इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
पटक पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा सभामुखको ध्यानाकर्षण गराएका थिए। सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए।
सभामुख सापकोटाले भने, “माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु।”
नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिलाई लिएर सदनदेखि सडकसम्म विरोध भइरहेको छ।