यी हुन् कांग्रेसका ४३१९ महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। जसमा प्रदेश २ को केही क्षेत्र बाहेक देशभरका ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम समावेश छ।
प्रदेश २ को सर्लाही, महोत्तरी र रौतहटका केही क्षेत्रमा विवाद छ। जसले गर्दा त्यहाँका महाधिवेशन प्रतिनिधि समावेश गरिएका छैनन्।
कांग्रेसको १४औं महाधिवेशन २४ देखि २७ मंसीरमा काठमाडौंमा हुँदै छ। त्यसका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली २४ मंसीर बिहान १० बजे सार्वजनिक गरिनेछ।
कांग्रेस महाधिवेशन २४ मंसीरमा भृकुटीमण्डपमा उद्घाटन हुँदै छ भने २७ मंसीरमा भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल प्रहरी क्लबमा निर्वाचनका कार्यक्रम हुनेछन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावलीः