कालाेबजारीमा रंगेहात पक्राउ परेका अवैतनिक दूत सुलभ अग्रवाल धराैटीमा रिहा भए लगत्तै पक्राउ
ज्वराे नाप्ने यन्त्र थर्मल गनकाे कालाेबजारी गरिरहेका बेला २५ चैतमा पक्राउ परेका किर्गिस्तानका अवैतनिक दूत (अनरेरी कन्सल) सुलभ अग्रवाल रूं. २५ लाख ५० हजार धराैटी बुझाएर तारेखमा रिहा भए लगत्तै पक्राउ परेका छन्।
उनी विरूद्व सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि हिरासतमा लिएकाे हाे ।
विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रहरीले मान्छे र फाईल नल्याउँदासम्म हामीलाई जानकारी नहुने बताए । प्रहरीले भने उनलाई विभागमा बुझाउन नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
काठमाडाैं जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलकाे इजलासले अग्रवालसँग धराैटी माग गर्दै तारेखमा राख्न आदेश दिएकाे थियाे । उनी विरूद्व कालाेबजारी र सार्वजनिक पदकाे दूरूपयाेगसहित चार कसुरमा मुद्दा दर्ता भएकाे थियाे ।
अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले अग्रवाल धराैटीमा रिहा भएपनि उनी नियमित तारेखमा रहने बताए । अग्रवालले आदेशकाे केही मिनेटमै धराैटी बुझाएका थिए ।
उनी अदालत परिसरबाट बाहिरिनासाथै काठमाडाैं प्रहरीले नियन्त्रणमा लिएकाे डीएसपी हाेविन्द्र बाेगटीले जानकारी दिए । विभागमा बुझाउन नियन्त्रणमा लिएकाे बाेगटीले बताए ।
सम्बन्धित समाचारः ग्राहकको भेषमा रहेका प्रहरीलाई थर्मल गन बेच्न आएका थिए अनरेरी कन्सल सुलभ अग्रवाल
महानगरीय अपराध महाशाखाले अग्रवाललाई ६७ थान थर्मल गन बेच्न आउदा रंगेहात पक्राउ गरेकाे थियाे ।
ग्राहक भेषमा रहेका प्रहरीले जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका संचालक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत (अनरेरी कन्सल) सुलभ अग्रवाललाई थर्मल गन र उनले चढेकाे निलाे प्लेटकाे गाडी सहित नियन्त्रणमा लिएकाे थियाे ।
सम्बन्धित समाचारः कूटनीतिक नम्बरकाे गाडीमा थर्मल गनकाे कालाेबजारी, अनरेरी कन्सल सुलभ अग्रवाल पक्राउ
उनले प्रयाेग गरेकाे कुटनीति नम्बर प्लेट भएकाे २०९–एचसीसी–१ नम्बर गाडीमा बेच्न ल्याएकाे ६७ गाेटा कन्टेक कम्पनीका इन्फ्रारेड थर्माेमिटर बरामद गरेकाे थियाे । थप अनुसन्धानमा उनले चीनबाट मगाएका स्वास्थ्य सामाग्रीकाे कालाेबजारी गरिररहेकाे खुलेकाे थियाे । यसकाे बिस्तृत अनुसन्धान बाणिज्य विभागले गर्नेछ ।
परराष्ट्र मन्त्रालयले यही घटना लगत्तै मन्त्रीस्तरीय निर्णयबाट उनले पाएका सबै सुविधा रद्द गर्नुका साथै अन्य अवैतनिक दूतहरूका हकमा समेत निलाे प्लेटकाे गाडी चढन राेक लगाएकाे थियाे ।
सम्बन्धित समाचारः परराष्ट्र मन्त्रालय भन्छ ‘कालोबजारी गर्ने कन्सुलरका विषयमा किर्गिस्तानलाई जानकारी गराउँछौं ’