बलात्कार विरुद्ध बालुवाटारमा प्रदर्शन (तस्वीर)
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गर्ने आयोजकलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।
आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेशनल’ मा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको पीडित युवतीले केही दिनअघि सार्वजनिक गरेकी थिइन्। टिकटक मार्फत पीडित युवतीले आफूमाथि अन्याय भएको सार्वजनिक गरेपछि उनको पक्षमा प्रदर्शन भएको हो।
शुक्रबार युवा तथा अधिकारकर्मीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन्। उनीहरू दोषीमाथि कारबाही गर्न माग गरेका छन्। बलात्कार तथा यौनजन्य हिंसामा उजुरीको हदम्याद हटाउन, फास्ट ट्र्याकबाट सुनुवाइको व्यवस्था गर्न पनि माग गरेका छन्।