बीपीका अन्तिम दिन
अनि अलिपछि डाक्टर शशांक (मुन्ना) पनि बाहिर आउनुभयो। भन्नुभयो, “अहिलेसम्म आर्टिफिसियल रेस्पिरेशन दिएर राखेको छ, त्यो झिक्नासाथ रहनुहुन्न। त्यो कतिबेर गरिरहने? झिकिदिने कि भन्नुहुन्छ डाक्टर साहेबहरू।” एकछिन घोरिनुहुन्छ चन्द्रशेखरजी, गिरिजाबाबु।
पाँच सालमा बी.ए. पढ्न भनेर बनारस गएको थिएँ म। तर विद्यार्थी भएकोले मात्र होइन, राणाको दाना खाएर हुर्केकोले पनि, कांग्रेसी कुरा नसुन्नू, कांग्रेसीको संगत नगर्ने भन्ने कडा उर्दी थियो। त्यसैले मलाई विश्ववन्धु थापाले एक पटक बिडला होस्टलमा भेट्ने खबर पठाउँदा मैले त्यस्ता कांग्रेसीलाई को भेट्छ ! भनेर जवाफ दिएको सम्झन्छु।
त्यसपछि बिस्तारै मुटु सूरो हुँदै आएर होला हिरूवा (राजेन्द्रप्रसाद नेपाल) ले एक पटक शहीद दिवसको प्रभातफेरी आयोजना गर्दा ‘शुक्रराज, धर्मभक्त इन्किलाब जिन्दावाद’ भन्दै हिन्दू विश्वविद्यालयको परिक्रमा गर्न पुगेको थिएँ। कांग्रेसी नेतामा यिनै विद्यार्थी बाहेक मैले अरूलाई भेट्नु परेन।
तर एक दिन ईश्वर बरालले गणेशमानजीलाई हाम्रै होस्टलमा ल्याइपुर्याउनुभयो। मेरो कोठामा पनि गणेशमानजी आउनुभएको थियो। त्यत्ति हो।
बी.पी. अथवा त्यस वेलाको शब्दावलीमा विश्वेश्वर बाबुलाई मैले बनारसमा देखिनँ। त्यसपछि म कलकत्ता गएँ। नेपालमा क्रान्ति भयो। फागुन ७ गते आयो। उहाँ मन्त्री हुनुभयो, मैले बी.पी. लाई देखेकै छैन। भरतशमशेर काण्ड भयो। गोर्खादल ब्यांड भयो। सबै कलकत्तैमा पढें मैले। त्यसपछि मातृका बाबु प्रधानमन्त्री हुनुभयो।
त्यसको केही दिनपछि एक पटक सात दिनलाई म घर आएको थिएँ। नेपाल रेडियो सुनें– पहिलो वाजी। खबरमा ‘विश्वेश्वरप्रसाद कोइरालाले भने इत्यादि’ भनेको सुनें। एउटा नेतालाई त्यसरी ‘तिमी’ उच्चारण गरेको चित्त बुझेन र एउटा चिठी लेखें रेडियोलाई– छद्म नामले। रेडियोले त्यो चिठीको जवाफ पनि दियो– अलि लाज माने जस्तो गरेर।
मेरो पहिलो साक्षात्कार त्यस नामसँग भएको त्यसैवेला हो। सन्मुख परी कुराकानी हुन त अरू ७–८ वर्ष लाग्यो। मैले बी.पी. को खिचेको पहिलो तस्वीरमा उहाँले हस्ताक्षर गरिदिनुभएको छ – त्यसमा मिति छ २२–५–५९। २०१६ साल जेठ ८ गते। त्यसको केही दिनअघि मैले त्यो खिचेको हुँला।
भनेपछि सोह्र साल वैशाखमा हुनुपर्छ मैले उहाँसँग पहिलो पटक भेटेर कुरा गरेको। कुरा के भयो सम्झना छैन। तर धेरै कुरा हुन सम्भव छैन पनि। किनभने त्यसवेला आमचुनावको नतिजा निस्किसकेको छ, प्रधानमन्त्रीमा उहाँको शपथ ग्रहण भएको छैन। उहाँलाई भेट्ने मान्छेको जैले पनि धुइरै हुने– विदेशी र स्वदेशी, पत्रकार र कर्मचारीहरू। मैले तस्वीर खिचेको श्रीदरबारमै हो, कुनै बिहे थियो घरमा। त्यहाँ उहाँ निमन्त्रित हुनुहुन्थ्यो– मेरा पिताजीको मामा भएर।
मैले बी.पी. सँग दोहोरो कुरो गरेको २०१७ साल मंसीरको २४ गते हो। मिति कण्ठै छ मलाई किनभने त्यसको ठीक एक सातापछि नै उहाँ पकडाउ पर्नुभयो– पुस १ गतेको ऐतिहासिक काण्डमा।
रानी जगदम्बाको त्यो अनुदान अनुपम ठहरिएको थियो। किनभने कृषि कलेज र अनुसन्धान केन्द्र चलाउन २५/३० रोपनी जग्गासहितको त्यो घर श्री ५ को सरकारलाई अर्पण गरिएको थियो। रानी जगदम्बाले देश–विकास, देश–हितको लागि यो काम गर्नुभएको ठहर्याउनु भएछ– प्रधानमन्त्री बी.पी. ले र यस्ता जनहितका काम गर्ने धनी वर्गहरूको कदर हुन्छ, अरूहरूलाई सरकारले कज्याउँछ भन्ने ध्वनि त्यो भाषणमा थियो।
त्यो मंसीर चौबीस गते पनि मैले उहाँको तस्वीर खिचेको छु– चल्ने तस्वीर, चलचित्र, रंगीन– १६ मिलिमिटरमा। त्यो दिन मैले उहाँको भाषण टेप पनि गरेको छु। त्यस दिन उहाँले बोलेको कुरा भविष्यवाणी जस्तो भएको छ तर अर्कै पाराले।
बी.पी.ले बोल्दै, शुरूमै भन्नुभएको थियो– आज नेपालमा एउटा नौलो क्रान्ति आउन थालिरहेछ– यो समयको गतिसँग जो हिंड्न सक्छन् ती अड्ने छन्, जो समयसँग चल्न सक्तैनन् ती पुरिने छन्। इत्यादि। शब्द त दोहोर्याउन सक्तिनँ तर भाव यही थियो। सन्दर्भ रानी जगदम्बाको थियो। उहाँले आफ्ना भतिजा पीताम्बर शमशेरसँग नगद दिएर निखनी (श्रीदरबारको पश्चिम लङ) श्रीमहल श्री ५ को सरकारलाई प्रदान गर्नुभएको थियो। त्यसैको लागि आयोजित थियो त्यो समारोह।
रानी जगदम्बाको त्यो अनुदान अनुपम ठहरिएको थियो। किनभने कृषि कलेज र अनुसन्धान केन्द्र चलाउन २५/३० रोपनी जग्गासहितको त्यो घर श्री ५ को सरकारलाई अर्पण गरिएको थियो। रानी जगदम्बाले देश–विकास, देश–हितको लागि यो काम गर्नुभएको ठहर्याउनु भएछ– प्रधानमन्त्री बी.पी. ले र यस्ता जनहितका काम गर्ने धनी वर्गहरूको कदर हुन्छ, अरूहरूलाई सरकारले कज्याउँछ भन्ने ध्वनि त्यो भाषणमा थियो।
भाग्यको विडम्बना के भने सात दिन अघि मात्र सरकारको हातमा आएको त्यो कृषि कलेज भन्ने भवन सात दिनपछि थुनुवागृहमा परिणत भयो। पुस १ गते समातिएका (कांग्रेसका शीर्षस्थ नेताबाहेक) अरू सबै मन्त्री नेतागण रहने भवन त्यही श्रीमहल हुनपुग्यो। नेताहरू कौसीमा घाम ताप्न बसेको हेर्थ्याैं हामी यतापट्टिबाट। उदेक लाग्थ्यो।
कहाँ मेरो बी.पी. सँगको पहिलो भेटघाट, कुराकानीको कुरा गर्न थालेको कहाँ बन्दी र थुनुवामा पुगिएछ। त्यो होस्।
सुन्दरीजलबाट उहाँ छुट्नु भएपछि पनि मैले बी.पी. लाई भेटेको होइन। ‘तीन घुम्ती’, नरेन्द्र दाइहरूमार्फत भेटेकोलाई के भेटेको भन्नु ? न्यूयोर्कमा नै बी.पी. को क्यान्सरको उपचार भई फर्केपछि मात्र मैले फेरि उहाँको दर्शन पाएको हुँ।
त्यो पनि एउटा करैले। बी.पी. डेन्भर जानुभएको वेला खिचेका तस्वीरहरू मेरो दाजुले पठाइदिनुभएको रहेछ। चाबेलमा पुर्याउनू भन्नुभएकोले पुगेको थिएँ।
बम्बैमा केमोथेरापी शुरू भएपछि– बी.पी. नेपाल फर्केपछि भने म चाबेलको नियमित यात्री भएको थिएँ। बी.पी.ले बोलेको प्रत्येक वाक्य टेपमा भरियोस् भन्ने सल्लाह दिने एक जना बुज्रुक म पनि थिएँ। त्यसको पनि कारण थियो। मेरा छोराले न्यूयोर्कमै बी.पी. को ‘बायोग्राफी’ (जीवनी) लेख्ने आयोजना गरिसकेको रहेछ। उसलाई सकेसम्म धेरै सामग्री चाहिने। त्यही कुरा बी.पी. लाई भनेथें। सक्दो सहयोग गरिदिन्छु भन्नुभएथ्यो। त्यो ‘जीवनी’ चाहिं ऐले भविष्यकै गर्भमा रह्यो।
मैले बी.पी. सँगको मेरो सम्पर्क कति छोटो थियो भन्ने देखाउन यहाँभन्दा बढी भन्नु परोइन।
त्यसपछि चेतनाको विवाह। त्यो प्रसँग चाहिं छुट्टै विषय हुनेछ। त्यो पछिलाई।
‘पाक्षिक सुरुचि, वर्ष २, संख्या ७, २०४१ असोजमा पहिले प्रकाशित।’
नकोट्याऊँ
‘त्यो पछिलाई’ भनी मैले बी.पी. को संस्मरणमा चेतनाको बिहेको प्रसंगलाई पन्छाउन खोजेको थिएँ। चेतनाको बिहे अनेक कुराले मेरा लागि महत्वपूर्ण रहेको हो – त्यसलाई म आफ्नो एकलौटी सम्झनाका लागि राख्न चाहन्थें। तर सकिएन। साथीभाइको ‘आग्रह टारेर टर्दैनथ्यो’ – कवि शिरोमणिको कालमहिमा जस्तै।
त्यो बिहेलाई धेरैले राजनीतिक बिहे भनेछन्, अनि दुलाहा चाहिं, प्रवीण मेरो भतिजो भएकाले म पनि राजनीतिमा संलग्न भएछु। दाजु भाउजू अमेरिकामा, आउन नसक्ने भएकोले बिहेको दुल्हापट्टिको अभिभारा ममा आइपर्यो। दाजुको चिठ्ठी आउनासाथ मैले चाबेलमा सम्पर्क राखें। त्यहाँ कुरा भए, त्यसपछि बनारसमा कुरा भए – कतिपटक भेट्नुपर्यो।
एउटा कुरा स्पष्ट पारूँ – मैले यहाँ पनि अघिल्लो लेखमा पनि जताततै ‘बी.पी.’ भनेर लेखे तापनि त्यो सम्बोधन मैले कहिल्यै पनि उहाँका लागि प्रयोग गरेको छैन। ‘बी.पी.’ मेरा लागि ‘सान्दाजुु’ पनि कहिल्यै हुनुभएन। मैले उहाँलाई सम्बोधन गर्दा ‘मामा’ नै भनें। भन्नुपर्ने त अझ ‘हजूर–मामा’ हो तर ‘मामा’ भन्दा माथि जान म सकिनँ। ‘बी.पी.’ दुईतिरबाट मेरो मामा बाजे पर्नुहुन्थ्यो– मेरो पिताजीको पनि उहाँ मामा, मेरो सासूको पनि उहाँ मामा नै। कत्रो संयोग!
