बागमतीमा फेरि थपिए ६ मन्त्री, १८ सदस्यीय बन्यो मन्त्रिपरिषद्
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ शपथ लिएका छन्।
शुक्रबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
कांग्रेसका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम पौडेलले शपथ लिएका छन्।
त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई प्रदेश प्रमुख शर्माले शपथ खुवाएका छन्।
योसँगै बागमती प्रदेशमा मुख्यमन्त्री सहित १८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। जसमा १३ मन्त्री र चार राज्यमन्त्री छन्।