चितवन मेडिकल कलेज, नेशनल र नोबलमा सम्पत्ति शुद्धीकरणको छापा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगञ्ज र नोबल मेडिकल कलेज विराटनगर गरी आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेको छ ।
मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलन गरिरहेका छन् । छापा मारिएका मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गरिएको बताइएको छ ।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको हो ।
सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न पटक पटक निर्देशन दिएको छ । तर, मेडिकल कलेजहरूले उल्टै सरकारलाई अटेर गरी धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।