दिल्लीमा आमा, काठमाडौंमा बुवा अनि एक्लो म
कोरोना संक्रमित बुवा काठमाडौंको अस्पतालमा, कोरोनाकै लक्षणसँग हुबहु मिल्ने ज्वरोले थलिएकी आमा नयाँदिल्लीको कोठामा, दिदीबहिनीहरू पनि एक हजार किलोमिटरको दूरीमा बिरामी अवस्थामा। अनि, म निःसहाय एक्लै होटलमा।
गत वर्ष भारतीय उपमहाद्वीपभर कोरोनाभाइरसको महामारी फैलिइरहेको र एकपछि अर्को देश बन्दाबन्दीमा गइरहेको बेला मैले हजुरआमा गुमाउन पुगेँ। ९५ वर्षीया उहाँले आफ्नो जीवनको आखिरी दिनहरू काठमाडौंको एक अस्पतालको आईसीयूमा बिताइरहनुभएको थियो, जहाँ हामी हरेक दिन केही मिनेट मात्रै उहाँलाई हेर्न पाउँथ्यौं।
चिकित्सकले हामीलाई उपचार कक्षबाहिर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी दिन्थे। त्यो कहिले उत्साहजनक हुन्थ्यो, कहिले निराशाजनक।
तर, नहुनु भइछाड्यो। वयोवृद्ध उमेरका बावजूद अति मायालु अनि जीवनसँग संघर्ष गर्ने अचम्मको शक्ति भएकी हाम्री हजुरआमा बित्नुभयाे भन्ने कुरा स्वीकार गर्न हामीलाई निकै गाह्रो पर्याे।
१७ अप्रिलमा दिल्ली उडानको ७२ घण्टा पहिले मैले पीसीआर परीक्षण गराएँ। मेरो पीसीआर परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आयो, तर बुवा, अर्की आमा र तीन वर्षकी बहिनीलाई कोरोनाभाइरसको संक्रमण देखियो। अब मलाई आपत् आइलाग्यो। मसँग विकल्प थिएन, दिल्ली उड्नुअघि परिवारको अभिभावक बनेर औषधिमूलोको प्रबन्ध, आइसोलेसन, खर्चपर्च तथा घरायसी अत्यावश्यक सामग्रीको जोहो गर्नुपर्ने थियो।
जे भए पनि जीवन चल्नुपर्छ, चल्दै जान्छ भन्ने सोचेर मैले हजुरआमाको निधनपछि एक नयाँ शुरूआतको प्रतीक्षा गरेँ। गएको मार्चमा नेपालमा कोभिड–१९ को संक्रमण दर दोहोरो अंकमा ओर्लिएको र दैनिक मृत्यदर शून्यमा झरेको अवस्था देखिएको थियो। त्यही बेला मैले दुई वर्षदेखि नभेटेकी आमा र बहिनी भेट्न अनि सोही मौकामा केही समाचार पनि तयार पार्न दिल्ली जाने योजना बनाएँ।
राम्रोसँग बनाइएको योजना बिस्तारै गडबड हुन थाल्यो। जसै दिल्लीका लागि उडानको मिति नजिकिँदै थियो, महाराष्ट्रमा कोभिड–१९ को संक्रमणदरमा उछाल आउन थालेको र दिल्लीमा पनि संक्रमितको संख्या बढिरहेको सुनिन थाल्यो। यद्यपि, यात्राका लागि स्थिति असुरक्षित हुने बिन्दुमा पुगिसकेको भने थिएन।
१७ अप्रिलमा दिल्ली उडानको ७२ घण्टा पहिले मैले पीसीआर परीक्षण गराएँ। डरलाग्दो आँधीबेहरीका कारण विद्युत् प्रवाहमा कटौती भए पनि रिपोर्ट भने प्राप्त भयो। मेरो पीसीआर परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आयो, तर बुवा, अर्की आमा र तीन वर्षकी बहिनीलाई कोरोनाभाइरसको संक्रमण देखियो।
अब मलाई आपत् आइलाग्यो। स्थिति सम्हाल्न सजिलो थिएन। मसँग विकल्प थिएन, दिल्ली उड्नुअघि परिवारको अभिभावक बनेर औषधिमूलोको प्रबन्ध, आइसोलेसन, खर्चपर्च तथा घरायसी अत्यावश्यक सामग्रीको जोहो गर्नुपर्ने थियो।