त, ‘मामा माइजू’ सँग धेरै पटक कुरा भए। हामी दुवैतर्फको एउटै इच्छा थियो। बिहे सूक्ष्म होस्। नेपाली बाहुन क्षेत्रीका घरको तीनदिने, पाँचदिने बिहे हामी दुवै थरीलाई अनुकूल थिएन। हामी एकदिने बिहेका पक्षपाती। त्यसैले एउटा कार्यक्रम तयार भयो। दाजु भाउजूको गुरु कवि प्रसादजीको पुराणकुञ्ज देवपाटनमा समारोह सकिने भयो। जन्ती जाने, स्वयम्बर गर्ने, दुलान फर्काउने केही हुने भएन। दुलाहालाई हामीले र दुलहीलाई उहाँहरूले बिहान ‘कुञ्ज’ मा पुर्याइदिने। त्यहाँ १÷२ घण्टामा जे गर्नुपर्ने वैदिक विधि गरी विवाह सकिने। अनि दुलही भित्र्याउने। बेलुका रिसेप्सन। कुरो मिल्यो।
मैले यहाँ पनि अघिल्लो लेखमा पनि जताततै ‘बी.पी.’ भनेर लेखे तापनि त्यो सम्बोधन मैले कहिल्यै पनि उहाँका लागि प्रयोग गरेको छैन। ‘बी.पी.’ मेरा लागि ‘सान्दाजुु’ पनि कहिल्यै हुनुभएन। मैले उहाँलाई सम्बोधन गर्दा ‘मामा’ नै भनें। भन्नुपर्ने त अझ ‘हजूर–मामा’ हो तर ‘मामा’ भन्दा माथि जान म सकिनँ। ‘बी.पी.’ दुईतिरबाट मेरो मामा बाजे पर्नुहुन्थ्यो– मेरो पिताजीको पनि उहाँ मामा, मेरो सासूको पनि उहाँ मामा नै। कत्रो संयोग!
परम्परा जोगाउने एउटा लोभ लाग्यो मलाई। रमाइलो पनि हुन्छ; ‘केटी माग्न जाने’ अथवा ‘पान सुपारी खाने’ एउटा समारोह चाहिं गर्ने प्रस्ताव गरें। सबैले हुन्छ भन्नुभयो। तर, के गर्नुपर्छ– अरे ! मैले बताएँ। हाम्रो घरमा यस्तो परम्परागत विवाह नभएको धेरै भयो, सम्झेकै छैन भन्नुभयो ‘मामा माइजू’ ले। ‘अरू के गर्नुपर्छ भनिदिनुस्, गाल नपरोस् रे’– ‘मामाले’।
यो बोल्ने बी.पी. कोइराला होइन चेतनाको बुवा हो भन्ने लाग्यो मलाई त्यसबेला। उहाँजस्तो मान्छेलाई, त्यत्रो विराट व्यक्तित्वलाई, पनि आफ्नो छोरीको लागि त्यति चिन्ता हुँदोरहेछ ! आफ्नो एकमात्र छोरीलाई घर खान अप्ठेरो नपरोस्, दाम्पत्य जीवन सुखमय होस् भन्ने कत्रो चिन्ता हुँदोरहेछ। मानव मनको भित्री तहमा पुग्न सके यस्तो नपत्याइसक्नु कुरा पनि छर्लंगै देखिंदोरहेछ भन्दै फर्कें म।
‘मामा’ लाई ‘माइजू’ लाई ‘गाल नपरोस्’ भन्नेतर्फ सतर्क हुनु थियो मैले; साथै उहाँहरूलाई अनर्थक झम्याउलो नलागोस् भन्नेतर्फ पनि।
काठमाडौंका सम्भ्रान्त बाहुन परिवारका बिहेमा बढ्दै गएको खर्चिलो प्रथालाई जरैदेखि उखेल्नु थियो– केही नभए पनि उदाहरण बन्नु थियो। तर तरबारको धारमा हिंडेजस्तो थियो मलाई, अलिकति पनि चिप्लनु नहुने ! गरियो जे जसो भए पनि। गाल पनि परेन, जाल पनि गरिएन।
हो त्यो ‘केटी माग्न जाने’ दिन चाहिं निकै रमाइलो भयो। एउटा सानो मोटरमा अटाउने पाँच जना ब्राह्मणहरू पुग्यौं ब्यौलीका घर। उतापट्टि आइमाई धेरै हुनुहुन्थ्यो। लोग्नेमान्छेमा मुख्य ‘मामा’, गिरिजा, गणेशमानजी, कृष्णप्रसादजी, गणेशराजजी र चेतनाका दाजुहरू। केटी माग्न आउनेहरूसँग कसरी कुरा गर्नुपर्छ भन्ने किसुनजीलाई थाहा रहेछ, भरखर जस्तो आफ्नो भतिजाको बिहेमा ‘कन्यार्थी’ भएर जाँदा सिक्नुभएको रहेछ।
एकछिन नाटक भयो। किसुनजीले सोध्नुभयो– यहाँहरू किन पाल्नुभयो ? हाम्रो साथमा जानुभएका पंडित लक्ष्मीप्रसादले जवाफ दिइहाल्नु हुन्छ भनेर म ढुक्क थिएँ – उहाँले भकुण्डो मतिर हुर्याइदिनुभयो। भन्नुभयो – “खोइ म त घरबाट आउँदै थिएँ कमलबाबुले हिंड्नोस् पशुपतितिर घुम्न जाउँ भन्नुभयो र साथ लागि आएको हूँ।”
