घाइते अवस्थामा भेटिएकी पूर्व सचिव कार्कीकी श्रीमतीको मृत्यु
आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ । बिहान ११ बजे घरको भान्सामा अचेत अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरको स्टार हस्पिटल लगिएको थियो । अस्पताल पुर्याएको केही समयपछि उनको मृत्यु भएको कार्कीकै आफन्त पवित्र कार्कीले पुष्टि गरेका छन् ।
पूर्व सचिव कार्कीकी श्रीमतीलाई उनकै घरमा राखिएका कामदारले हत्या प्रयास गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दाङका विजय चौधरी विगत पाँच वर्षदेखि कार्कीको घरमा काम गरिरहेका थिए ।
कमदार चौधरी पनि मृत अवस्थामा फेला परेका छन् । सोही स्थानमा पूर्व सचिव कार्कीकी श्रीमती मुना कार्की घाइते भेटिएकी थिइन् ।
उनको दुईवटै हात बाँधिएको अवस्थामा भेटिएको र टाउकोमा धारिलो वस्तु प्रहार गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ ।
यो पनि: