कोरोना रोकथाममा अनुकरणीय 'कर्णाली मोडल'
संघीय सरकारले समयमा नै बन्दाबन्दी गरेर सामाजिक दूरी कायम गरेकाले समुदायमा संक्रमण हुनबाट जोगाउन सफल भयो । तर, कोभिड–१९ प्रतिकार्यका अन्य विधि समयमा नै लागू गर्न चुक्यो।
साउथ चाइना मोर्निङ पोष्टका अनुसार कोभिड–१९ लागेको पहिलो व्यक्ति हुपेईका ५५ वर्षीय पुरुष हुन् । उनलाई गत १७ नोभेम्बरमा संक्रमण भएको थियो । यो वुहानको मासु पसलबाट डिसेम्बरमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंका गर्नुभन्दा एक महीना अगाडिको घटना हो।
वैज्ञानिकहरुले संक्रमित मानिस र मासु तथा सामुद्रिक मासुजन्य खाध्यबस्तुमा कुनै सम्बन्ध नरहेको पुष्टि गरिसकेका छन् । यो तथ्य विश्व प्रसिद्ध जर्नल ‘द लान्सेट’ मा पनि प्रकाशित छ । हाल यो माहामारी संसारभरि नै मानिसबाट मानिसमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणलाई गत जनवरीमा ‘जनस्वास्थ्य माहामारी’ घोषणा गरेको छ।
हे.लिंक–सरकारी अध्ययनकै निष्कर्ष– कोरोना क्लिनिक र अस्पतालको पूर्वतयारी कमजोर
नेपालमा पहिलो कोरोना संक्रमित वुहान प्राविधिक विश्वविद्यालय, चीनबाट फर्किएका ३२ वर्षीय विद्यार्थी हुन् । गएको १३ जनवरी (२८ पुस) मा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। उनको स्वाब परीक्षण हङकङस्थित डब्लूएचओको प्रयोगशालामा गरिएको थियो।
नेपाल सरकारले समयमा नै बन्दाबन्दी गरेर सामाजिक दूरी कायम गरेकाले समुदायमा संक्रमण हुनबाट जोगाउन सफल भयो। तर कोभिड–१९ प्रतिकार्यका अन्य विधि समयमा नै लागू गर्न चुक्यो। फलस्वरुप सरकारले करीब साढे दुई महीनाको बन्दाबन्दीको अवधिलाई कोरोना संक्रमण नियन्त्रणका लागि भरपूर उपयोग गर्न सकेन।
डब्लूएचओले कोभिड–१९ संक्रमणको वर्तमान अवस्थालाई चार समूहमा विभाजन गरिएको छ । १. कोभिड–१९ संक्रमण नभएको अवस्था २. फाट्टफुट्ट संक्रमणको अवस्था ३. समूहहरुमा संक्रमणको अवस्था ४. समुदायमा संक्रमणको अवस्था । नेपालमा हाल कोभिड–१९ समूहहरुमा संक्रमण भएको अवस्थामा छ । अब समुदायमा संक्रमणको अवस्थामा पुग्न रोक्नु नेपालको पहिलो काम हो।
नेपाल सरकारले समयमा नै बन्दाबन्दी गरेर सामाजिक दूरी कायम गरेकाले समुदायमा संक्रमण हुनबाट जोगाउन सफल भयो। तर कोभिड–१९ प्रतिकार्यका अन्य विधि समयमा नै लागू गर्न चुक्यो। फलस्वरुप सरकारले करीब साढे दुई महिनाको बन्दाबन्दीको अवधिलाई कोरोना संक्रमण नियन्त्रणका लागि भरपूर उपयोग गर्न सकेन।
संक्रमण न्यूनीकरणका लागि समयमा शंकास्पद संक्रमितहरुको स्वाब परीक्षण, उनीहरुको संसर्गमा आएकाहरुको खोजी तथा संक्रमितहरुको उपचार जरुरी छ । यसै अवधिमा छिमेकी देश भारतमा काम गर्न गएकाहरु फर्किए । विशेष गरी प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका धेरै व्यक्ति भारतबाट फर्किए।
हे.लिंक–अव्यवस्थित क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको केन्द्र बनिरहेकाे छ
भारतबाट हजारौँ नेपाली फर्किरहँदा कर्णाली सरकारले नियन्त्रणको राम्रो प्रयास गरेको थियो । कर्णाली सरकारको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर मेसिन खरीद गर्यो । संक्रमण नियन्त्रणका अन्य संरचना समेत तयार गरी परीक्षण शुरु भयो। जनशक्ति कम भएको अवस्थामा पनि स्वास्थ्यकर्मीलाई अतिरिक्त समय काममा लगाइयो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो प्रदेशमा संक्रमित भेटिनु अगावै क्वारेन्टिन व्यवस्थापन गरेको थियो। त्यस्तै चिकित्सक र अन्य स्वास्थ्यकर्मीको समूह बनाई जनचेतनाको काम पनि थालेको थियो।
कर्णालीले अपनाएको विधि अन्य प्रदेशका लागि पनि उपयोगी हुन सक्छन् । जब कसैलाई कोभिड–१९ लागेको आशंका गरिन्छ, संक्रमण रोकथामका विधिहरु तुरुन्त गरिन्छ । विशेष उपचारको आवश्यकता नभएका संक्रमितलाई स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घरैमा छुट्टै वा सामुदायिक क्वारेन्टिनमा राखिन्छ ।
कर्णालीका हुम्ला, मुगु, कालिकोट र दैलेख जिल्लाका कतिपय स्थानमा स्वास्थ्य संस्था पुग्न तीन चार दिन हिँड्नुपर्ने अवस्था छ। यहाँका १९ स्वास्थ्य संस्थाबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त समूहले सेवा दिइरहेको छ । यहाँबाट संक्रमणको आशंका भएका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन पनि गरिरहेका छन्।
देशका ठुला शहरहरुमा कोभिड–१९ संक्रमणको डरले अन्य स्वास्थ्य समस्या भएकाको उपेक्षा गरिएको छ । तर, कर्णालीमा प्रतिष्ठानबाट खटाइएका स्वास्थ्यकर्मीबाट सबै स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । यो नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीमा लागू गरेको सफल स्वास्थ्य सेवा मोडेल हो । यस बाहेक प्रतिष्ठानले प्रदेश भरका अस्पताल आउन सहज नभएका बिरामीलाई टेलिफोनबाट स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेको छ।
हे.लिंक–कोरोना संक्रमित पहिचान गर्ने 'कन्ट्याक्ट ट्रेसिङ'मा कहाँ भइरहेछ कमजोरी ?
कर्णालीले अपनाएको विधि अन्य प्रदेशका लागि पनि उपयोगी हुन सक्छन् । जब कसैलाई कोभिड–१९ लागेको आशंका गरिन्छ, संक्रमण रोकथामका विधिहरु तुरुन्त अविलम्ब गरिन्छ । विशेष उपचारको आवश्यकता नभएका संक्रमितलाई स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घरैमा छुट्टै वा सामुदायिक क्वारेन्टिनमा राखिन्छ । जुम्ला र कालिकोटका संक्रमितलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार गराई स्वाब नेगेटिभ भएपछि मात्र डिस्चार्ज गरिन्छ।
(डा. संजेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य तथा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्।)