यति भएपछि मैले चुपो लागेर बस्नु भएन र मैले भनें– “यहाँ एक जना राम्री पढेलेखेकी बिहे गर्ने उमेरको खासा कन्या छन् रे भन्ने सुनेको थिएँ। मेरो पनि एउटा भतिजो छ– बिहे गर्ने उमेरको– कुरो मिल्छ कि भनेर बुझन आएको।” किसुनजीको अर्को प्रश्न भयो “अँ, हो राम्री, विदुषी कन्या छन् हाम्रो घरमा। तपाईंको भतिजा कस्ता छन् नि ?” यस्तै यस्तै कुरा भए– हाँसो हाँसो बीच। ‘मामा’ पनि हाँसिरहनुभएको थियो।
तर त्यो दिन ‘मामा’ को स्वास्थ्य खराब हुन थालिसकेको रहेछ। उहाँ खाली लवेदा सुरुवाल मात्र लाएर बस्नुभएको थियो। नेपाली लुगामा कोट र टोपी नलाइकन बसेको मैले उहाँलाई कैल्यै पनि देखेको थिइनँ। एकैछिन् कुरा भएपछि किसुनजीले केटीको बाबुलाई सोध्नुभयो– “केटा बेसै रहेछन्, हामीलाई त योग्य लागे चेतना उनैलाई दिने हो त ?” ‘मामा’ ले हुन्छ भन्नुभयो। वाग्दान सकियो।
हामीलाई गिरिजाबाबुले रातो दही अक्षता– अबीरको टीका लगाइदिनुभयो। हरियो बोतामा जनै–सुपारी र रुपियाँ हालेर दक्षिणा दिनुभयो। मैले भनें यो डबललाई त सेफमा लगेर राख्नुपर्छ। किसुनजीले भन्नुभए जस्तो लाग्छ– ‘राजनीतिज्ञको घरबाट लैजाँदै हुनुहुन्छ– डबल असुल गरुँला हामी।’ हाँस्दै फर्क्याैं।
बिहेको धार्मिक कार्यहरू सबै ‘कुंज’ मा हुने भइसकेको थियो। त्यहाँको बन्दोबस्त बुझ्न जाँदा कविप्रसादजीले एउटा अनुरोध गर्नुभएको थियो– “मैले विश्वेश्वर बाबुको दर्शन पाएको छैन– एकपटक उहाँको दर्शनको अभिलाषा छ।” त्यो सन्देश मैले ‘मामा’ लाई टक्र्याएँ। सकें भने म अवश्य जानेछु, एक पटक बिहेको दिनमा भन्नुभयो। कविप्रसादजीलाई मैले त्यो वचन पुर्याइदिएको थिएँ।
तर ‘मामा’ ले आफ्नो वचन पूरा गर्न सक्नु भएन। कुंजमा जान पाउनु भएन। बिहेको तीन चार दिनअघि नै उहाँलाई दिल्ली लगियो, नलगी भएन। दुलहीपट्टि बिहेको सारा अभिभारा गिरिजाबाबुले बोक्नु पर्यो। दुवैपट्टि कार्यवाहक सम्धीहरू मात्र भए बिहेका दिन उतापट्टि गिरिजाबाबु यतापट्टि म।
बिहेभरि नै सबैलाई खल्लो भयो। ब्यौलीका बाबु नै नभएको बिहे ! तर बिहेका दिन ‘मामा’ को मनचाहिं यहीं पुगिरहेको थियो क्यारे। एक मात्र छोरी चेतना, कण्ठकी आधार–उनको बिहेमा आफू नहुन पाउँदा ‘मामा’ लाई कस्तो भयो होला। छोरोको बिहे– ‘मामा’ को जीवनको सबभन्दा महत्वपूर्ण पारिवारिक कार्य रहेछ। त्यो नसकी जानुपर्ला भन्ने उहाँको आशंका एक दिन प्रकट भयो।
‘मामा’ ले ब्यौलो हुने प्रवीणको अगाडि चेतनालाई गिज्याउनु भएछ – “यल्लाई मेरो बिहे नगरी दिई बाबा मर्नुहोला भन्ने डर थियो, बल्ल खुशी भई” रे ! वास्तवमा डर चेतनालाई होइन ‘मामा’ लाई रहेछ। त्यसैले यतिसम्म राम्रो पढेलेखेको केटोसँग चेतनाको बिहे हुन लागेकोमा उहाँलाई आत्मसन्तोष भएको थियो। यो कुरा पछिबाट पनि खुल्दै गयो। बिहे भइसकेपछि ‘मामा’ दिल्लीबाट फर्केपछि, ‘मामा’ लाई बिरामी कोठामै भेट्न पुगेको थिएँ म एक दिन। भन्नुभयो, “म सारै खुशी छु– चेतना इज भेरी ह्यापी इन योर हाउस।”
प्रेम–विवाह नभएर पनि यति मिलेको जोडी देख्दा उहाँलाई खुशी लागेको रहेछ। दुलाहा दुल्हैको राम्रो मन मिलेको उहाँले बुझ्नु भएछ। त्यसैले मामा साँच्चै नै प्रसन्न हुनुहुन्थ्यो। मलाई त्यस्तै लाग्यो।
त, माथि नै भनें यो बिहेलाई ‘पोलिटिसाइज’ गर्ने धेरै कोशिश भएछ। एक जना मेरा आफन्तले त निम्ता पाएपछि भनेछन्, पैले त कांग्रेसको नामै सुन्नुहुँदैनथ्यो त्यो घरले, ऐले यो के भएछ ! अरे ! तो मेरा आफन्तले जस्तै धेरैले एउटा कुरा बिर्से जस्तो लाग्यो। यो बिहे मणि र कांग्रेसको थिएन निम्तोले पनि त्यसो भन्दैन।
