‘ऋतम्भरा’ सिध्याएर मात्र बिते राष्ट्रकवि
मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको उत्तरार्धमा महाकाव्य लेखिरहेका थिए–ऋतम्भरा।
राष्ट्रकवि बरोबर भनिरहन्थे– यो महाकाव्य नसिध्याई म जाँदिन ।
त्यसैले पनि राष्ट्रकविको निधनलगत्तैको यो स्वभाविक जिज्ञासा थियो– के राष्ट्रकविको ‘ऋतम्भरा’ सकियो त ?
मंगलबार बुबाको निधनबारे जानकारी दिंदै राष्ट्रकविकी साहिली छोरी मञ्जु अधिकारीले ‘ऋतम्भरा’ लेखन कार्य सकिएको बताइन् ।
“उहाँको तर्फबाट लेखन सकिएको थियो, हामीले सुगठित गरेर प्रकाशन गर्न मात्र बाँकी थियो”, अधिकारीले भनिन्, “उहाँ रहनुभएको भए, केही थप पनि गर्न सक्नुहुन्थ्यो होला, तर अब त्यो सम्भावना रहेन।”
२०६३ सालमा बालबालिकाका लागि प्रकाशित कविता संग्रह ‘बिजला र बिजुली’ पछि राष्ट्रकवि घिमिरे यही आफ्नो जीवनको अन्तिम महाकाव्यमा होमिएका थिए।
एक वर्षअघि आफ्नो १०० औं जन्मदिनका अवसरमा एक अनलाइनसँगको कुराकानीमा घिमिरेले महाकाव्य सक्न अब दुई सर्ग मात्र बाँकी रहेको बताएका थिए।
“अब मौसम परिवर्तन हुँदैछ, मलाई हिउँदमा उस्तो कविता आउँदैन । अर्को साल लागेपछि ऋतम्भरा पूरा गर्ने कोशिश गर्छु”, उनले भनेका थिए।
वर्ष नयाँ लाग्यो, हिउँद सकियो, बर्खा लाग्यो। नभन्दै राष्ट्रकविले आफूलाई नै दिएको वचन पूरा गरे। आफू सशरीर अनुपस्थित भए पनि नयाँ सिर्जना ‘ऋतम्भरा’ दिएर गए।
अब बाँकी छ त ‘ऋतम्भरा’ प्रकाशन।
अरु पनि
'चिन्तन या दर्शन कविताका निम्ति आवश्यक शर्त हैनन्'
अरु पनि
मृत्यु नचिनी जीवन चिनिन्छ र?
अरु पनि
कस्ता कवि थिए माधव घिमिरे ?
अरु पनि
मनमनमा बसेका कविवरलाई सदा सम्झन्छ नेपाली...
अरु पनि
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
अरु पनि
‘१०० वर्षमाथिका साहित्यकार दुई जना थियौं, अब एक्लो भएँ’