गाडी भाडा पनि बढ्यो, कुन रूटमा कति?
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा पनि बढेको छ।
यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो। यात्रुवाहक सवारी साधनमा ५.३ प्रतिशतले भाडा बढाइएको छ।
त्यस्तै, ढुवानीका साधनको पहाडी रुटमा ६.९४ प्रतिशतले भाडा बढेको छ। तराईका रुटमा ७.७ प्रतिशतले ढुवानी भाडा बढेको छ।