कमलमणि आ. दीक्षितका नामबाट छापिएको त्यो निम्तामा यस्तो लेखेको थियो – “दाजु श्री प्रकाशमणि आ. दीक्षितका कान्छा छोरा चिरञ्जीवी प्रवीणमणिको शुम–विवाह श्री विश्वेश्वरप्रसाद कोइरालाको सौभाग्यवती छोरी चेतनासँग भएको उपलक्ष्यमा भेटघाट तथा चियापानको लागि श्री ... ... को उपस्थितिको हार्दिक अनुरोध गर्दछु।”
भन्न नपर्ला ती मेरा विद्वान् आफन्त त्यस भेटघाटमा सम्मिलित भएनन् आशीर्वाद पनि पठाएनन्। राजनीतिमा के घुसे जस्तो। दिक्क लागेको थियो। तर अब त त्यो इतिहास भैसक्यो। निम्तामा जसको नाम पर्दा यो ‘पोलिटिक्स’ घुसेको थियो, त्यो व्यक्ति नै विलाइसकेपछि अब त्यसबारे भन्ने पनि के र ! बिहेको लगत्तैपछि त त्यस महान् व्यक्तिको शवयात्रामा पो लागियो। त्यो दिक्क लाग्ने प्रसंग यहाँ नकोट्याऊँ।
(त्रैमासिक ‘अरुणोदय’, वर्ष १९ अंक ४–५, २०३६ मा पहिले प्रकाशित)
बाघपञ्जा
सात बजेर दुई मिनेट जति मात्र गएको थियो मेरो घडीमा, म चाबेल पुग्दा। बाहिर सडकदेखि नै मान्छेको भीड थियो। बी.पी. लाई एम्बुलेन्समा एअरपोर्टबाट घर ल्याएको आधा घण्टा जति भएको रहेछ। बाहिरदेखि भीडलाई छिचोल्दै पुगें।
साँझ परे पनि अलि–अलि उज्यालो बाँकी नै थियो तर, मान्छेको मुख सबै अँध्यारो। कतिका त आँखा भिजेका पनि देखें। तर कसैलाई थाहा छैन माथि बिरामी कोठामा के भइरहेछ। पर्दा लागेका दक्षिणपट्टिको कोठामै छन् सबैका आँखा। माथि ठूलो कोठामा धेरै मान्छे छैनन् तर बरण्डामा टन्नै छन्।
बरण्डाबाट मलाई देखेर कसैले माथि आउन बोलायो। भरखरै सम्धी जस्तो हुनपुगेकाले (हेर्नू निबन्ध ‘नकोट्याऊँ’ अरुणोदय, बी.पी. विशेषांक), म बिरामी हेर्न माथि जान पाउने थोरै व्यक्तिमध्येको भएको थिएँ। तर माथि जान लाग्दा मलाई आफैंले अपराध गरेजस्तो लाग्यो।
अलिपछि डाक्टर शशांक (मुन्ना) पनि बाहिर आउनुभयो। भन्नुभयो, “अहिलेसम्म आर्टिफिसियल रेस्पिरेशन दिएर राखेको छ, त्यो झिक्नासाथ रहनु हुन्न। त्यो कतिबेर गरिरहने ? झिकिदिने कि भन्नुहुन्छ डाक्टर साहेबहरू।” एकछिन घोरिनुहुन्छ चन्द्रशेखरजी, गिरिजाबाबु। अनि– अब कृत्रिम सास फेराएर नराख्ने निर्णय हुन्छ।
बी.पी. सँग वर्षौं घुँडा जोरेर बस्ने, ज्यान हत्केलामा राखेर काम गर्ने सयौं कार्यकर्ता तल, म अस्तिको सम्बन्धी माथि, अन्याय हो भन्ने लाग्यो तर लाग्दा लाग्दै म माथि पुगें। सधैं फुकाल्ने ठाउँमा जुत्ता फुकालें। बरण्डा नाघेर पसें। हलमा चन्द्रशेखरजी मात्र हुनुहुन्थ्यो। मेचमा बसिरहनुभएको। नमस्ते गरें। हेरें आँखा उहाँको पनि रसिला छन्। गिरिजाबाबु भित्र–बाहिर गर्दै हुनुहुन्थ्यो। डा. मृगेन्द्रराज पाण्डे भर्खर आएर भित्र पस्नुभएको रहेछ। डाक्टरले यसो भन्यो, यसो गर्दैछ, भनेर गिरिजाबाबु बीच–बीचमा चन्द्रशेखरजीलाई बताउन आउनुहुन्छ।
अनि अलिपछि डाक्टर शशांक (मुन्ना) पनि बाहिर आउनुभयो। भन्नुभयो, “अहिलेसम्म आर्टिफिसियल रेस्पिरेशन दिएर राखेको छ, त्यो झिक्नासाथ रहनु हुन्न। त्यो कतिबेर गरिरहने ? झिकिदिने कि भन्नुहुन्छ डाक्टर साहेबहरू।” एकछिन घोरिनुहुन्छ चन्द्रशेखरजी, गिरिजाबाबु। अनि– अब कृत्रिम सास फेराएर नराख्ने निर्णय हुन्छ।
एक छिनपछि डाक्टर मृगेन्द्रराज निस्कनुहुन्छ। भन्नुहुन्छ–“दुई तीन पटक ‘हार्टबिट’ आउने जाने गर्यो म आए पछि पनि; अबचाहिं हामीले कोशिश छाडिदियौं – के गर्नु यस्तै हो संसार !” गिरिजाबाबु सोध्नुहुन्छ– “बाहिर मानिसहरूलाई भनिदिऊँ ?” डाक्टर साहेब भन्नुहुन्छ– “म गइहाल्छु, पाँच मिनेटपछि एनाउन्स गरिदिनू !”
