्ति बनिसकेपछि चाहिँ हाम्रा कूटनीतिज्ञहरू फनक्क फर्कन्छन् र आफूले धेरै वर्ष संसारका सबैभन्दा निन्दित खलपात्र र अत्याचारी भनी निन्दा गरेका क्रान्तिकारी नेतालाई रात्रिभोज खान निम्ता दिन्छन्।
मानिसलाई आज्ञाकारी कामदार र कानून मान्ने नागरिक बनाउन उनीहरूलाई अज्ञानी भक्तजनमा परिणत गर्नुपर्छ भन्ने कुरा दृढतापूर्वक विश्वास गरिएको छ।
उनीहरूले यति धेरै बकवास गर्नुको उद्देश्य दास वर्गलाई मात्र भ्रमित पार्नु हो, तर यसले मालिक वर्गलाई अझ बढी मात्रामा भ्रमित पार्छ। प्राथमिक स्कूल, त्यसपछि सार्वजनिक स्कूल र विश्वविद्यालयको शिक्षाबाट सोचाइ र विचार तय गरिएको भद्रजनका छोराले स्कूल र विश्वविद्यालयमा पढाइएका यस्ता गलत इतिहास र कपटी राजनीतिक अर्थतन्त्र र वर्गदम्भलाई मजदूरले भन्दा सजिलै विश्वास गर्छ, किनभने उसको शिक्षाले उसलाई के सिकाएको हुन्छ भने, ऊ उत्कृष्ट मानिस हो, ऊ आफ्ना जुत्ता पोलिस गर्ने, उसका सामान ल्याउने र आफू काम गरेर मालिकको कमाइ बढाइदिने साधारण मानिसभन्दा उन्नतस्तरको हो।
आफू माथिल्लो दर्जाको हुँ भन्ने कुरा पूर्ण रूपमा विश्वास भएपछि उसले भित्री मनदेखि नै केमा पूर्ण विश्वास गर्छ भने, आफूलाई यस्तो राम्रो अवस्थामा पुर्याउने र आफ्नो गुणवत्ताको मूल्यांकन गर्ने यो शासन प्रणाली संसारमा हुनसक्ने सबैभन्दा उत्तम शासन प्रणाली हो। उसलाई भित्रैदेखि के लाग्छ भने, यस्तो शासन प्रणालीको रक्षा गर्न उसले आफ्नो र तपाईंको अन्तिम थोपासम्म रगत बगाउनुपर्छ। घरभाडा धेरै तिर्नुपर्ने, ज्याला थोरै दिइएका, अरूभन्दा नीच ठानिएका, अभागी धेरैभन्दा धेरै कामदारलाई यी सज्जनका छोरालाई जस्तो गरी विद्यमान शासन प्रणालीमा पूर्ण विश्वास लाग्दैन। उसले भोगेको वास्तविकता यसको ठीक विपरीत छ।
हामी अहिले धर्तीका साथै आकाशको नाइट्रोजन तानेर हाम्रो घाँसपातलाई मल पुर्याउन सक्छौं र यसले गर्दा हाम्रा गाईबस्तु र चराचुरुंगीले दूध, घिउ र अण्डा बढी दिन्छन्। यसरी हामी आकाशमा पनि खेती गर्नसक्छौं, तर रसायनशास्त्रीले धेरै लोभी भएर प्रकृतिको अति धेरै शोषण गर्यो भने, प्रकृतिले पनि बदला लिनसक्छ।
अहिले हामीले भोगिरहेको जस्तो कठिन परिस्थितिमा उनीहरूको घृणा र निराशाले गर्दा कहिलेकाहीँ उनीहरू यस्तो शासन प्रणालीलाई धक्का दिन, जे भेट्यो त्यही उल्ट्याइदिन प्रेरित हुन्छन्। आफू राजा हुने चाहना, मौकाको फाइदा उठाउनसक्ने हिम्मत, दिमाग र तागत भएका नेपोलियनजस्ता मानिसले दुरुपयोग गर्लान् भनेर उनीहरूलाई जोगाउनुपर्ने हुन्छ।
अहिलेसम्म मैले सामान्य, प्राकृतिक र ऐतिहासिक तथ्य मात्र बताएको छु। मैले केही पनि निष्कर्ष निकालेको छैन। त्यसो गरेँ भने, म विवादमा पर्छु। सफाइ दिने मौका नभएका बेलामा विवादमा पर्नु उचित हुँदैन। प्रसारण गर्दा बोलेका कुराका आधारमा म कहिल्यै विवादमा परेको छैन। म निष्कर्ष निकाल्नुहोस् भनेर तपाईंलाई भन्दिनँ, किनभने निष्कर्ष निकाल्न योग्य दिमाग छैन भने, तपाईंले खतरनाक निष्कर्ष निकाल्न पनि सक्नुहुन्छ।
