मनमोहनको सुरक्षाको जिम्मा पाउँदा...
पहिलो पल्ट मनमोहन अधिकारीलाई म १०/१२ वर्षको उमेरको छँदा भेटेको हुँ। राजनीतिक रूपमा भने २०२४ सालमा उहाँ जेलमुक्त भएर आएपछि एउटै संगठनमा बसेर काम गर्ने र लामो समय संगत गर्ने मौका मिल्यो।
१ पुस २०१७ मा राजा महेन्द्रले सैन्य ‘कू’ गर्दै सत्ता हातमा लिएपछि धेरै नेताहरू पक्राउ परे। चीनमा उपचार गरेर फर्किएका मनमोहन अधिकारी पनि पक्राउ पर्नुभयो। उहाँ २०२४ सालमा जेलमुक्त भएपछि सीधै हाम्रो पूर्व कोशी प्रान्तीय कमिटीमा आउनुभयो। त्यसपछि हामी नजिकियौं।
मनमोहनजी जेलमै रहँदा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन भयो। तुलसीलाल अमात्य महासचिव हुनुभयो। त्यसपछि पुष्पलाल श्रेष्ठ र तुलसीलालबीच मतभेद भयो। पार्टीमा दुईवटा हेडक्वार्टर भए।
खासमा झापामा भएको आन्दोलन वास्तविक नक्सलवादी आन्दोलन थिएन। हामीले पार्टीबाट अध्ययन गर्दा त्यो त भारतीय जासूस संस्था ‘रअ’ का एजेन्टले उचालेको नक्कली नक्सलवादी आन्दोलन रहेको पायौं।
केन्द्रीय समितिले काम गर्न नसकेपछि २०२१ कात्तिकमा भएको सातौं केन्द्रीय समिति बैठकले अर्को महाधिवेशन नभएसम्मका लागि प्रत्येक प्रान्तीय कमिटीले आ–आफ्नो प्रान्तमा दस्ताबेज तयार गरी काम गर्ने निर्णय गर्यो। त्यसपछि केन्द्रीय समिति निष्क्रिय भयो।
देशभर पार्टीका पाँचवटा प्रान्तीय कमिटी थिए। २०१७ सालको राजनीतिक घटनाक्रमपछि निष्क्रिय जस्तो बनेका ती कमिटीहरू बिस्तारै सक्रिय हुन थाले। हामी आबद्ध पूर्व कोशी प्रान्तीय कमिटीको लाइन थियो, नौलो जनवादी कार्यक्रम। हाम्रो कमिटीले संगठन विस्तार थालेपछि केशरजंग रायमाझी नेतृत्वको रसियन कम्युनिष्टहरूको संगठन खुल्यो। त्यस्तै, पुष्पलालहरूको पनि कमिटी बन्यो।
त्यसपछि नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी, नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी (केशरजंग समूह) र नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी (पुष्पलाल समूह) गरी तीन कम्युनिष्ट पार्टी देखा परे। पूर्व क्षेत्रमा रायमाझी समूहको प्रभाव बढी थियो। जसमा कृष्णप्रसाद श्रेष्ठ (बीए), इन्द्रबहादुर थापा, गोविन्द मोक्तान लगायत स्थानीय नेताहरू आबद्ध थिए।
हाम्रो पूर्व कोशीमा भने रामप्रसाद खनाल, म लगायत साथीहरू थियौं। म धरान एरिया कमिटीको सचिव थिएँ।
मनमोहनजी जेलबाट छुटे लगत्तै हामी आबद्ध पूर्व कोशीको सम्पर्कमा आउनुभयो। प्रान्तीय कमिटीको भूमिगत बैठक धरानको बाँझोगरामा थियो। उहाँसँग मेरो त्यहीँ भेट भयो। हामीसँग मनमोहनजीलाई सोध्ने केही प्रश्न थिए।