त्यस्तै हुन्छ। गिरिजाबाबुले बरण्डामा आएर कसरी के भन्नुभयो– अखबारहरूमा उसैवेला छापिसकेका छन्। म नदोहोर्याऊँ। बाहिर पर्खिरहेकाहरूको कोलाहल रुवाइ, मूर्छा सबै अरूले नै बेलिविस्तार गरिसकेका छन्। त्यो पनि म नभनूँ। माथि कोठाबाटचाहिं त्यसपछि चन्द्रशेखरजी पनि आँखा पुछ्दै बाहिर निस्कनुभयो। कता जानुभयो थाहा पाइनँ।
तर कोठाको वातावरण पाँच मिनेटमै अर्कै भयो। अघिसम्मको घरभरिको किंकर्तव्यविमूढता, छटपटी, विह्वलता स्वाट्टै बढारे जस्तो भयो। नभई नहुने कुरा, तर हुन नपर्ने कुरा, भइहाल्यो, एउटा विराट पुरुष गइहाल्यो– अब कामको वेला आयो भने जस्तो देखियो। त्यो कोठा अब बिरामी कुर्ने कोठाबाट एक छिनमा कर्मठ कार्यकर्ताहरूको कार्यालय हुनपुग्यो। भिजेका परेलाहरू निमेषमै अठोट र निर्णयमा अनुवाद भए।
‘सान्दाइ अब हुनुहुन्न’ भएको दश मिनेट नबित्तै स्वीच थिचे जस्तै गरी कामको टुङ्गो लाग्न थाले– एकपछि अर्को। “सान्दाइको पार्थिव शरीर अहिले आठ बजे तल हलमा ल्याएर दर्शनार्थ राखिन्छ” उद्घोषण हुन्छ। बरफ लिन मोटर गइसक्यो लाशसँग राख्न। फलाना त्यसका निमित्त खटिएका छन्। “भोलि बिहान सात बजेदेखि श्रद्धाञ्जली चढाउनेहरूलाई हल खुला रहनेछ” अर्को उद्घोषणा।
आगन्तुक पुस्तिकाहरूको जिम्मा अर्का एक जनाको भइसक्यो। फेरि घोषणा हुन्छ– “भोलि ठीक तीन बजे शवयात्रा शहर परिक्रमालाई चलाइनेछ। करीब सात बजे आर्यघाटमा दाहसंस्कार हुनेछ।” दाहसंस्कारको नामले बाहिर एक पटक फेरि कोकोहोलो हुन्छ। त्यो भित्र कोठामा सुनिन्छ तर त्यहाँ त्यतापट्टि ध्यान दिने कसैलाई फुर्सतै छैन। किनभने भोलि शवयात्रा जाने बाटो रूट तयार हुँदैछ। त्यो पनि तयार भयो। त्यसको २०–२५ प्रति तयार गर्ने अर्को समूह हाजिर छ। “ने.वि.संघका साथीहरू १५ जना आज राति तल हलमा बस्नको लागि तयार हुनुहोस् अरूहरू कार्यालयमा जानुहोस्, त्यहाँ काम छ।” यति भनेको पाँच मिनेटमा ती पन्ध्र जना स्वयंसेवकको नाम पढिन्छ बरण्डाबाट।
‘भोलिको नारा यति चार ओटा मात्र’– नाराको उल्लेख हुन्छ। ‘सान्दाजुको तस्वीर छ– त्यहाँ पार्टीको अफिसमा। ती ४–५ सय ओटा पोस्तामा टाँसेर तयार पार्नुहोस् तपाईं (फलाना) ले’ अर्को आदेश। आदेशहरू दनादन निस्कँदै पनि छन्, काम काममा खटिने खटिंदै पनि छन्। पार्टीको काम, कसरी चल्छ मलाई थाहा छैन– मैले कैल्यै देखेको छैन पार्टीको कार्यविधि। तर लाग्यो, राजनीतिक पार्टी भए यसै गरी काम हुँदो हो। अचम्म लाग्यो।
यस बीच बिरामी कोठाको कायापलट भइसक्यो। बिरामीका लागि राखिएका सलाइन युनिट, सक्सन मसीन, प्यान, प्यानेल सबै कोठाबाट हटिसके। स्वर्गे हुने वेला बायाँ कोल्टे परेर केही कुत्रुक्क खुम्चिएको शरीरलाई सोको उत्तानो सुताएर घाँटीसम्म सेतो तन्नाले छोपेको छ। केही पहेंलो रंगको उज्यालो मुख मात्र तन्ना बाहिर देखिन्छ। नजिकका परिवार र घनिष्ट मित्रहरूलाई एक एक गरी बिरामी कोठामा गई दर्शन गर्न भनियो। बी.पी.का को आफ्ना, को पराइ; को घनिष्ट मित्र को अरू ! बरण्डादेखि लाम लाग्यो। भर्याङदेखि लाम, भर्याङको खुड्किलोपिच्छेको लाम लाग्यो। रोकी साध्य भएन।