यहाँ सधैंभरि सम्झनुपर्ने कुरा के छ भने, आफूलाई कसैले दास भनेको कोहीलाई मन पर्दैन। तर, यसको अर्थ उसले दास प्रथालाई नराम्रो मान्छ भन्ने होइन। आरिस्टोटलजस्ता महान् मान्छेले के भनेका छन् भने, आममानिसले जसको आदेश मान्नुपर्छ, ती मानिसले राम्रो लुगा लगाएका छैनन् भने, अथवा उनीहरू सजिसजाउ भएका छैनन् भने, उनीहरू सबैले एकै खालका राम्रा लुगा लगाएका छैनन् भने, उनीहरूले बोल्दा कुनै शब्द विशेष किसिमले उच्चारण गरेनन् भने, उनीहरू यात्रा गर्दा विशेष ढर्रा गर्दैनन् भने, अथवा उनीहरू सबैभन्दा महँगा कार अथवा सबैभन्दा राम्ररी पालिएका घोडामा चढ्दैनन् भने, अथवा आफ्ना बुट आफैं सफा गर्छन् भने, अथवा साधारण मानिसले गर्ने काम आफैं गर्छन् भने, कानून र शान्ति सुरक्षा कायम गर्न र सरकार चलाउन असम्भव हुन्छ।
दिनको १२ घण्टा प्रकृतिले यो काम गर, त्यो काम गर भनेर आदेश दिन्छ। त्यसो गरेन भने, उसले मार्छ। अब बाँकी रह्यो काम गर्ने १२ घण्टा। बाँच्नका लागि चाहिने कुरा जुटाउन पुग्ने गरी काम गरेन भने, अथवा आफ्नो काम अरू कसैलाई लगाउनुभएन भने पनि, प्रकृतिले तपाईंलाई मार्छ।
यसको अर्थ के हो भने, उनीहरू एकदमै धनी हुनुपर्छ जसले आममानिसको दिमागमा आफू भगवान्जस्तो विशिष्ट भएको भ्रम पार्नुबाहेक अरू केही काम गर्नु पर्दैन। छोटकरीमा भनौं है त, मानिसलाई आज्ञाकारी कामदार र कानून मान्ने नागरिक बनाउन उनीहरूलाई अज्ञानी भक्तजनमा परिणत गर्नुपर्छ भन्ने कुरा दृढतापूर्वक विश्वास गरिएको छ।
यो कुरा यसरी पनि प्रमाणित हुन्छः दशमध्ये नौजना मतदाता साधारण कामदार भए पनि उनीहरूमध्ये थोरैलाई मात्र आफ्नै वर्गका मानिसलाई भोट दिऔं भनेर मनाउन सकिन्छ। महिलालाई मताधिकार र संसद्मा पुग्ने अधिकार दिँदा उनीहरूले आफ्नो यो अधिकार पहिलो पटक प्रयोग गरेर कामदारको स्वतन्त्रताका पक्षमा आवाज उठाएका र वर्षाैंसम्म कामदारको सेवामा बिताएका महिला उम्मेदवारलाई हराए। उनीहरूले एउटी मात्र महिलालाई चुनावमा विजयी गराए। ती पनि अति धनाढ्य र बिरलाकोटीकी आकर्षक व्यक्तित्व भएकी महिलालाई।
यसलाई मानव स्वभाव भन्ने गरिन्छ र के पनि भनिन्छ भने, मान्छेको स्वभाव फेर्न सकिँदैन। तर अर्कातिर, के पनि भनिन्छ भने, बालकैमा कोशिश गरियो भने, मान्छेको स्वभाव सबैभन्दा सजिलोसँग फेरिन्छ, दास वर्गका मानिसको भक्तिभाव र मालिक वर्गका मानिसको दम्भ उनीहरू सानै छँदा शिक्षा र दुष्प्रचारमार्फत उनीहरूको दिमागमा हालिएको कृत्रिम चिज हो। यसको ठीक विपरीत किसिमको शिक्षा दिइयो र प्रचार गरियो भने, अहिले उनीहरूको जस्तो मानसिकता छ, त्यसको ठीक उल्टो मानसिकता तयार हुनसक्छ भन्ने गरिन्छ। यसबारे तपाईं आफैं सोच्न सक्नुहुन्छ। यी सबैको सार, यो देशको आयलाई कसरी वितरण गर्न सकिन्छ भन्ने हो।
