एसपीपीको च्याप्टर अन्त्य भइसक्यो‚ खोतलखातल गर्न जरुरी छैनः परराष्ट्रमन्त्री खड्का
परराष्ट्र मन्त्री नारायण खड्काले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)को विषय अन्त्य भइसकेको बताएका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उनले एसपीपीको विषय अन्त्य भइसकेकाले खोतलखातल गर्न जरुरी नभएको बताए।
“च्याप्टर अन्त्य भयो। अब खोतलखातल पार्नु जरुरी छैन‚” उनले भने‚ “एसपीपीबारे अब कुन तहबाट भन्नुपर्ने?”