सर्वोच्चले दियो १३३ अधिवक्तालाई वरिष्ठको उपाधि (सूची सहित)
सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।
बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको सर्वोच्चका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिएका छन्।