राष्ट्रिय सभा निर्वाचनमा यी हुन् कांग्रेसका ६ उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। १२ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै छ।
कांग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि सोमबार बिहान बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको भागबण्डा गरेको थियो। जसमा कांग्रेसको भागमा ६ सीट परेका थिए। तिनै सिटका लागि कांग्रेसले उम्मेदवार छनोट गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मत दिन आफ्ना प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई आह्वान गर्ने निर्णय समेत गरेको छ।