कांग्रेसको समानुपातिकमा शेखर कोइराला पक्षका जम्मा १३ जना (सूची सहित)
नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्द सूचीमा डा. शेखर कोइराला–गगन थापा पक्षका जम्मा १३ जना परेका छन्।
प्रतिनिधि सभाको समानुपातिकतर्फका ११० जनामध्ये बाँकी संस्थापन पक्षका छन्। कांग्रेसका एक नेताका अनुसार शेखर–गगन समूहबाट केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ।
समानुपातिकमा करीब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापनलाई दबाब दिन नयाँ बानेश्वर र थापाथलीमा भेला गरेको छ। शेखर समूहले ४० प्रतिशत उम्मेदवारी माग गरेको छ।
यो समूहले पार्टी सभापति शेरबहादुर देउवा नसच्चिए विद्रोह गर्ने चेतावनी दिएको छ।