महाव्याधिको तेस्रो लहर रोक्ने हो भने...
भाइरोलोजिस्ट तथा जनस्वास्थ्यविद्हरूले अनुमानित सय दिन आसपास कोभिड-१९ को तेस्रो लहर शुरू हुनसक्ने प्रक्षेपण गरेको सन्दर्भमा यसबीचको समयलाई खोप, स्वास्थ्य पूर्वाधार, पर्याप्त जनशक्ति आदिको व्यवस्थापनमा उपयोग गर्नुको विकल्प छैन।
गत ३ साउनमा राखिएको पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत दिन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलोदेखि तेस्रो प्राथमिकता खोप रहेको बताए। कुनै कुरा एक पल्ट भनिँदा त्यो केवल बोली वा अभिव्यक्ति हुन्छ, त्यही कुरा तीन पल्ट दोहोर्याइँदा संकल्पमा परिणत हुन्छ।
परम्परावादी मुसलमान तीन पटक तलाक भन्दै पारपाचुके लिन्छन्। हिन्दू धर्ममा त तीन बोली ढुङ्गामा अक्षर कोरिनु समान मानिन्छ। देउवा भर्खरै मात्र सत्तामा आसीन भएकाले उनको तीन बोली कति छिटो कर्ममा अनुवाद हुन्छ, त्यो आउने दिनले देखाउनेछ। यद्यपि, सत्ताका मामिलामा 'भाग्यमानी' देउवा खोपमा पनि भाग्यमानी नै देखिएका छन्। उनको सत्तारोहण पूर्व नै मुलुकमा लाखौं डोज खोप भित्रिइसकेकाले उनको कार्यकालको औपचारिक थालनी पनि खोप कार्यक्रमबाटै भएको छ।
देउवाका पूर्ववर्ती प्रम केपी शर्मा ओलीले सिंहदरबारको बिदाइ भाषण र बालकोटस्थित निजी निवासको बार्दलीबाट खोपको आयातलाई आफ्नो सफलताका रूपमा व्याख्या गरे। लाख मात्र नभएर करोडौं डोज खोपको आयात उनको सरकारले नै सुनिश्चित गरिसकेकाले त्यो जसको भागीदार स्वयं भएको ओलीको दाबी थियो। मुलुकमा खोप भित्र्याएको दाबी देउवा वा ओली जोसुकैले गरून्, त्यो आम नागरिकका लागि गौण हो। राम्रो कामका लागि उनीहरूबीच होडबाजी भएकै रहेछ भने त्यो झन् सुखद कुरा हो।
बेलायतको हिजोआजकै संक्रमणको आँकडा हेर्ने हो भने त्यहाँ दैनिक ५० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्। यति ठूलो संख्याको संक्रमणबीच पनि खेलकुद प्रतियोगिता भव्य रूपमा सञ्चालन हुनु र बन्दाबन्दी वा निषेधाज्ञा नलगाइनुको अर्थ बेलायतले कोभिड-१९ प्रति छुट्टै रणनीति अवलम्बन गरेको प्रष्ट हुन्छ। देशका लगभग सबै वयस्क नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाइसकेका कारण त्यहाँ सरकार र जनतामा आत्मविश्वास बढेको हुनुपर्छ।
विश्वका कतिपय देशको दैनिक जनजीवन र चहलपहल हेर्दा कोभिड-१९ 'थियो र?' भने झैं देखिन्छ। महाव्याधिले सबैभन्दा बढी आक्रान्त बनाएको अमेरिका र बेलायतका तस्वीर र भिडिओ फुटेज हेर्दा जनजीवन सामान्य देखिन्छ। यूरो कपको सेमिफाइनल र फाइनल खेल हेर्न लन्डनको वेम्ब्ली रंगशालामा उर्लिएको मानवसागर देख्दा बेलायत 'न्यू नर्मल' मा फर्किएको भान हुन्छ। अझ रंगशालामा उपस्थित लगभग लाखको संख्याका दर्शकहरूमध्ये कसैले पनि फेस मास्क नलगाएको देख्दा बेलायत संक्रमणमुक्त भए झैं लाग्छ।
