राष्ट्रपति भण्डारी मनाङको स्याउबारीमा
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान मनाङ पुगेकी छन्।
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन्। उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउबारीको अवलोकन गरेकी छन्।
सांसद गुरुङको स्याउबारी ७३५ रोपनी क्षेत्रफलमा रहेको छ। यसमा गाला, फुजी, गोल्डेन लगायत स्याउ उत्पादन भइरहेका छन्।
तीन दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनीको भ्रमण गरेकी थिइन्। त्यसअघि शनिबार मुक्तिनाथ र ढोरपाटन शिकार आरक्षको अवलोकन गरेकी थिइन्।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीको तीन दिने भ्रमण कार्यक्रम तय गरिएको थियो। आज तेस्रो दिन मनाङको भ्रमण गरिरहेकी छन्।
कस्तो छ राष्ट्रपति भण्डारी पुगेको स्याउबारी?