बारा-२ मा को बलियो?
मंसीर ४ मा जसपाबाट वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित बारा-२ मा विभिन्न दलले चुनाव जित्ने दाबी गरिरहेका छन्।
आउँदो उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेल, जनमत पार्टीका शिवचन्द्र कुसवाहा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सोनेलाल साहले उम्मेदवारी घोषणा गरेका छन्।
यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। उपराष्ट्रपति यादवले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र कुसवाहालाई ३५४ मतले पराजित गरेका थिए। उनै कुसवाहा अहिले सत्ता साझेदार जनमत पार्टीबाट उम्मेदवार बन्ने भएका छन्।
त्यति वेला जसपालाई नेकपा (एमाले)ले समर्थन गरेको थियो भने माओवादीका उम्मेदवार कुसवाहाले नेपाली कांग्रेस लगायत गठबन्धन दलको समर्थन पाएका थिए। गत निर्वाचनको तालमेल समीकरण भने अहिले फेरिएको छ।
वैशाख १० को उपनिर्वाचनमा सत्तारूढ कांग्रेस र माओवादीले जसपाका यादवलाई सहयोग गर्ने भएका छन्। एमालेले निर्णय गरिसकेको छैन।
मंसीर ४ मा भएको निर्वाचनमा समानुपातिकतर्फ जसपाले सर्वाधिक १३ हजार २४२ मत पाएको थियो। कांग्रेसको ११ हजार १७९, एमालेको नौ हजार १९३, जनमत पार्टीको आठ हजार ८४६ र लोकतान्त्रिक समाजवादी पार्टीको चार हजार २३५ मत थियो।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले तीन हजार ७९४ र नेपाल समाजवादी पार्टीसँग एउटै चिह्नबाट चुनाव लडेको माओवादीले तीन हजार २६५ मत पाएको थियो।
बारा-२ मा समानुपातिकतर्फ दलहरूलाई प्राप्त मत
जनता समाजवादी पार्टी: १३,२४२
नेपाली कांग्रेस: ११,१७९
नेकपा (एमाले): ९,१९३
जनमत पार्टी: ८,८४६
लोकतान्त्रिक समाजवादी पार्टी: ४,२३५
नागरिक उन्मुक्ति पार्टी: ३,७९४
माओवादी र नेपाल समाजवादी पार्टी: ३,२६५
नेपाल संघीय समाजवादी पार्टी: २,३६६
नेकपा (एकीकृत समाजवादी): १,९९६
राष्ट्रिय स्वतन्त्र पार्टी: १,४५५
राष्ट्रिय प्रजातन्त्र पार्टी: ९९२
नेपाल जनता पार्टी: ७०८
पिछडावर्ग निषाद दलित जनजाति पार्टी: ४६२
नेपाल लोकतान्त्रिक पार्टी: ३५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा: २००
नेकपा (माले): १८१
नेपालका लागि नेपाली पार्टी: १५१
हाम्रो नेपाली पार्टी: १२४
राष्ट्रिय जनमोर्चा: ९७
नेपाली जनता दल: ९५
नेपाल मजदूर किसान पार्टी: ९२
एकल चिह्न गितार: ९१
नेपाल समावेशी पार्टी: ८९
नेपाल कम्युनिष्ट पार्टी: ८८
जनजागरण पार्टी नेपाल: ६६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ६३
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन: ६३
तराई मधेश लोकतान्त्रिक पार्टी: ५९
मितेरी पार्टी नेपाल: ५६
नेपाली कांग्रेस (बीपी): ५६
मंगोल नेशनल अर्गनाइजेशन: ५२
जनता प्रगतिशील पार्टी नेपाल: ५२
राष्ट्रिय जनमुक्ति पार्टी: ४७
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल: ४४
नेकपा मार्क्सवादी (पुष्पलाल): ४२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल: ४०
एकीकृत शक्ति नेपाल: ३६
जनसमाजवादी पार्टी नेपाल: ३२
बहुजन शक्ति पार्टी: २९
मौलिक जरोकिलो पार्टी: २३
बहुजन एकता पार्टी नेपाल: २३
विवेकशील साझा पार्टी: २२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: १८
आमूल परिवर्तन मसिहा पार्टी नेपाल: १७
नेकपा माओवादी समाजवादी: १६
नेश्नलिष्ट पिपल्स पार्टी: १२
राष्ट्रिय नागरिक पार्टी: १०