मोटरले जोतेर र रासायनिक मल हालेर एकदमै धेरै ठाउँमा यस धर्तीमा खेती गर्न सकिने भए र एक जना युवतीले चलाउन सक्ने मशीनै मशीन भएको बिजुलीबाट सञ्चालित कारखानामा उत्पादन गर्न सकिने भए, यस्तो उत्पादन यति राम्रो हुन्थ्यो कि यसलाई बराबरी भाग लगाउँदा अदक्ष कामदारलाई पनि मेनेजर अथवा वैज्ञानिक कर्मचारीलाई दिन पुग्ने सम्पत्ति आर्जन हुन्थ्यो। तर, हजार जना पुरुषले उत्पादन गर्न सक्ने सामान आधुनिक मशीनको सहायताले एउटी युवतीले उत्पादन गर्न सक्छिन् भन्ने कथा सुन्दा के कुरा बिर्सनु हुँदैन भने, यसो गर्दा सियो, स्टीलको कलम र सलाईजस्ता यस्ता सामानको उत्पादन व्यापक मात्रामा हुन्छ, जसलाई न खान मिल्छ, न पिउन मिल्छ, न त लाउनै मिल्छ।
सभ्य संसारमा मानिसको स्वतन्त्रता देशको कानूनले संकुचित पारेको हुन्छ। कानून लागू गराउने पुलिसले तपाईंलाई यो काम गर्, त्यो काम गर्न पाउँदैनस्, बेलामा कर महशुल तिर् भनेर निर्देशित गर्छ। यी कानून पालना नगर्दा अदालतले तपाईंलाई थुन्छ। कानून बढी नै मिच्नुभयो भने, तपाईंलाई मार्छ।
ससाना केटाकेटीले सियो र सलाई खाएको हामीले सुनेका छौं, तर यो पोषणयुक्त खान्की होइन। हामी अहिले धर्तीका साथै आकाशको नाइट्रोजन तानेर हाम्रो घाँसपातलाई मल पुर्याउन सक्छौं र यसले गर्दा हाम्रा गाईबस्तु र चराचुरुंगीले दूध, घिउ र अण्डा बढी दिन्छन्। यसरी हामी आकाशमा पनि खेती गर्नसक्छौं, तर रसायनशास्त्रीले धेरै लोभी भएर प्रकृतिको अति धेरै शोषण गर्यो भने, प्रकृतिले पनि बदला लिनसक्छ।
अब यसको सार खिचौं। स्वतन्त्र हुने सपना त्यागिदेऊ, सधैंभरि आफूलाई मन लागेको काम मात्र गर्न सक्षम हुने सपना त्यागिदेऊ। दिनको १२ घण्टा प्रकृतिले यो काम गर, त्यो काम गर भनेर आदेश दिन्छ। त्यसो गरेन भने, उसले मार्छ। अब बाँकी रह्यो काम गर्ने १२ घण्टा। बाँच्नका लागि चाहिने कुरा जुटाउन पुग्ने गरी काम गरेन भने, अथवा आफ्नो काम अरू कसैलाई लगाउनुभएन भने पनि, प्रकृतिले तपाईंलाई मार्छ। सभ्य संसारमा मानिसको स्वतन्त्रता देशको कानूनले संकुुचित पारेको हुन्छ।
कानून लागू गराउने पुलिसले तपाईंलाई यो काम गर्, त्यो काम गर्न पाउँदैनस्, बेलामा कर महशुल तिर् भनेर निर्देशित गर्छ। यी कानून पालना नगर्दा अदालतले तपाईंलाई थुन्छ। कानून बढी नै मिच्नुभयो भने, तपाईंलाई मार्छ। कानून विवेकसम्मत छन् र तिनलाई निष्पक्ष ढंगले लागू गरिएको छ भने, तपाईंले कानूनविरुद्ध गुनासो गर्ने कारण हुँदैन, किनभने कानूनले सामान्यतया तपाईंमाथि हातपात, डकैती र अराजकता हुन नदिएर तपाईंको स्वतन्त्रताको मात्रा बढाउँछ।
हाम्रो समाज अहिले जस्तो छ, त्यसले अझ बढी बाध्यता थप्छ, जसको पालना नगरी सुखै छैन। यस्तो बाध्यता थप्नेमा तपाईंको घरपति र रोजगारदाता पर्छन्। एउटा धर्म मान्नुका सट्टा अर्काे धर्म मान्नुभयो भने, अथवा उसले भनेका उम्मेदवारलाई भोट दिनुभएन भने, अथवा पसल खोल्नुभयो भने, घरपतिले तपाईंलाई उसको घरबाट निकालिदिनसक्छ।