उहाँले त्यसवेला ‘पञ्चायत जिउँदो वस्तुस्थिति’ भनेर अभिव्यक्ति दिनुभएको थियो। पञ्चायतलाई जिउँदो भन्नुको आशय के हो भनेर मैले सोधेँ। उहाँले जवाफ दिनुभयो, ‘शत्रुमाथि प्रहार गर्न छद्म भेषमा शत्रुकै क्याम्पभित्र प्रवेश गर्नुपर्छ र त्यसलाई भित्री रूपमा खोक्रो बनाई परास्त गर्नुपर्छ।’
त्यसवेला धरान कम्युनिष्ट उत्पादन गर्ने र प्रचार गर्ने प्रमुख थलो थियो। मनमोहनले ‘युवाहरूमा जोश छ, तर त्यो जोशलाई सम्हाल्नुपर्छ’ भन्दै सम्झाउन मलाई जिम्मा दिनुभयो। मैले धरानबाट उत्पादन भएका नेता–कार्यकर्तालाई बोलाएर कुराकानी गरेँ। उनीहरूले साथीभाइलाई भने। यसरी हामी हिंसात्मक होइन, शान्तिपूर्ण राजनीति अगाडि बढाउन चाहन्थ्यौं।
उहाँका कुराले हामी सन्तुष्ट भयौं। उक्त बैठकमा भरतमोहन अधिकारी, जनार्दन आचार्य, मोहन पोख्रेल, रामप्रसाद खनाल, महेश उपाध्याय, कमल कोइराला लगायत थियौं। भरतमोहन प्रान्तीय कमिटीको सचिव हुनुहुन्थ्यो। मनमोहन भने कमिटीको स्थायी समिति सदस्य हुनुहुन्थ्यो। उहाँलाई पुष्पलालसँग वार्ता गर्ने जिम्मा दिइयो। उहाँले धेरै पटक कुरा अघि बढाउनुभयो, तर पुष्पलालले मान्दै मान्नुभएन। पुष्पलाल बाँचुन्जेल एकताका लागि अगाडि बढ्नुभएन।
‘रअ’ ले उचालेको झापा विद्रोह
संगठनका गतिविधि अगाडि बढिरहेका थिए। झापामा हाम्रो कमिटीका केही साथीबाट विद्रोह भएको खबर आयो। भारतमा नक्सलवादीहरूको आन्दोलन चर्किएको थियो। उनीहरूसँग हाम्रो कमिटीका साथीहरूको वेलावेला वार्ता पनि चलिरहेको थियो। झापाका राधाकृष्ण मैनाली लगायत साथीहरूले बेग्लै कमिटी गठन गरे।
मनमोहन शान्तिपूर्ण आन्दोलनको पक्षमा हुनुहुन्थ्यो। झापामा जुन किसिमले हिंसात्मक गतिविधि शुरू हुँदै थियो, त्यसमा उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। त्यसैवेला उहाँले भन्नुभयो, ‘पार्टी गलत दिशामा जाँदै छ, यसमा सबैले आ–आफ्नो ठाउँबाट जिम्मा लिनुपर्छ।’
त्यसवेला धरान कम्युनिष्ट उत्पादन गर्ने र प्रचार गर्ने प्रमुख थलो थियो। मनमोहनले ‘युवाहरूमा जोश छ, तर त्यो जोशलाई सम्हाल्नुपर्छ’ भन्दै सम्झाउन मलाई जिम्मा दिनुभयो। मैले धरानबाट उत्पादन भएका नेता–कार्यकर्तालाई बोलाएर कुराकानी गरेँ। उनीहरूले साथीभाइलाई भने। यसरी हामी हिंसात्मक होइन, शान्तिपूर्ण राजनीति अगाडि बढाउन चाहन्थ्यौं।
झापामा रामनाथ दाहाल पार्टी कमिटीमा सक्रिय थिए। केपी शर्मा ओली रामनाथको घरमा बस्थे। कोशी प्रान्तीय कमिटी बन्दा त उनी विद्यार्थी नै थिए। पछि उनी झापा एरिया समितिका सचिव भए।
