काठमाडौं महानगरमा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै सङ्कलन
काठमाडौं महानगरपालिकामा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गरिने भएको छ।
फोहोर सङ्कलन हप्तामा चार दिने हुने महानगरले जनाएको छ। जसमा आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गरिने भएको छ।
फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्नेछ। वर्गीकरण नगरिए सङ्कलन नगरिने र प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गरिने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ।
वातावरण तथा कृषि विभागले भनेको छ‚ ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’