ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि बलात्कार घटनालाई अनुसन्धानको दायरमा ल्याउन गगन थापाको माग
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथिको बलात्कार घटनालाई अनुसन्धानको दायरामा ल्याउन सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले बलात्कार घटनालाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई निर्देशन दिन सांसद थापाले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे। युवतीमाथि ब्यूटी पेजेन्ट आयोजकले नै बलात्कार गरेको घटना सार्वजनिक भइसक्दा पनि सम्बन्धित निकालयले ध्यान नदिएको उल्लेख गर्दै यो घटनालाई अनुसन्धानको दायरामा ल्याउन संसद्ले सरकारलाई निर्देशन दिनुपर्ने थापाको भनाइ थियो।
आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेशनल’ मा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको पीडित युवतीले केही दिनअघि सार्वजनिक गरेकी छन्। यो घटना सार्वजनिक भएसँगै पीडित युवतीको पक्षमा प्रदर्शन हुन थालेको छ।
प्रतिनिधि सभामा बोल्दै सांसद थापाले बलात्कारका घटनामा हदम्याद हटाउनुपर्ने बताए। उनले बलात्कार घटनामा हदम्याद हटाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिन थापाले सभामुखसँग आग्रह गरे।