तपाईंको रोजगारदाताले, कपाल यसरी काट् भन्नसक्छ, यस्तो यस्तो रङको, यस्तो खालको लुगा लगा भन्नसक्छ र यतिबेलादेखि यतिबेलासम्म काम गर् भन्नसक्छ। उसले जुनसुकै बेला पनि तपाईंलाई सडकमा पुर्याइदिनसक्छ, जहाँ तपाईंले बेरोजगार भनिने पराजित आत्माको उदास ब्यान्डको सदस्य हुनुपर्छ। छोटकरीमा, राजनीतिक तानशाहले तपाईंलाई जति नियन्त्रण गर्नसक्छ, रोजगारदाताले त्योभन्दा बढी नियन्त्रण गर्नसक्छ। ऊसँग त्यति शक्ति हुन्छ।
तपाईंको रोजगारदाताले, कपाल यसरी काट् भन्नसक्छ, यस्तो यस्तो रङको, यस्तो खालको लुगा लगा भन्नसक्छ र यतिबेलादेखि यतिबेलासम्म काम गर् भन्नसक्छ। उसले जुनसुकै बेला पनि तपाईंलाई सडकमा पुर्याइदिनसक्छ, जहाँ तपाईंले बेरोजगार भनिने पराजित आत्माको उदास ब्यान्डको सदस्य हुनुपर्छ। छोटकरीमा, राजनीतिक तानशाहले तपाईंलाई जति नियन्त्रण गर्नसक्छ, रोजगारदाताले त्योभन्दा बढी नियन्त्रण गर्नसक्छ। ऊसँग त्यति शक्ति हुन्छ।
अहिले तपाईंसँग भएको एक मात्र हतियार ट्रेड यूनियनले आह्वान गर्नसक्ने हडताल हो। यो भनेको न्याय नपाएसम्म बैरीको ढोकामा भोक हडताल गर्ने पूर्वेली हतियार हो। अहिले हाम्रो देशको पुलिसले तपाईंलाई तपाईंको रोजगारदाताको ढोकामा भोक हडताल गरेर बस्न दिँदैन। भोक हडताल गर्ने भए आफ्नै घरमा गर्नुपर्छ, आफ्नो घर छ भने।
यस्तो हडतालको चरम रूप एकै पटक सबै कामदारले आमहडताल गर्नु हो। यो भनेको मान्छेको मूर्खताको चरम रूप हो, किनभने सबै मानिसले काम गर्न पूर्ण रूपमा छाड्ने हो भने, एक हप्तामा मानव जातिको अस्तित्व नासिन्छ। र, सबैभन्दा पहिले मासिनेमा कामदार पर्छन्। आमहडताल गर्नु भनेको ट्रेड युनियनवाद पागल हुनु हो। दिमाग ठीकठाक भएको ट्रेड युनियनवादले एक समयमा एउटा ठूलो हडताल मात्र गर्ने आँट गर्छ, जतिबेला यसलाई सहयोग गर्न अरू क्षेत्रमा ओभरटाइम काम गर्छन्।
यसलाई यसरी हेरौं। कसैले दिनको १२ घण्टा काम गर्नुपर्छ भने, उसले स्वतन्त्रता उपभोग गर्न पाउँदैन। जसले दिनको आठ घण्टा मात्र काम गर्दा पुग्छ, उसले चार घण्टा आफूलाई मन परेको र कानूनले छुट दिएको काम गर्न पाउँछ। पैसा छ भने, उसले आफूलाई रुचिकर किताब किन्नसक्छ, अथवा सिनेमा हेर्न टिकट किन्नसक्छ अथवा त्यो समयमा छुट्टी मनाउन पाउँछ, अथवा फुटबल हेर्न अथवा आफूलाई जे मन लागेको छ, त्यो गर्न पाउँछ। तर, यतिबेला पनि प्राकृतिक आवश्यकताले धेरै मात्रामा हस्तक्षेप गर्छ। जसले आठ घण्टासम्म कडा शारीरिक मिहिनेत गर्नुपर्छ, उसले काम सकेपछि घर गएर दिमाग तिखार्न किताब पढ्न थाल्यो भने, ऊ तुरुन्तै निदाउनसक्छ, उसको दिमाग पहिलेकै जस्तो अवस्थामा रहन्छ।
