चलखेल गरी शेयरको मूल्य बढाइएको धितोपत्र बोर्डको निष्कर्ष, यी हुन् चलखेल गरिएका कम्पनी
नेपाल धितोपत्र बोर्डले शेयर बजारमा चलखेल गरी मिलेमतोमा मूल्य बढाइएको निष्कर्ष निकालेको छ।
बोर्डले ५१ नमूना कम्पनीमा गरेको अध्ययनले अप्राकृतिक रूपमा मूल्य बढेको देखिएको जनाएको हाे।
मंगलबार विज्ञप्ति निकालेर बोर्डले एक वर्षमा सूचीकृत संस्थाको शेयर मूल्य कयौं गुणाले बढेको र सो अप्राकृतिक रहेको जनाएको छ।
कम्पनीहरूको नाम सार्वजनिक गर्दै बोर्डले भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका विषयमा विस्तृत अध्ययन समेत अघि बढाइएको जनाएको छ।
यसरी चलखेल गरिएका कम्पनीमा महिला लघुवित्त, चन्द्रागिरी हिल्स, नेपाल पुनर्बीमा कम्पनी, विशाल बजार कम्पनी आदि छन् (हे. सूची)। बोर्डले धितोपत्र बजार बढेसँगै जोखिम पनि बढिरहेकाले सचेत हुन लगानीकर्तालाई सुझाएको छ।
अर्थतन्त्रमा शिथिलताका बावजूद पछिल्ला महीनामा शेयर बजारमा ठूलो उछाल आएपछि नियामक निकायहरूले यसमाथि लगाम लगाउन शुरू गरेका छन्।