तर, वास्तविकता त्यहाँ पनि बेग्लै छ। किनकि, बेलायतको हिजोआजकै संक्रमणको आँकडा हेर्ने हो भने त्यहाँ दैनिक ५० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्। यति ठूलो संख्याको संक्रमणबीच पनि खेलकुद प्रतियोगिता भव्य रूपमा सञ्चालन हुनु र बन्दाबन्दी वा निषेधाज्ञा नलगाइनुको अर्थ बेलायतले कोभिड-१९ प्रति छुट्टै रणनीति अवलम्बन गरेको प्रष्ट हुन्छ। देशका लगभग सबै वयस्क नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाइसकेका कारण त्यहाँ सरकार र जनतामा आत्मविश्वास बढेको हुनुपर्छ। अर्कातिर, बल्झिइरहने कोभिड-१९ जस्तो महाव्याधिका लागि पटक-पटक बन्दाबन्दीमा जानु भनेको अर्थतन्त्रको बर्बादी मात्र हुने बुझाइ पश्चिमा देशमा पाइन्छ।
कोरोना महाव्याधिको पहिलो लहरसँग तुलना गर्ने हो भने दोस्रो लहरमा संक्रमण दर अत्यधिक हुँदाहुँदै पनि मृत्युदर भने न्यून छ। यसका दुई स्वाभाविक कारण छन्। पहिलो, लगभग सबै वयस्क (कतिपय देशमा १२ वर्षभन्दा माथिका पनि) जनसंख्याले खोप लगाइसकेका कारण संक्रमित नै भए पनि उनीहरू हत्तपत्त ज्यान गुमाउने अवस्थामा पुग्दैनन्। दोस्रो चाहिँ, कोभिड-१९ को अचुक औषधि फेला नपरे पनि विगत डेढ वर्षको अनुभव र स्वास्थ्य संरचनाका कारण अस्पताल भर्ना भएकाहरू अपवादका रूपमा मात्र मृत्युको मुखमा पुग्छन्।
दैनिक संक्रमणको आँकडा र अस्पतालमा बिरामी भर्नाको अवस्थाको मिहिन विश्लेषण गर्दा, नेपाल अझै पनि कोभिड-१९ को हटस्पट देखिन्छ। थोरै परीक्षण र त्यसमा पनि २० प्रतिशतभन्दा बढी संक्रमित थपिने क्रम जारी नै छ, यसले कुनै पनि वेला संक्रमण डढेलोसरि फैलिनसक्ने खतरा देखाउँछ।
देश फरक भए पनि कोभिड-१९ विरुद्धको रणनीति विश्वभर समान देखिन्छ। त्यो हो, महाव्याधि उत्कर्षमा पुगेको वेला आपत्कालीन उपचारमा जुट्ने र संक्रमण सेलाएको समयलाई परीक्षण र खोपमा सदुपयोग गर्ने। हाम्रै दक्षिणी छिमेक भारतले दोस्रो लहरको कमीकमजोरीबाट शिक्षा लिँदै खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको छ। समाचारमा आए अनुसार वयस्क जनसंख्याको आधाभन्दा बढी (४० करोडभन्दा बढी) नागरिकलाई एक वा दुई डोज दिइसकिएको छ। अझ, हाम्रो उत्तरी छिमेक चीनले आफ्ना लगभग सबै वयस्क नागरिकलाई खोप दिइसकेको छ। राजधानी बेइजिङका एक करोड ७६ लाखभन्दा बढी अर्थात् वयस्क जनसंख्याको ९० प्रतिशत नागरिकलाई खोप दिइसकिएको तथ्यले पनि चीन कुन रफ्तारमा कोभिड-१९ सँग जुधिरहेको छ भन्ने देखाउँछ।
सन्निकट तेस्रो लहर
नेपालमा संक्रमणको दोस्रो लहर केही मत्थर भएसँगै निषेधाज्ञा खुकुलो पारिएको छ। शिक्षण संस्था, सिनेमाघर, नाटकघर लगायत केही क्षेत्र बाहेकका सबै क्षेत्र खुलाइएका छन्। साउन महीना लागेकाले विवाह-व्रतबन्धका लग्न नभएका कारण भोजभतेर लगभग बन्द छन्। होइन भने, झट्ट हेर्दा नेपाल पनि 'न्यू नर्मल' मा फर्किए झैं देखिन्छ।
तर, दैनिक संक्रमणको आँकडा र अस्पतालमा बिरामी भर्नाको अवस्थाको मिहिन विश्लेषण गर्दा नेपाल अझै पनि कोभिड-१९ को हटस्पट देखिन्छ। थोरै परीक्षण र त्यसमा पनि २० प्रतिशतभन्दा बढी संक्रमित थपिने क्रम जारी नै छ, यसले कुनै पनि वेला संक्रमण डढेलोसरि फैलिनसक्ने खतरा देखाउँछ। सरकारी अस्पतालहरूमा सामान्य बेडका संक्रमित घटे पनि आईसीयू अहिले पनि भरिभराउ छन्।