चार घण्टा लामो शवयात्रा, शभा–यात्रा ! बाटामा एक इञ्ची खाली ठाउँ छैन। घरका झ्याल, कौसी, बार्दलीहरू त्यस्तै भरिएका छन्। मन्दिर पनि खाली छैन। दर्शनार्थीले तिल राख्ने ठाउँ छैन। मैले कैल्यै नदेखेको काठमाण्डूको त्यो शोभा हेर्दै, फनक्क शहर घुमेर आर्यघाट पुगियो।
अनि पार्थिव शरीरलाई तल ल्याइयो। किसुनजी, वासुजी, ओमकारजीहरूसँग त्यसपछि म पनि पाटनतिर आएँ।
भोलि बिहान सात बजे भन्ने त कुरा मात्रै भएछ ! रातभरि नै श्रद्धाञ्जली चढाउन आउनेको ताँती टुटेनछ ! रात बित्यो, बिहान भयो–दिउँसो भयो, लाम छुट्दैन। फूलले कोठै भरिइसक्यो। अब शव–यात्राको बेला भयो। म भने जयवागीश्वरीभन्दा भित्र छिर्नै सकिनँ। त्यहींबाट अर्थीको पछि लागियो।
चार घण्टा लामो शवयात्रा, शभा–यात्रा ! प्राध्यापकहरू फेला पारें मैले सहयात्री। एकपछि अर्का विद्वान्बाट ज्ञान लिंदै गुन सिक्दै हिंडियो। दिवंगत व्यक्ति कति महान् थियो, कति श्रद्धेय थियो बुझ्दै हिंडियो। हिंडिरहियो– त्यो ऐतिहासिक ट्रकलाई पछ्याएर। बाटामा एक इञ्ची खाली ठाउँ छैन। घरका झ्याल, कौसी, बार्दलीहरू त्यस्तै भरिएका छन्। मन्दिर पनि खाली छैन। दर्शनार्थीले तिल राख्ने ठाउँ छैन। मैले कैल्यै नदेखेको काठमाण्डूको त्यो शोभा हेर्दै, फनक्क शहर घुमेर आर्यघाट पुगियो।
आफ्नै श्रद्धाले गर्दै थिएँ म यो परिक्रमा। कसैलाई देखाउनु पनि थिएन, कसैसँग लुकाउनु पनि थिएन। भए, पाङ्ग्राको प्रयोग गरेर पनि श्रद्धाभाव देखाउन सकिने थियो, छेकारो काट्ने ठाउँ प्रशस्त थिए। अनि पेटीमै उभिइराखेर पनि, झ्याल बार्दलीको सहारा लिएर पनि, फिर्ती जुलूसमा सम्मिलित हुन सकिन्थ्यो पूरै यात्राको फलप्राप्ति हुन्थ्यो। तर त्यसो गरिएन। भनौं त्यतापट्टि ध्यान गएन। गह्रौं मनले पछि मात्र लागिरहियो। तर धेरैलाई देखियो, धेरैलाई चिनियो।
सरकारी छड्केका डरले कोही अफिस रुँङेर बसेका, कोही आधा बाटो पछिलागेका। कोही साँच्चै नै रोइरहेका। पत्याउनै नसकिने मान्छेहरू ‘बी.पी.को सपना साकार पार्छौं’ भन्दै उफ्रिरहेका। कलेजका लुगामै आएका कलिला नानीहरू ‘प्रजातन्त्र ल्याउनु छ– देशलाई बचाउनु छ’ भन्दै कुर्लेका। यो सबैले मनमा नबखानी सक्नु के भाव बोकेर ल्याउँदा रहेछन्। मलाई अनौठो अनुभव भइरहेथ्यो।
हेर्दाहेर्दै, हिंड्दाहिंड्दै जुलूसमा धेरै पछाडि परिसकिएछ। आर्यघाट पुग्दा छिचोल्न नसकिने भीड थियो। पारि मृगस्थलीतिर उक्लेर पनि केही सीप लागेन। उत्तिकै भीड ! केही देखिएन। जङ्गलै उज्यालो हुने गरी कहिलेकाहीं तस्वीर खिचेको फ्ल्यास र कैले सिनेमा खिचेको बत्तीको मात्र आकाश–दर्शन हुन्थ्यो बीचबीचमा। अरू सबै टाउकै टाउका ! नेता त कता कता !
