खेलकुदबिहिवार, फाल्गुण ३, २०७४

नेपाल डिभिजन २ को उपविजेता, युएईसँग ७ रनले पराजित

हिमालखबर

युएईसँग फाइनलमा फराजित भएपछि टीम नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेतामा चित्त बुझाएको छ । नामिबियामा ३ फागुनमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले २७० मात्रै जोड्यो । ८ विकेट क्षतिमा ५० ओभर खेल्दा टीम नेपालका कप्तान पारस खड्काले १०३ बलमा ११२ रन जोडे ।
समूह चरणको खेलमा भने नेपालले युएईलाई चार विकेटले पराजित गरेको थियो । नेपाल र युएई दुबैले डिभिजन १ मा प्रवेश गर्दै विश्वकप छनोट यात्रा पक्का गरिसकेको छ ।   
नामिबियालाई पराजित गर्दै क्यानडा तेस्रो र केन्यालाई पराजित गर्दै ओमन पाँचौ भएको छ ।

 

प्रतिकृया दिनुहोस