अनुसन्धानका लागि आलमलाई सात दिन हिरासतमै राख्न आदेश
जिउँदै मान्छे जलाएर मारेको आरोप लागेका निलम्वित सांसद महमद आफताव आलमलाई सात दिने हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।
२६ असोजमा पक्राउ गरिएका आलमलाई थुनुवा म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । २७ चैत २०६४ मा आलमले बम बनाउने क्रममा बिस्फोट भएर मृत्यु भएका र घाइतेहरुलाई बोरामा हालेर ईटाभट्टीको आगोमा झोसेर मारेको आरोप लागेको छ ।
१२ अगाडि हत्या गरेको आरोपमा २०६५ मै किटानी जाहेरी परेको थियो । तर, प्रहरी अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिएनन् ।
२४ असार २०७६ मा फेरि महान्यायाधिवक्ताको कार्यालयले रौतहट प्रहरीलाई यसबारे जानकारी गराउन पत्र लेखेपछि प्रहरीले रौतहट–२ बाट निर्वाचित सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।