महामारीमा बेहाल भारतका नेपाली
प्रवासी नेपालीले भोगेको त्रासदी भारतको संकटको सागरको थोपा मात्रै हो। तर, आफ्ना नागरिकप्रति नेपाल सरकारको बेवास्ता भने अचम्मको छ।
अमर तिरुवा र उनकी श्रीमती राधा पछिल्लो एक दशकदेखि भारतको गोवामा बस्दै आएका छन्। उनीहरूकी ११ वर्षकी छोरी अन्तरा छिन्।
पोर्चुगलले लामो समय राज गरेको यो शहरमा आरामदायी जागीरसहित अमर र राधा खुशीसाथ जीवन बाँचिरहेका थिए। तर, दुई साताअघि मात्र कोभिड–१९ महामारीले उनीहरूको जीवन तहसनहस पारिदियो।
उमेरमा ३० को दशकमा हिँडिरहेका अमर र राधा दुबैलाई कोभिड-१९ संक्रमण भएको पुष्टि भयो। स्वास्थ्य बिग्रिँदै गएपछि उनीरू गोवा मेडिकल कलेजमा उपचारका लागि भर्ना भए। छोरी अन्तरालाई छिमेकको एउटा चर्चले हेरविचार गर्यो।
दिल्लीस्थित नेपाली राजदूतावासमा सहयोगका लागि फोनका घण्टीहरू बजिरहन्छन्, तर दूतावासको क्षमता सबै स्वास्थ्य सम्बन्धी सावधानीहरूको पालना गर्न अनुरोध गर्दै विज्ञप्ति निकाल्नेभन्दा धेरै छैन, किनभने अधिकांश अस्पताल बिरामीले भरिइसकेका छन्।
२४ अप्रिलमा राधाले खतरनाक भाइरससँगको लडाइँ हारिन्। तर, अमरलाई यो कुरा अहिलेसम्म थाहा छैन, किनकि उनी स्वयं अहिले भेन्टिलेटरमा अचेत छन्। घाटहरू खाली नहुँदा स्वयंसेवीहरूलाई राधाको अन्त्येष्टि गर्नै तीन दिन लाग्यो। छोरी अन्तरालाई पनि उनकी आमा अब संसारमा रहिनन् भनिएको छैन।
अमरकी ८० वर्षीया आमा नेपालको कैलाली जिल्लामा बस्छिन्, जसको आफ्नै स्वास्थ्य राम्रो छैन। अमरका भतिजा कमलका अनुसार, असहाय वृद्धा आमा ईश्वरसँग छोराको स्वास्थ्य स्थितिमा सुधारका निम्ति प्रार्थना गरिरहेकी छन्। मुम्बईमा बस्ने कमल स्वयं पनि गोवा जान पाएका छैनन्, किनभने यात्रा प्रतिबन्धित छ।
तिरुवा परिवारको संघर्ष र वियोग भारतले भोगिरहेको महामारीको दुःखको सागरको एउटा थोपा मात्रै हो। पछिल्लो एक सातामा मात्र हरेक दिन भारतमा तीन लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्। कोभिड–१९ कै कारण मृतकको कुल संख्या दुई लाख नाघेको आधिकारिक तथ्यांक छ। यद्यपि, सार्वजनिक स्वास्थ्यका विज्ञहरूका अनुसार, संक्रमित र मृतकको संख्या यी तथ्यांकभन्दा धेरै छ।
भारतभर ३० लाखभन्दा धेरै नेपाली कामदार रहेको अनुमान छ। यद्यपि, यो संख्या अझ धेरै हुनसक्छ, किनभने आतेजाते गरिरहने नेपाली कामदारको तथ्यांक कसैसँग छैन। कोभिड–१९ को यो लहरका कारण भारतमा ४० नेपालीको मृत्यु भएको अहिलेसम्मको तथ्यांक छ।
दिल्लीस्थित नेपाली राजदूतावासमा सहयोगका लागि फोनका घण्टीहरू बजिरहन्छन्, तर दूतावासको क्षमता सबै स्वास्थ्य सम्बन्धी सावधानीहरूको पालना गर्न अनुरोध गर्दै विज्ञप्ति निकाल्नेभन्दा धेरै छैन, किनभने अधिकांश अस्पताल बिरामीले भरिइसकेका छन्।
नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्य सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोपको निर्यातमाथि भारत सरकारले लगाएको प्रतिबन्ध हटाउन पहल गरिरहेको बताउँछन्। गत फेब्रुअरीमा भारतले नेपाललाई १० लाख भाइल खोप अनुदान दिएको थियो र नेपालले थप २० लाख खोप किन्न भुक्तानी समेत गरेको थियो। तर, खरीद गरिएकोमध्ये आधा मात्रै नेपाल भित्रिएको छ।
भारतमा कोभिड–१९ को महामारी ‘सुनामी’सरह विस्तार भएपछि भारतले खोप निर्यात रोकेको छ, जसको कारण नेपालले रकम तिरिसकेको खोप पनि अड्किएको छ। “भारत सरकारले खोप उपलब्ध गराउन नेपाललाई प्राथमिकता दिनेछ भनेर आश्वस्त तुल्याएको छ,” राजदूत आचार्य भन्छन्।
भारतभरि सञ्जाल भएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खड्काले गत वर्षदेखि नै अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन्। तर, उनी अहिले संकट थेग्न नसकिने खालको भएको बताउँछन्।
“मलाई अक्सिजन सिलिन्डर, रेमडिसिभिर र अस्पतालको बेडको व्यवस्था मिलाइदिन अनुरोध गर्दै रातदिन नेपालीको फोन आइरहेको छ, वास्तवमा मैले आशा मारिसकेको छु। म झुट बोल्न सक्दिनँ र सहयोग गर्ने कोशिश गर्छु भनिरहेको छु,” खड्काले हिमालखबरसँग भने, “भारतीय नागरिककै लागि अस्पतालका बेड, अक्सिजन हाहाकार भइरहेका बेला नेपालीजस्ता गरीब प्रवासी श्रमिकका लागि कसले पो चिन्ता लेला र!”