केही नदेखेपछि मृगस्थलीबाट बिस्तारै ओर्लें। तर तल पुल पार गर्न फेरि त्यत्तिकै गाह्रो भयो भीडले। बल्ल बल्ल पार भएपछि फर्केर हेरें। मान्छेका टाउका माथिबाट धुवाँ उडेको देखें। चिता सल्किसकेछ ! धुवाँ ! बी.पी. ! मन अमिलो भएर आयो। त्यति ठूला मानिस पनि धुवाँ भएर उड्नु पर्दोरहेछ भन्ने लाग्यो। वैराग्य शायद यसैको नाम हो।
हिंड्दै कविप्रसादजीको ‘कुञ्ज’ निर आइपुगें। अस्ति भरखर भएको चेतनाको बिहे सम्झें (हेर्नू उही निबन्ध, अरुणोदय)। अनि अकस्मात् मेरो मनले सुब्बा वीरेन्द्रकेशरीको एउटा श्लोक सम्झनपुग्यो। भरखरै आर्यघाटमा देखेको धुवाँसँग एकदमै मेल नखाने ‘सूक्तिसिन्धु’ को त्यो श्लोकले ऐले किन यसरी टाउको उठायो ? म जिल्ल परें।
उकालो उक्लेर जयवागीश्वरी पुगुन्जेल त्यही मनमा आइराख्यो – यो वैराग्यको बेलामा यस्तो श्लोक किन ? केही अर्थ लगाउन सकिनँ। मोटर त्यहीं कुनामा थियो। तर पाँच घण्टा अगाडिको त्यो भीड खोइ अहिले ? ए, त्यो भीड त सबै शहरभरि छरिइसक्यो, अलिकति आर्यघाटतिर बाँकी छ। अलि सन्तोष लाग्यो।
खिन्न मनले मोटर चलाएँ। एक्लै घरतिर लागें। तर त्यस श्लोकले मलाई अझ छाडेन। मनमनै दोहोर्याइरहें मैले –
‘के गर्छन् अब मकुना,
नवार् नवार् छन् इ हस्तिनी पनि ता।
मिद्र्धा दंतार जो हो,
पंजामा बाघका परिगो’
–सूक्तिसिन्धु (फेरि, पृ.३
श्लोकको अर्थ यसरी लाग्न थालेछ– मकुना भनेको सानासाना दाँत ननिस्केका हात्ती। नवार भनेको मस्त तरुनी। मिद्र्धा भनेको– मीर धाड–बथानको अगुवा, नाइके। दंतार भनेको दाँत निस्केको ठूलो बलियो मत्ता हात्ती।
पुतलीसडक नाघेर सिंहदरबारतिर आउँदै थिएँ झल्याँस्स भएँ, त्यो श्लोकको अर्थ खुल्यो मलाई ! कहाँको शृंगारी श्लोक हुनु ? त्यो त वित्पातको राजनीतिक तस्वीर पो रहेछ अहिलेको नेपालको ! मेरो अर्धचेतन मन मल्लिनाथ भएछ– वीरेन्द्रको त्यो सूक्ति कालिदासको काव्य ! अनि श्लोकको अर्थ यसरी लाग्न थालेछ– मकुना भनेको सानासाना दाँत ननिस्केका हात्ती। नवार भनेको मस्त तरुनी। मिद्र्धा भनेको– मीर धाड–बथानको अगुवा, नाइके। दंतार भनेको दाँत निस्केको ठूलो बलियो मत्ता हात्ती।
अब पूरा माने– यो हत्तिनीहरू मस्त तरुनी भएका छन्, अनि हात्तीहरू भने सानै छन्। बथानको अगुवा जो ठूलो बलियो मत्ता हो त्यसलाई चाहिं बाघले मारिहाल्यो।
अब यी हत्तिनीहरू के गर्छन् ? सामान्य अर्थ यो। मेरो भित्री मनले चाहिं अलि गहिरो अर्थ लगाएछ। श्लोकको ‘मिद्र्धा दंतार’ बी.पी. रे ! हत्तिनीहरू यो नेपालको राजनीति रे अनि मकुनाचाहिं बाँकी नेतागण रे ! (मलाई क्षमा गर्नुपर्ला हाम्रा श्रद्धेय नेतृवृन्दले– यसमा व्यक्तिगत छिटा पार्न सोचेको पनि छैन) भनेपछि त्यो श्लोकको माने यस्तो बस्ने भयो– मुख्य नेता बाघ, कालको पञ्जामा परिगो, यो तरुनो भएको अर्थात् संक्रमणकालको नेपाली राजनीतिलाई यी फुचेफुच्चे नेताहरूले कसरी सम्हाल्लान् ?
साहित्य भनेको पनि गजबको कुरा हुँदोरहेछ। १९७० सालतिर वीरेन्द्रकेशरीले कुन परिस्थितिमा कोरेका शृङ्गारी भावलाई मेरो दुष्ट–बुद्धिले राजनीतिक रंग दिन पुग्दा पनि अर्थ ठ्याक्कै मिल्न जाँदोरहेछ ! विचरा वीरेन्द्रकेशरीको आत्माले के भन्ला मलाई यस्तो अर्थ लगाउँदा ? वीरेन्द्रकेशरीकै किन ? बी.पी.कै आत्माले के भन्ला –
‘मिद्र्धा दंतार जो हो
पञ्जामा बाघको परिगो’ – अरे !
बाघको पञ्जा रे ! कस्तो बाघ–पञ्जा !
(‘हाम्रो पुरुषार्थ’, वर्ष ६, अंक ३, २०३९ असोजमा पहिले प्रकाशित)
– कमल दीक्षित लिखित ‘तीन झलक (२०४३) पुस्तकबाट।
अरु पनि
कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’
अरु पनि
बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु
अरु पनि
बीपी विचार र अवसान उन्मुख कांग्रेस
अरु पनि
बीपीका दुई आदर्शः गान्धी र कुमारप्पा
अरु पनि
मुखमा बीपी, बेवास्तामा विचार
अरु पनि
बीपीको कूटनीतिः सन्तुलनको सकस
अरु पनि
बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?
अरु पनि
बीपीका अन्तिम दिन