एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ: ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको न्याशनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँगको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले एसपीपीबारे अहिलेसम्म भएका काम-कारबाही बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। “मलाई विश्वास छ, प्रधानमन्त्रीले एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनेछन्,” ओलीले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले सत्यतथ्य बाहिर ल्याउनुपर्छ।”
कसको पालामा के भयो भनेर मात्रै नपुग्ने ओलीको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा एसपीपीबारे कुनै जानकारी नदिएको उनले दाबी गरे।
एसपीपीमा सहभागिताका लागि नेपाली सेनाले ओली प्रधानमन्त्री हुँदा काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको थियो। त्यति वेला रक्षा मन्त्रालयबाट अनुमति लिएरै पत्राचार गरिएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बताएका थिए।
तर, ओलीले भने त्यसलाई अस्वीकार गरे। त्यति वेला आफूलाई कुनै जानकारी नदिएको जिकिर गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे।
एसपीपीबारे विस्तृत रिपोर्ट :