कांग्रेस केन्द्रीय कार्यालय र महाधिवेशनस्थल वरिपरि प्रचार सामग्री राख्न निषेध
नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाइएको छ।
केन्द्रीय निर्वाचन समितिद्वारा बुधबार जारी आचारसंहितामा सानेपास्थित केन्द्रीय कार्यालय र राष्ट्रिय सभा गृह तथा भृकुटीमण्डप वरपर प्रचार सामग्री राख्न निषेध गरिएको उल्लेख छ।
उम्मेदवारहरूले भिजिटिङ कार्ड र सामान्य अपील भने वितरण गर्न पाइने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
घिमिरले मतदानस्थलमा मोबाइल फोन लैजान नपाइने बताए ।
२५ मंसीरमा उम्मेदवारी दर्ता र २७ मंसीर बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ।