पपुवा न्यूगिनी विरुद्ध बलिङ गर्दै नेपाल
आईसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी विरुद्ध बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो। आजको खेलको रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन्।
नेपाल पपुवा न्यूगिनी विरुद्धको आजको खेल र यूएई विरुद्धको अन्तिम खेलमा जित निकाल्दै आईसीसी विश्वकप क्वालिफायर खेल्ने लक्ष्यमा छ। यी दुई खेल जितेमा नेपालले ४० अङ्क सहित लिग-२ को तेस्रो स्थानमा रहँदै आईसीसी विश्वकप क्वालिफायर खेल्न पाउनेछ।
आइतबार भएको खेलमा यूएईलाई पराजित गर्दै नेपाल ३६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ। यसअघि चौथो स्थानमा रहेको अमेरिका पाँचौं स्थानमा झरेको छ। अमेरिकाको ३५ अङ्क छ। स्कटल्यान्ड ५० अङ्क, ओमन ४४ अङ्क र नामिबिया ३९ अङ्क सहित शीर्ष तीन स्थानमा छन्।
लिग-२ का शीर्ष पाँच टोलीको एकदिवसीय वरीयता कायम रहनेछ। नेपालले यूएई विरुद्धको खेलमा जित निकाल्दै एकदिवसीय वरीयता कायम राखेको छ।