रवीन्द्र अधिकारीको सम्झनामा फोटो प्रदर्शनी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको सम्झनामा फोटो प्रदर्शनी शुरु भएको छ ।
आज काठमाडौंको सिनामंगलस्थित ‘एभियसन म्यूजियम’मा अधिकारीकी पत्नी विद्या भट्टराई र पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
प्रदर्शनीमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी एभियसन म्यूजियममा घुम्न जाँदा खिचिएका तस्वीरहरु राखिएको छ ।
प्रदर्शनी आजदेखि १० जेठसम्म म्यूजियमको हुम्ला हलमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा राखिएका ३० मध्ये नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठका पाँच फोटो पनि समावेश छन् ।
१५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।
पढ्नुहाेस्: