कांग्रेसका प्रभावशाली नेता नै समानुपातिकमा (सूची सहित)
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्रीहरू पनि प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा परेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा पूर्व मन्त्रीदेखि प्रभावशाली नेता रहेका छन्। कांग्रेस सभापतिको उम्मेदवार समेत बनेका पूर्व मन्त्री विमलेन्द्र निधि पनि समानुपातिकमा परेका छन्।
त्यस्तै, कांग्रेस प्रवक्ता एवं पूर्व मन्त्री प्रकाशशरण महत पनि समानुपातिक सूचीमा छन्। पूर्व मन्त्रीहरू आनन्दप्रसाद ढुंगाना, गोपालमान श्रेष्ठ र रोमी गौचन थकाली समानुपातिक सूचीमा छन्।
यसै गरी, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि समानुपातिकको बन्दसूचीमा परेका छन्।