झापामा पार्टीमा समस्या देखिएपछि ओली मलाई भेट्न धरान आएका थिए। झापा आन्दोलनका विषयमा उनको र मेरो कुरा भयो। ओली पनि नक्सलवादी भनिने हिंसात्मक बाटोमा लागे। पार्टीले पूर्व कोशी प्रान्तीय कमिटी सदस्य मोहनचन्द्र अधिकारीलाई झापामा पार्टी सम्हाल्न पठायो, तर उनी आफैं नक्सलवादी बने।
झापामा पार्टीमा समस्या देखिएपछि केपी ओली मलाई भेट्न धरान आएका थिए। झापा आन्दोलनका विषयमा उनको र मेरो कुरा भयो। ओली पनि नक्सलवादी भनिने हिंसात्मक बाटोमा लागे।
खासमा झापामा भएको आन्दोलन वास्तविक नक्सलवादी आन्दोलन थिएन। हामीले पार्टीबाट अध्ययन गर्दा त्यो त भारतीय जासूस संस्था ‘रअ’ का एजेन्टले उचालेको नक्कली नक्सलवादी आन्दोलन रहेको पायौं।
२०२९ मंसीरमा रामनाथ दाहाल, वीरेन राजवंशीहरू मलाई भेट्न धरान आए। उनीहरूलाई मैले प्रष्टसँग भनेँ, ‘हाम्रो र नक्सलवादीको सिद्धान्त नितान्त फरक छ। यो राजनीतिका नाममा व्यक्ति हत्या गर्ने काम ‘रअ’ ले सञ्चालन गरेको हो।’
त्यसपछि उनीहरू ‘हामीलाई तेह्रथुममा एक जनाको हत्याको जिम्मा दिइएको छ, हामी त्यसलाई रोक्छौं’ भनेर गए। त्यो हत्या रोकियो। तर, उनीहरू १३ पुसमा पक्राउ परे। सुखानीको जंगलमा मारिएका सबै जना त्यसैवेला पक्राउ परे। त्यही दिन विराटनगरका राजेश्वर दली, इटहरीका बलराम पोख्रेल, धरानबाट म, धनकुटाबाट आनन्द सन्तोषी राई र तेह्रथुमबाट सूर्य कन्दङ्वा र नरेश शाक्यलाई पक्राउ गर्न खोजी भयो। सबै जना पक्राउ परे। मलाई पनि प्रहरीले घेरा हालेका थिए, तर मैले एकैछिन खाना खान्छु भनेर झुक्याएर भागेँ। मेरो घरमा खानतलासी गरेछन्।
म भूमिगत भएर बसेँ। त्यस क्रममा नक्सलवादबारे राम्रो अध्ययन गरेँ। त्यसपछि नेपालमा नक्सलवादबारे बुलेटिन निकालेँ। “झापामा भएको नक्सलवादी आन्दोलन होइन, ‘रअ’ का एजेन्ट अजय सहनी लगायतले नेपालमा उचाल्ने काम गरेका हुन्” भनेर बुलेटिन निकालेपछि हल्लीखल्ली भयो।
मोहनचन्द्र अधिकारी उतै (नक्सलवाद) लागेपछि पार्टी काममा म प्रान्तीय हेडक्वार्टर विराटनगर पुगेको थिएँ। एक दिन मोहनचन्द्र विराटनगरमै आइपुगे। उनीसँग मैले ‘रअ’ ले उचालेको नक्कली नक्सलवादीको विषयमा उनलाई सम्झाएँ। उनले पनि त्यसबारे बुझिसकेका रहेछन्। मैले भने, ‘नक्कली नक्सलवादी बनेर झापामा आतंक मच्चाइरहेका रअका एजेन्टलाई भारततिरै पठाइदिनुस्।’
मोहनचन्द्र उतै (नक्सलवाद) लागेपछि पार्टी काममा म प्रान्तीय हेडक्वार्टर विराटनगर पुगेको थिएँ। एक दिन मोहनचन्द्र विराटनगरमै आइपुगे। उनीसँग मैले ‘रअ’ ले उचालेको नक्कली नक्सलवादीको विषयमा उनलाई सम्झाएँ। उनले पनि त्यसबारे बुझिसकेका रहेछन्।
