संसद्मा परराष्ट्र मन्त्रीको राजीनामा माग
प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदको राजीनामा मागिएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद असिम साहले परराष्ट्र मन्त्री साउदको राजीनामा मागेका हुन्। भारतीय टेलिभिजलाई दिएको अन्तर्वार्तामा भारतको संसद्मा राखिएको नक्शाका विषयमा जानकारी नभएको बताएका थिए।
परराष्ट्र मन्त्री साउदले भनेका थिए, “हेर्नुस्, यो मुराल (भित्तेचित्र)को कुरा हामीलाई जानकारी छैन। र, जुन कुरा हाम्रो जानकारीमा छैन, त्यसबारे भारतले नै आफ्नातर्फबाट बोल्छ।”
भारतको संसद्मा ‘अखण्ड’ भारत भनेर राखिएको नक्शामा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। यस विषयमा परराष्ट्र मन्त्रीले गैरजिम्मेवार जवाफ दिएको भन्दै सांसद साहले राजीनामा मागेका हुन्।