संशोधन-मण्डलले पुस्तक मेला आयोजना गर्दै, कुन किताबमा कति छुट?
इतिहासका त्रुटि र कमीकमजोरी सच्याउँदै आएको संशोधन-मण्डलले दुई दिने पुस्तक मेला आयोजना गर्ने भएको छ।
असोज २ र ३ गते काठमाडौंस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा पुस्तक मेला आयोजना गर्न लागिएको जनाइएको छ। संशोधन-मण्डलले प्रकाशन प्रारम्भ गरेको सात दशक पुगेको अवसरमा मेला आयोजना गर्न लागेको इतिहासकार डा. महेशराज पन्तले जानकारी दिए।
२००९ असोज ५ गते संशोधन-मण्डलले प्रकाशन शुरू गरेको थियो। यसअघि २०६६ सालमा एकदिने पुस्तकमेला आयोजना गरेको थियो।
मेलामा पूर्णिमा, गोरखाको इतिहास, नेपाली इतिहासको परिवेश, प्राचीन गणित र नवीन गणितको तुलना, सावधान पत्र, बडागुरुज्यू विजयराज सम्बन्ध पत्रहरू लगायत ४५ वटा पुस्तक छुट सहित पुस्तक बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।