एसपीपी मान्दैनौं‚ १० बुँदे पत्र नक्कली हो: प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित शर्माले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुन सरकारलाई नेपाली सेनाले पत्र समेत लेखिसकेको बताए।
यस्तै‚ उनले पछिल्लो समय विभिन्न सञ्चार माध्यममा सरकारले १० बुँदे एसपीपी सम्झौता गरेको भनी प्रकाशित सामग्री सत्य नभएको दाबी गरेका छन्। उनले भने‚ “एसपीपीको डकुमेन्ट सरकारी होइन‚ भ्रम पार्न ल्याएको हुनुपर्छ।”
प्रधानसेनापति शर्माले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी दूतावासलाई २७ अक्टोबर २०१५ मा अमेरिकी दूतावासलाई लेखेको पत्र आधिकारिक भएको बताएका हुन्। उनले उक्त पत्र प्रधामन्त्रीसँग अनुमति लिएर लेखको प्रष्टीकरण दिए।