१६५ मध्ये सबैभन्दा कम मतान्तरले हारजित भएका १३ क्षेत्र
आगामी प्रतिनिधि सभाको निर्वाचनको घोषणासँगै चुनावी चहलपहल शुरू भएको छ भने दलहरू आन्तरिक तयारीमा जुटेका छन्।
सत्तारूढ पाँच दलीय गठबन्धनमा सीट बाँडफाँडकै विषयमा दुई सातादेखि छलफल चलिरहेको छ। प्रमुख प्रतिपक्ष पनि चुनावी तयारीका लागि आन्तरिक बैठक तथा छलफलमा व्यस्त छ ।
यस्तो वेला २०७४ सालको निर्वाचनको पनि चर्चा हुन थालेको छ। विशेष गरेर सत्तारूढ गठबन्धनमा त्यसैलाई आधार बनाएर सीट बाँडफाँड गर्नुपर्ने नेपाली कांग्रेस बाहेकका चार दलले मत राखेका छन्।
गत निर्वाचनमा प्रतिनिधि सभाका १३ सीटमा कडा प्रतिस्पर्धा भएको थियो। ती निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतले हारजित भएको थियो। सबैभन्दा कम हुम्लामा ४७ मतले हारजित भएको थियो।
कम मतले हारजित भएका क्षेत्र:
मोरङ ६
लालबाबु पण्डित (एमाले) : ३३,९४१
डा. शेखर कोइराला (कांग्रेस) : ३३,२६६
राजेश्वर श्रीवास्तव (फोरम) : ५,२६१
सुनसरी ३
विजयकुमार गच्छदार (कांग्रेस) : ३८,९७२
भगवती चौधरी (एमाले) : ३८,६५१
पदमकुमार अधिकारी (फोरम) : १,८५४
उदयपुर १
नारायण खड्का (कांग्रेस) : ३३,१४२
मञ्जुकुमारी चौधरी (एमाले) : ३२,५९४
रामप्रसाद चौलागाईं (माले) : १,२९५
सर्लाही १
प्रमोद साह (राजपा) : २२,०३६
ध्रुवप्रसाद गौतम (एमाले) : २१,४६५
शम्भुलाल श्रेष्ठ (कांग्रेस) : २०,०७५
धादिङ २
खेमप्रसाद लोहनी (एमाले) : ३६,२५६
दिलमान पाख्रिन (कांग्रेस) : ३५,६१६
राममाया परियार (जनता दल) : ५७७
काठमाडौं १
प्रकाशमान सिंह (कांग्रेस) : १०,९३६
रवीन्द्र मिश्र (साझा) : १०,११८
अनिलकुमार शर्मा (माओवादी) : ५,३३६
काठमाडौं ८
जीवनराम श्रेष्ठ (एमाले) : १३,३९७
नवीन्द्रराज जोशी (कांग्रेस) : १२,९५३
पुकार बम (विवेकशील) : ४,४१४
मनाङ
पाल्देन छोपाङ गुरुङ (एमाले) : २,३००
टेकबहादुर गुरुङ (कांग्रेस) : २,०२१
मुस्ताङ
प्रेमप्रसाद तुलाचन (एमाले) : ३,५४४
रोमी गौचन थकाली (कांग्रेस) : ३,१८१
कपिलवस्तु १
चक्रपाणि खनाल (माओवादी) : २९,७९९
दीपकुमार उपाध्याय (कांग्रेस) : २८,८५३
अब्दुल रसिद खाँ (फोरम) : ११,८१२
बर्दिया १
सञ्जयकुमार गौतम (कांग्रेस) : ४४,८२९
वामदेव गौतम (एमाले) : ४४,०७६
नरबहादुर बोहरा (माले) : २,३७२
हुम्ला
छक्कबहादुर लामा (स्वतन्त्र) : ८,४९१
मंगलबहादुर शाही (कांग्रेस) : ८,४४४
कञ्चनपुर ३
दीपकप्रकाश भट्ट (एमाले) : २६,३६४
रमेश लेखक (कांग्रेस) : २६,१०६
दीपेन्द्र कार्की (विवेकशील): ३०३