कानून मन्त्री पनि बने वरिष्ठ अधिवक्ता
कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ ले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्।
बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले शर्मालाई पनि वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। सर्वोच्चले बुधबार १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।
उनीहरूमध्ये कानूनमन्त्री शर्माको नाम ७६औं नम्बरमा छन्। २०५० सालमा अधिवक्ताको प्रमाणपत्र पाएका बन्दी दर्ता नं. ३९३५ रहेको छ।
उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कानून मन्त्री बनेका हुन्।