मैले भने, ‘नक्कली नक्सलवादी बनेर झापामा आतंक मच्चाइरहेका रअका एजेन्टलाई भारततिरै पठाइदिनुस्।’
उनले भने, ‘मैले सबै कुरा बुझिसकेँ। उनीहरूलाई आन्दोलनमा सहयोग गरेकोमा धन्यवाद भन्दै राम्रोसँग बिदाइ गर्नुपर्छ।’
तर, ती ‘रअ’ का एजेन्टहरूले आफूहरूलाई फिर्ता पठाउन लागेको चाल पाएछन्। उनीहरूकै योजनामा धर्मराज ढकालको हत्या गराइयो। त्यसपछि व्यापक धरपकड भयो। सबै भागे। त्यो घटनापछि रअका एजेन्टहरू पनि भागे। त्यसपछि नक्सलवादी आन्दोलन विस्तार हुन सकेन। झापा विद्रोहपछि मुख्य नेताहरू सबै पक्राउ परे।
पार्टी एकताको अभियान
कम्युनिष्ट पार्टीहरू टुक्रा–टुक्रा भएर छरिएको मनमोहनजीलाई चित्त बुझेको थिएन। उहाँले एउटै कम्युनिष्ट पार्टी बनाउन छलफल शुरू गर्नुभयो। मोहनविक्रम सिंहसँग एकीकरणका लागि कुरा गर्नुभयो। सिद्धिलाल सिंहसँग पनि कुरा गर्नुभयो।
मोहन विक्रम समूह र पूर्व कोशी प्रान्तीय कमिटीबीच एकीकरण भएर नयाँ पार्टी बन्यो। २०३० सालतिर पार्टीको चौथो महाधिवेशनका लागि मनमोहनजी संयोजक र मोहनविक्रम महासचिव रहेको कमिटी बन्यो, त्यसलाई केन्द्रीय न्युक्लियस कमिटी भनिन्थ्यो।
तर, मोहनविक्रम समूह र पूर्व कोशी समूहबीच महाधिवेशन कहिले गर्ने भन्नेमा कुरा मिलेन। मोहनविक्रम समूह तुरुन्तै महाधिवेशन गर्न चाहन्थ्यो, तर पूर्व कोशी आफ्ना साथीहरू जेलमा रहेकाले पछि गर्न चाहन्थ्यो। मोहनविक्रमले महाधिवेशन गरिछाड्ने ढिपी नछाडेपछि हामी सहभागी नहुने भयौं। तर, मोहनविक्रमले हाम्रा मान्छेलाई पनि तानेर अधिवेशन गर्ने योजना ल्याए। मलाई पनि लिन आएका थिए, तर गइनँ। झापाबाट हाम्रो पूर्व कोशीका नन्दकुमार प्रसाईं र तेह्रथुमबाट नरेश शाक्य गएपछि उनीहरूले अधिवेशन गरे।
राजनीतिमा मनमोहनजीको लामो ग्याप थियो। उहाँ धेरै समय जेल बस्नुभयो। आम जनतामाझ उहाँको परिचय थिएन, सीमित कार्यकर्ता र नेतामाझ परिचित हुनुहुन्थ्यो। धरान त कम्युनिष्ट उत्पादन गर्ने मुख्य ठाउँ नै थियो। त्यसैले सुरक्षित बुझेर उहाँ धरानबाट उठ्ने हुनुभयो। तर, पार्टीभित्रै व्यापक विरोध भयो।
त्यही घटनापछि २०३१ सालतिर हामीले अर्को पार्टी गठन गर्यौं– नेपाल कम्युनिष्ट पार्टी (मनमोहन समूह)। त्यसको केन्द्रीय कमिटीमा मलाई पनि राख्न खोजिएको थियो, तर म मानिनँ। हामीले धरानकै कृष्ण पाख्रिनलाई केन्द्रीय सदस्य बनायौं। म भने धरानमै बसेर प्रशिक्षण दिने, कम्युनिष्ट उत्पादन गर्ने र प्रचार गर्ने काममै लागेँ।
