माइतीघर मण्डला प्रदर्शनकाे प्ला कार्डः ‘डू अर डाई
चिकित्सा शिक्षा अध्ययनरत चार मेडिकल कलेजका विद्यार्थीहरु मंगलबार माइतीघर मण्डलमा विरोध प्रदर्शनमा उत्रेका छन् ।
मेडिकल कलेजहरुले बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायत माग राखेर उनीहरु विरोध प्रदर्शनमा उत्रेका हुन् ।
सरकारले तोकेको भन्दा बढी शुल्क अशुले पछि अहिले वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।
कलेजले बढी मागेको शुल्क नदिएका विद्यार्थीलाई एमबीबीएस तहको पहिलो वर्षको परीक्षा फारम भर्न नदिएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रेका कारण परीक्षा समेत प्रभावित बनेको छ ।
त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)ले १८ कात्तिकमा सूचना जारी गरी २० कात्तिकदेखि शुरु हुन लागेको स्नातक तहको परीक्षा विशेष कारणवश भन्दै अनिश्चितकालका लागि स्थगित गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिले गरेकाे प्रदर्शनमा विद्यार्थीले मेडिकल माफियाहरुलाई सरकारले कार्बाहीको दायरामा ल्याउनुपर्ने माग सहित विभिन्न नाराका प्ला कार्ड बाेकेका थिए ।