नेशनललाई सम्बन्धनका लागि पैसा दिन खोजेकै होः बसुरुद्दीन अन्सारी, प्रबन्ध निर्देशक
अहिले काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालन गर्न लागिएको अनामनगरको भवन अपार्टमेन्ट बनाउने उद्देश्यले शुरु गरिएको थियो ।
दुई तला बनाइसकेपछि अपार्टमेन्टभन्दा मेडिकल कलेज पो चल्छ कि भन्ने कुरा चल्यो । मन्त्रीहरूसँग सल्लाह भयो ।
तत्कालीन शिक्षा मन्त्री गंगालाल तुलाधरले ‘मेडिकल कलेज सञ्चालन गर्ने भए मन्त्रालय आशयपत्र दिन तयार रहेको’ बताउनुभयो । त्यसपछि हामीले मेडिकल कलेजको ढाँचामा भवन बनायौं ।
डा. गोविन्द केसीको अनशनपछि काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने भनियो ।
पैसा दिएर भए पनि सम्बन्धन लिन खोजेकै हो । तर, केही लागेन । र, अदालत जान बाध्य हुनुपर्यो ।
सर्वोच्च अदालतले सम्बन्धन दिन परमादेश जारी गरेपछि भने कलेज संचालनको प्रक्रियामा लागेका छौं ।
(अन्सारीसँगको कुराकानीमा अाधारित)
यो रिपोर्ट पनि हेरौं: चिकित्सा शिक्षामा सुधार रोक्ने दुष्प्रयास: नेशनललाई सम्बन्धन