पुष्पलालको निधनपछि फेरि पार्टी एकताको कुरा उठ्यो। भारतको सारनाथमा नेकपा (पुष्पलाल समूह) र नेकपा (मनमोहन समूह)को भेलापछि नेकपा मार्क्सवादी गठन भयो। म चाहिँ माथिल्लो पदमा अवसर पाए पनि गइनँ। जिल्ला र नगर कमिटीमै बसेर काम गरेँ।
पछि मदन भण्डारीको मालेसँग एकता भएर २०४८ सालमा नेकपा (एमाले) बन्यो। त्यसवेला पनि पार्टीभित्र एकीकरणको विषयमा कुरा मिलेको थिएन। विशेष गरी झापाका साथीहरूले मदन भण्डारीसँग किन मिल्ने भनेर प्रश्न उठाए। हामीले मिल्नैपर्छ भनेर दबाब दिएपछि एकता भयो।
चुनावमा मनमोहनले धरान रोज्नुको कारण
२०४७ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा आम निर्वाचन हुने भयो। त्यो निर्वाचनमा मनमोहनले धरान छान्नुभयो। यसको कारण हो, धरान कम्युनिष्टहरूका लागि सुरक्षित ठाउँ थियो।
राजनीतिमा मनमोहनको लामो ग्याप थियो। उहाँ धेरै समय जेल बस्नुभयो। आम जनतामाझ उहाँको परिचय थिएन, सीमित कार्यकर्ता र नेतामाझ परिचित हुनुहुन्थ्यो। धरान त कम्युनिष्ट उत्पादन गर्ने मुख्य ठाउँ नै थियो। त्यसैले सुरक्षित बुझेर उहाँ धरानबाट उठ्ने हुनुभयो। तर, पार्टीभित्रै व्यापक विरोध भयो।
मालेभित्र एउटा साम्प्रदायिक समूह थियो। उनीहरूले ‘यहाँ बाहुन उठाउनु हुँदैन’ भनेर निकै अवरोध गरे। उनीहरूका कुरा माले समूहकै मदन भण्डारीलाई पनि मन परेन। उहाँले भनिदिनुभयो, ‘यो जातीय पार्टी होइन, जुन जातिले जहाँबाट पनि उठ्न मिल्छ।’ त्यसपछि बाहिरी रूपमा त केही मत्थर भयो, तर भित्रभित्र त्यही व्यवहार थियो। अशोक राई आफ्नो जिल्लामा अर्कालाई वारेस दिएर धरानमा उठ्छु भन्दै आए। तर, यहाँ मनमोहन नै उठ्नुभयो।
चुनाव अवधिभर सँगै हिँड्दा मनमोहनमा एकदम सादा जीवन पाएँ। जहाँ जे पाइन्छ त्यही खाने, यस्तो उस्तो केही नभन्ने। जस्तो ठाउँमा पनि सुत्ने। मसँग प्रायः चुनाव र पार्टीकै विषयमा कुरा हुन्थे।
म त्यसवेला जिल्ला कमिटीमा थिएँ। मनमोहनको सुरक्षाको जिम्मा मलाई दिइएको थियो। चुनावभर उहाँसँगै हिँडेँ। कहिले जनकपुर, कहिले सिरहा, उहाँ जहाँ जानुहुन्छ म पनि त्यहीँ जान्थें।
एक पटक मनमोहनजीको सुरक्षाको काम अर्को साथीलाई जिम्मा लगाएर म उदयपुरको गाईघाट गएको थिएँ। त्यसवेला मनमोहनजी लड्नुभएछ। त्यसपछि त मलाई छाड्नै मान्नुभएन।
चुनाव अवधिभर सँगै हिँड्दा उहाँमा एकदम सादा जीवन पाएँ। जहाँ जे पाइन्छ त्यही खाने, यस्तो उस्तो केही नभन्ने। जस्तो ठाउँमा पनि सुत्ने। मसँग प्रायः चुनाव र पार्टीकै विषयमा कुरा हुन्थे। उहाँको एउटा खराब बानी चाहिँ चुरोट बढी खाने। तर, जाँडरक्सी खाएको भने देखिनँ।
चुनावका क्रममा हिँड्दा मलाई ठाउँहरूका बारेमा सोध्नुहुन्थ्यो, म आफूले जानेका कुरा बताउँथेँ। त्यो चुनावमा उहाँ धरानबाट अत्यधिक मतले विजयी हुनुभयो।
नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो। मनमोहन विपक्षी दलको नेता बन्नुभयो। त्यसवेला उहाँले मलाई स्वकीय सचिव बन्न प्रस्ताव गर्नुभएको थियो, तर मलाई मन लागेन।
२०५१ सालको मध्यावधि निर्वाचनमा भने उहाँ काठमाडौंबाट उठ्नुभयो र जितेर विश्वकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बन्नुभयो। त्यसपछि कहिलेकाहीँ भेट हुन्थ्यो। तर, मैले कहिल्यै उहाँसँग कुनै अवसरका लागि अनुरोध गरिनँ। अवसर पाउँदा पनि पार्टीको केन्द्रीय समितिमा बसेर काम गरिनँ।
पार्टीमा पछिल्लो समय गुटबन्दी छ। आफ्नो पक्षमा लाग्न भनेर मलाई पनि प्रस्तावहरू आए, तर मैले ‘म गुट विरोधी र एकताको पक्षपाती हुँ, गुटको कुरा लिएर नआओ’ भनेर पठाएँ। म कुनै गुटमा लागेर कसैलाई गालीगलौज गर्ने पक्षमा छैन।
ओलीसँग पनि धरान आएका वेला हाई हेल्लो हुन्छ, तर मैले भेट्नकै लागि भनेर धाइनँ। आफ्नो फाइदाका लागि नेताको पछि लाग्न मनैले मानेन।
नेताहरूको गालीगलौज सुन्दा दुःख लाग्छ
हामीले पनि दुःख गरेको पार्टी (नेकपा एमाले) का अहिलेका गतिविधि हेर्दा दुःख लाग्छ। गत वर्ष ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि दुवै समूहका नेताहरूले एकअर्कालाई गाली गरेको सुनेर नराम्रो लाग्यो। नेताहरूले त्यसरी छाडा गाली गरेपछि नयाँ पुस्ताले के सिक्ने?
अहिले पार्टीले मलाई प्रदेश १ को सल्लाहकारमा राखेको छ। पार्टीमा पछिल्लो समय गुटबन्दी छ। आफ्नो पक्षमा लाग्न भनेर मलाई पनि प्रस्तावहरू आए, तर मैले ‘म गुट विरोधी र एकताको पक्षपाती हुँ, गुटको कुरा लिएर नआओ’ भनेर पठाएँ। म कुनै गुटमा लागेर कसैलाई गालीगलौज गर्ने पक्षमा छैन। अस्ति नै नेताहरूको गाली सुनेपछि हामी केही साथीहरूले यस्तो गाली बन्द गर्न आग्रह गर्दै विज्ञप्ति पनि निकाल्यौं, तर खोइ कसले बुझ्ने?
मैले लामो समय शिक्षक भएर काम गरेँ। अवकाशपछि घरमै बसिरहेको छु। ७५ वर्ष पुगेँ। मुटु र मिर्गौलाको रोग छ। सुगर, प्रेसर, नसा च्यापिने जस्ता सबै रोगले च्यापेका छन्। यस्तो अवस्थामा अब पार्टीमा सक्रिय बन्न सकिँदैन। अहिलेसम्म मनमोहनजीबाट आफूले पाएको ज्ञानको अनुसरण गरेर हिँडेको छु। राजनीतिमा लाग्ने नयाँ पुस्ताले पनि उहाँबाट सबैसँग नम्र भएर बोल्ने, कुरा बुझेर मात्र काममा अघि बढ्ने जस्ता कुरा सिक्न सक्नुपर्छ जस्तो लाग्छ।
प्रस्तुतिः गोपाल दाहाल