धितोपत्र बोर्डलाई सर्वोच्चको कारण देखाऊ आदेश
शेयर बजारमा लगानीका लागि जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेको विषयमा धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबार न्यायाधीश कुमार चुडालको इजलासले अधिवक्ता रविन बोहजूले हालेको रिटमा सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
नेपाल धितोपत्र बोर्डले अस्वाभाविक शेयर मूल्य देखिएको भन्दै १ असारमा ५१ कम्पनी जोखिमपूर्ण भन्दै सूची सार्वजनिक गरेको थियो। बोर्डको उक्त निर्णय सच्याउन माग गर्दै अधिवक्ता बोहजूले ४ असारमा रिट दर्ता गरेका थिए।
बोर्डको पत्रले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको र बजार प्रभावित गर्ने काम गरेको बोहजूले रिटमा उल्लेख गरेका थिए।