पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना-६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।
पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए। पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहले बताए।
वर्षा याम शुरू भएसँगै नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध हुँदै आएको छ। असार दोस्रो सातायता पाँच पटक अवरुद्ध भइसकेको छ।