एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख पुरस्कार
सरकारले एसीसी प्रिमियर कप विजेता प्रत्येक खेलाडीलाई ६ लाख पुरस्कार दिने निर्णय गरेको छ।
काठमाडौंमा आयोजित एसीसी प्रिमियर कप जित्दै नेपाल एशिया कपका लागि छनोट भएको छ। विजेता खेलाडी र अफिसियलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरूप ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको बताएका हुन्।
त्यस्तै, अफिसियललाई जनही तीन लाख रुपैयाँ दिइने प्रधानमन्त्री दाहालले बताए। खेलाडी तथा अफिसियलसँगको छलफलमा प्रधानमन्त्री दाहालले क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। अहिले भएका रङ्गशालाको स्तरोन्नति गरिने उनको भनाइ थियो।
वैशाख १९ मा भएको फाइनल खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एशिया कपका लागि छनोट भएको थियो।