दिल्ली उत्रिने बित्तिकै थाहा पाएँ– आमा र बहिनीलाई पनि ज्वरो आइरहेको रहेछ। सबै लक्षण कोभिड–१९ सँग मिल्दाजुल्दा रहेछन्। यो थाहा पाईपाई म उहाँहरूलाई भेट्न घर जाने कुरा भएन। नजिकैको गेस्ट हाउसमा बस्न बाध्य भएँ।
काठमाडौंको त्रिभुवन विमानस्थल भारतीय नागरिकद्वारा भरिभराउ थियो, उनीहरू दिल्लीका लागि होइन, साउदी अरेबिया र हङकङका लागि उडिरहेका थिए। भारतबाट ती मुलुकमा सीधा उडान रोकिएपछि भारतीयहरूले काठमाडौंलाई ‘ट्रान्जिट’ बनाइरहेका थिए। त्यसैले पनि मेरो दिल्ली उडानको शुल्क सामान्य समयको भन्दा तीन गुणा महँगो परेको थियो।
दिल्ली उत्रिने बित्तिकै थाहा पाएँ– आमा र बहिनीलाई पनि ज्वरो आइरहेको रहेछ। सबै लक्षण कोभिड–१९ सँग मिल्दाजुल्दा रहेछन्। यो थाहा पाईपाई म उहाँहरूलाई भेट्न घर जाने कुरा भएन। नजिकैको गेस्ट हाउसमा बस्न बाध्य भएँ।
नयाँदिल्लीमा संक्रमितको संख्या बढिरहेको थियो, अस्पतालका बेड भरिभराउ भइसकेका थिए, अक्सिजनको अभाव शुरू भएको थियो। श्मशानघाटमा शव खचाखच हुन थालेका थिए। पीसीआर परीक्षणको रिपोर्ट आउन पाँच दिन लाग्यो।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो बन्दाबन्दी घोषणा गरे, पछि यसलाई थप एक साताका लागि बढाइयो।
मेरी आमाको स्वास्थ्य स्थिति बिग्रिँदै गयो। तर, म फोनमा उहाँसँग कुरा गर्नेबाहेक अरू केही गर्न सक्ने स्थितिमा थिइनँ। मैले किताब पढ्ने प्रयास गरें, तर दिमागमा नानाभाँती कुरा खेल्थे। बरु, दिल्लीको ४२ डिग्री तापक्रममा कोठाको सिलिङमा घुमेर तातो हावा फालिरहेको पंखा हेरेर म टोलाउँथेँ।
काठमाडौंको खबर पनि राम्रो थिएन। कोभिड–१९ का कारण निमोनिया भएपछि बुवाको रगतमा अक्सिजनको मात्रा घटेको थियो। उहाँलाई अस्पताल भर्ना गर्नुपर्याे। म जहिले पनि परिवारको आत्मबल बढाउँथें, सबै राम्रो हुन्छ भनेर आश्वस्त पार्थें, तर यो बेला भने होटलको कोठामा म आफैं असहाय बनिरहेकी थिएँ।
कोभिड–१९ का कारण निमोनिया भएपछि बुवाको रगतमा अक्सिजनको मात्रा घटेको थियो। उहाँलाई अस्पताल भर्ना गर्नुपर्याे। म जहिले पनि परिवारको आत्मबल बढाउँथें, सबै राम्रो हुन्छ भनेर आश्वस्त पार्थें, तर यो बेला भने होटलको कोठामा म आफैं असहाय बनिरहेकी थिएँ।
बुवा काठमाडौंको अस्पतालमा, ज्वरोले थलिएकी आमा नयाँ दिल्लीको कोठामा, मेरा दुबै दिदीबहिनी एक हजार किलोमिटरको दूरीमा बिरामी अवस्थामा। अनि, म निःसहाय होटलमा । फोनमा म उहाँहरूको सुस्केरा सुन्थे । मलाई मेरी हजुरआमाको पीडा सम्झना आउँथ्यो। ‘अझ खराब क्षण पनि आउने त होइन ?’ भन्ने सोचले नै अत्तालिन्थें।
दिल्लीको अनलाइन स्टोरमा चापाचाप थियो। त्यसैले स्टोरका मानिसले ‘होम डेलिभरी’ गर्न सक्तैनथे। मुखमा दुई वटा मास्क लगाएर भट्टीजस्तो दिल्लीको गर्मीमा खाद्यान्नसहितका सामान किन्न बाहिर निस्कें र तिनलाई आमा बस्ने घरको ढोकामा ल्याएर छोडें।
