रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भएको छ।
न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा बसेकाले लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको हो।राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेल ‘सफल’ ले दर्ता गरेको रिट मंगलबार न्यायाधीश सिन्हाको एकल इजलासमा परेको थियो।
पौडेलले महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोख्रेल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर टेकु, निर्वाचन आयोग र रवि लामिछानेलाई प्रतिवादी बनाएका छन्।