सांस्कृतिक तथा आर्थिक निर्भरतामा भारतसँग गाँसिएको नेपालमा कोभिड-१९ को प्रभाव पनि उतैबाट पर्ने गरेको छ। कोभिड-१९ कै पहिलो र दोस्रो लहरलाई हेर्ने हो भने भारतमा संक्रमण जति उचाइमा पुग्यो, नेपालमा पनि त्यसैगरी विस्तार भएको देखियो। तर, अहिले भारतमा संक्रमण दुई प्रतिशतमा झरिसक्दा पनि हामीकहाँ यो दर २० प्रतिशतभन्दा माथि नै छ। यसो हुनुको मुख्य कारण खोप हो। भारत आफैं खोप उत्पादक भएकाले उसले खोपका लागि अन्य मुलुकको मुख ताक्नुपर्ने अवस्था छैन, भलै ठूलो जनसंख्यालाई खोप लगाउन लामो समय लागोस्। हामीले दुई विशाल छिमेकीबीचको अवस्थितिको फाइदा यहीँनिर उठाउन सक्नुपर्नेछ। दुवै मुलुकबाट खोपको प्रबन्ध गर्नसके हामी ढुवानी र भण्डारणका हिसाबले पनि सुविधाजनक अवस्थामा हुनेछौं।
तर, परिदृश्य सुखद छैन। भारतमा उत्पादित अस्ट्राजेनेका (कोभिशिल्ड) लगाएका हाम्रा १३ लाखभन्दा बढी ज्येष्ठ नागरिक चार महीना बितिसक्दा पनि दोस्रो खोपको अनिश्चयमा छन्। नवनिर्वाचित प्रम देउवाले कूटनीतिक चातुर्य देखाउने मौका अहिले नै हो। भारतसँग थप खोप खरीद गर्न नसके पनि पहिले नै रकम भुक्तानी भई आपूर्ति गर्न बाँकी १० लाख खोप उनले अविलम्ब मुलुक भित्र्याएर ज्येष्ठ नागरिकको उद्धार गर्न सक्नुपर्छ। जापान र बेलायतले वाचा गरेका अस्ट्राजेनेका खोप सीधै नभएर 'कोभ्याक्स' कार्यक्रम मार्फत आउने भएकाले अझै समय लाग्ने देखिन्छ।
नेपाल, भारत र विश्वभरका भाइरोलोजिस्ट तथा जनस्वास्थ्यविद्ले अनुमानित सय दिन आसपास तेस्रो लहर शुरू हुनसक्ने प्रक्षेपण गरेको सन्दर्भमा, यो समय हाम्रा निम्ति पूर्व तयारीका हिसाबले 'सुनौलो समय' हो। अनुदान, खरीद र ऋण, जे-जस्तो माध्यमबाट हुन्छ, यो तीन महीनाबीच सबै वयस्क नागरिकलाई खोप लगाइनुपर्छ।
नेपाल, भारत र विश्वभरका भाइरोलोजिस्ट तथा जनस्वास्थ्यविद्ले अनुमानित सय दिन आसपास तेस्रो लहर शुरू हुनसक्ने प्रक्षेपण गरेको सन्दर्भमा, यो समय हाम्रा निम्ति पूर्व तयारीका हिसाबले 'सुनौलो समय' हो। अनुदान, खरीद र ऋण, जे-जस्तो माध्यमबाट हुन्छ, यो तीन महीनाबीच सबै वयस्क नागरिकलाई खोप लगाइनुपर्छ।
सम्भावित संक्रमण निम्ति स्वास्थ्य पूर्वाधार सँगसँगै आपत्कालीन जनशक्ति पनि तयार गरिनुपर्छ। किनकि, प्रकोप बढेका वेला मित्रराष्ट्रहरू, उदारमना संघसंस्था तथा नागरिकबाट भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण प्राप्त हुँदा पनि दक्ष स्वास्थ्यकर्मीको अभावमा ती थन्क्याइनुपरेको तीतो अनुभव हामीसँग छ।
स्वास्थ्यकर्मीको मनोबल कसैगरी पनि खस्किन दिनु हुँदैन। अहोरात्र खटिएका फ्रन्टलाइनरले सरकारबाट दिने भनिएको भत्ता नपाएको गुनासो अझै व्याप्त छ। सबैभन्दा महत्त्वपूर्ण त के भने, नयाँ सरकार गठन भइसक्दा पनि स्वास्थ्य मन्त्रीको टुङ्गो लाग्नसकेको छैन। सम्भव भएसम्म गठबन्धनभित्रैका योग्य सांसद, होइन भने संकटका वेला सार्थक भूमिका निर्वाह गर्नसक्ने गैरसांसदबाट भए पनि यो रिक्तता पूर्ति गरिनुपर्छ। सम्भावित तेस्रो लहरको समय घर्किनुअघि नै युद्ध स्तरमा होमिएर आफ्नो संकल्पलाई सार्थक बनाउने समय यही हो।