हामी दश जनामध्ये नौ जना अझ बढी स्वतन्त्रता चाहन्छौं। त्यसैले रेडियोमा यसबारे कुरा सुन्छौं। जो भोट हाल्न पाएको र कहिलेकाहीँ थोरैतिनो बेरोजगार भत्ता पाएको जस्ता कुरामा चित्त नबुझाएर बस्दैन, उनीहरूले एकअर्कालाई शेक्सपियरको नाटक ओथेलोका पात्र इयागोको भनाइ लिएर यस्तो सल्लाह दिनसक्छन्ः “पैसा बचत गर।” तर, तलब पाएका दिन पनि हाम्रो खल्तीमा थोरै मात्रै पैसा हुन्छ, अनि त्यो पैसा धेरैतिर खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यो सल्लाह व्यावहारिक हुँदैन।
मानौं, अन्त्यमा हामीसँग पहिलेभन्दा धेरै फुर्सद भयो र पैसा पनि धेरै भयो रे। त्यो फुर्सद र पैसाले हामी के गरौंला? केटाकेटीमा मलाई के सिकाइएको थियो भने, शैतानले काम नभएका मानिसलाई एउटा न एउटा उपद्रो गर्न लगाउँछ। मैले नसोचेको सम्पत्ति आइलागेपछि आफ्नो खुशी, स्वास्थ्य र अन्तिममा आफ्नो जीवन गुमाएका मान्छेहरू देखेको छु।
हामीले जे कुरा चाहेका छौं, त्यो पाउनका लागि हामीले हाम्रो राजनीति फेर्नुपर्छ। हामी स्वतन्त्र छौं भनेर त्यसको फुर्ती लगाउन छाड्नुपर्छ, किनभने इंग्लेन्डका आमजनतालाई स्वतन्त्रता भनेको के हो भन्ने थाहा छैन, उनीहरूले स्वतन्त्रता उपभोग गर्न पाउनु त टाढाको कुरा हो। उनीहरू फुर्सदलाई नै स्वतन्त्रता हो भन्ने ठान्छन् र कठिन काम गरे बापत अझ बढी फुर्सद पाउनुपर्ने र अझ बढी पैसा पाउनुपर्ने माग ठूला स्वरले गर्छन्।
त्यसैले कानूनीराज उपभोग गर्न नपाएसम्म कानूनीराजको प्रशंसा गर्न छाडौं। त्यतिन्जेल स्वतन्त्रता र स्वाधीनताप्रतिको हाम्रो लगावका कुरा गर्ने उम्मेदवारलाई भोट दिन छाडौं, किनभने यस्तो कुरा गर्ने उम्मेदवार खासमा त्यस्तो अराजकतावादी हुन्छ, जसले हाम्रो श्रममा मोजमस्ती गर्दा पनि उसलाई प्रहरीले पक्डाउ गर्दैन, नियम अनुसार ऊ पक्डाउ पर्ने हुँदाहुँदै पनि।
मानौं, अन्त्यमा हामीसँग पहिलेभन्दा धेरै फुर्सद भयो र पैसा पनि धेरै भयो रे। त्यो फुर्सद र पैसाले हामी के गरौंला? केटाकेटीमा मलाई के सिकाइएको थियो भने, शैतानले काम नभएका मानिसलाई एउटा न एउटा उपद्रो गर्न लगाउँछ। मैले नसोचेको सम्पत्ति आइलागेपछि आफ्नो खुशी, स्वास्थ्य र अन्तिममा आफ्नो जीवन गुमाएका मान्छेहरू देखेको छु। यस्तो लाग्छ, उनीहरूले स्याम्पेन र सिगारका सट्टामा मुसा मार्ने विषको निश्चित मात्रा दिनैपिच्छे खाने गर्थे। फुर्सद के गरी बिताउने भन्ने विषयमा सानैदेखि अभ्यस्त नभएकाले मानिसलाई फुर्सद कसरी बिताउने भनेर जान्न त्यति सजिलो छैन।
त्यसैले, म तपाईंहरूलाई सोच्नका लागि एउटा रहस्य दिन्छु। मानिलिऊँ, तपाईंले विभिन्न विकल्पमध्ये एक छान्न पाउनुभएको छ। यस्तो अवस्थामा तपाईं दिनको आठ घण्टा काम गरेर ४५ वर्षको उमेरमा पूरा पेन्सनका साथ अवकाश लिन चाहनुहुन्छ कि दिनमा चार घण्टाका दरले काम गरेर सत्तरी वर्षसम्म काम गर्न चाहनुहुन्छ? यसको जवाफ मलाई नपठाउनुहोस्, यसबारे आफ्नी श्रीमतीसँग छलफल गर्नुहोस्।
अनुवादको सर्वाधिकार: मोहन मैनाली