म बसेको होटलमा अन्य बेलायती र अमेरिकी भारतीय पनि अड्किएका छन्। उनीहरूका आमाबाबु पनि कोभिड–१९ संक्रमित भएकाले भेट्न जान सकिरहेका छैनन्, न उडेर अमेरिका र बेलायत नै फर्कन सक्छन्।
हामी हरेक दिन आपसमा कुरा गरेर मनोबल बढाउँछौं। हामीले एक विशेष सम्बन्ध बनाएका छौं, दुःख र अनिश्चयले हामीलाई एक बनाएको छ।
म ती हजारौं परिवारबारे सोच्ने कोशिश गर्छु, जसको जीवनलाई यो संकटले उथलपुथल पारिदियो। हामी मानसिक रूपमा हाम्रा प्रियजनलाई गुमाउन सक्नेबारे आफैंलाई तयार गर्छौं, तर हामीले उहाँहरूको जीवनको खुशी पनि मनाउनुपर्छ। सँगै, यो पनि स्वीकार गर्नुपर्छ– मृत्यु नै अन्तिम सत्य हो।
काठमाडौंबाट सुखद खबरसहितको फोन आयो। स्वास्थ्यमा सुधार आएपछि बुवाको ‘डिस्चार्ज’ भयो। अहिले घरमै आराम गरिरहनुभएको छ। आमालाई पनि सुधार भइरहेको छ, तर ज्वरो भने कम भइरहेको छैन।
म ती हजारौं परिवारबारे सोच्ने कोशिश गर्छु, जसको जीवनलाई यो संकटले उथलपुथल पारिदियो। हामी मानसिक रूपमा हाम्रा प्रियजनलाई गुमाउन सक्नेबारे आफैंलाई तयार गर्छौं, तर हामीले उहाँहरूको जीवनको खुशी पनि मनाउनुपर्छ।
यहीबेला मैले भारतमा रहेका प्रवासी नेपालीको दुर्दशाबारे गोवा, महाराष्ट्र र अन्य स्थानमा रहेकासँग कुरा गरेर समाचार तयार पारेँ। गोवामा तिरुवा परिवारले जे भोगे, त्यसको तुलनामा हाम्रो परिवारको स्थिति राम्रो मान्नुपर्छ। दिल्लीमा अस्पतालमा बेड फेला पार्न नसकेर नेपालको सीमासम्म जानलाई ट्याक्सी भाडामा लिएका नेपालीहरूसँग मैले दिल्लीमा कुराकानी गरेँ। विद्यार्थीहरूमा संक्रमण फैलिएर छात्राबास बन्द गरिएपछि तीन नेपाली विद्यार्थी यसैगरी नेपाल गए।
मैले नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यलाई भारतमा कोभिड–१९ को महामारीको लहर डरलाग्दो गरी फैलिएका बेला नेपालले भारतसँग अक्सिजन र चिकित्सा सहायताको अनुरोध गरेको विषयमा पनि सोधेँ।
हजुरआमा गुमाएपछि मलाई हत्तपत्त आँसु आउँदैन। तर, गएको साता मैले जुन त्रासदीबारे रिपोर्टिङ गरेँ, त्यसले मलाई स्तब्ध बनायो। एक पत्रकारका रूपमा यो महामारीका खतरा र मानिसहरूका दुःखबारे रिपोर्टिङ गर्नेबाहेक म के नै पो गर्न सक्छु र!
अहिले पनि जसले कोरोनाभाइरसलाई हल्का रूपमा लिइरहेका छन् र बन्दाबन्दीको आलोचना गरिरहेका छन्, उनीहरूलाई म के भन्न चाहन्छु भने, यो भयानक त्रासदी हो। यदि मैले दिल्लीको दर्दनाक अवस्था देखेकी थिइनँ, मेरो परिवारले यस्तो अवस्था भोग्नुपरेको थिएन भने शायद म पनि अर्थोक केही सोच्ने थिएँ कि? तर, अब हामी कसैलाई महामारीलाई अन्यथा सोच्ने छूट छैन।
अप्रिल २९, म दिल्ली आइपुगेको दुई साता भएको छ। यो लेखिरहँदा पनि म बाहिर लगातार एम्बुलेन्सको विलाप सुनिरहेकी छु।