भारतमा कोभिड–१९ को महामारी ‘सुनामी’सरह विस्तार भएपछि भारतले खोप निर्यात रोकेको छ, जसको कारण नेपालले रकम तिरिसकेको खोप पनि अड्किएको छ। “भारत सरकारले खोप उपलब्ध गराउन नेपाललाई प्राथमिकता दिनेछ भनेर आश्वस्त तुल्याएको छ,” भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्य भन्छन्।
हरि रैला दिल्लीको पहाडगन्ज क्षेत्रमा सानो भोजनालय चलाउँथे। कोरोनाका कारण स्वास्थ्यस्थिति लगातार खराब हुँदै गएपछि एम्बुलेन्समा नेपाल लैजाने क्रममा उत्तर प्रदेशको मुरादावादको बाटैमा उनको देहान्त भयो।
गत साता अर्का नेपाली विष्णु पौड्यालले पनि गुडगावँ, गाजियावाद, फरिदावादजस्ता शहरमा अस्पतालमा भर्ना पाएनन्। अक्सिजन अभावकै कारण गएको ७ वैशाखमा उनले प्राण त्यागे।
कोभिड–१९ संक्रमण भएका कतिपय नेपालीलाई नेपालमा राम्रो हुने विश्वासमा भारतका विभिन्न शहरहरूबाट नेपाल ल्याइएको छ। कतिपय बिरामीलाई भने टाढाका राजस्थान र मध्यप्रदेशका अस्पतालसम्म पुर्याइएको छ। निजी अस्पतालहरूले बिरामी भर्ना गर्न भारू. ५ लाखदेखि २० लाखसम्म शुल्क लिइरहेका छन्। एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म लैजान भारू. १५ हजारसम्म भाडा लिन्छन्। रेमडिसिभिरको एक डोज रू. २० हजारसम्ममा बिक्री भइरहेको छ। यति ठूलो रकम खर्च गर्नसक्ने नेपाली असाध्यै थोरै छन्।
मुम्बईमा बस्ने कमल तिरुवा आफ्ना काकालाई गोवाको अस्पतालबाट नेपाल लैजान चाहेको, तर यो असम्भवसरह भएको बताउँछन्।
कोभिड–१९ संक्रमण भएका कतिपय नेपालीलाई नेपालमा राम्रो हुने विश्वासमा भारतका विभिन्न शहरहरूबाट नेपाल ल्याइएको छ। कतिपय बिरामीलाई भने टाढाका राजस्थान र मध्यप्रदेशका अस्पतालसम्म पुर्याइएको छ। निजी अस्पतालहरूले बिरामी भर्ना गर्न भारू. ५ लाखदेखि २० लाखसम्म शुल्क लिइरहेका छन्।
२६ अप्रिलमा नयाँदिल्लीस्थित साउथ एसियन विश्वविद्यालयले सबै विद्यार्थीहरूलाई छात्रावास छोड्न सूचना जारी गर्यो। छात्रावासमा बस्दै आएका केही नेपाली विद्यार्थीको अर्को विकल्प थिएन र कोरोना संक्रमणका बावजूद छात्रावासमै बस्न बाध्य भए।
“विश्वविद्यालयले सूचना जारी गरे पनि जानलाई अर्को ठाउँ छैन,” अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै गरेका विपिन घिमिरे भन्छन्। उनका अनुसार, यो साता अस्पतालले एक बिरामी नेपाली विद्यार्थीलाई फिर्ता पठाइदियो। “हामीले स्ट्रेचरमा रहेका बिरामीहरूले बाटोमा उपचारका लागि कुरिरहेको र चिकित्सकहरूले उनीहरूलाई बाहिरै उपचार गरिरहेको देख्यौं,” घिमिरे भन्छन्।
घिमिरे आफैं पनि छात्रावासमा क्वारेन्टिनमा छन्। तर, विश्वविद्यालयका अर्का विद्यार्थी मकान तामाङले भने अन्य तीन नेपाली विद्यार्थीका साथ गोरखपुर नाका हुँदै नेपाल जाने निधो गरे। किनभने, अहिले दिल्लीबाट काठमाडौं एकतर्फी हवाई भाडा रू. ५० हजारसम्म पुगेको छ।
“म खुशी छु, किनभने घर जाँदै छु,” मेलम्ची घर भएका तामाङले नेपाल जाँदै गर्दा बाटोबाटै फोनमा कुरा गर्दै भने, “तर, सीमानाकामा के होला भन्नेमा भने चिन्तित छु।”
तीन वर्षदेखि नयाँदिल्लीमा कार्यरत कान्तिपुर दैनिकका पत्रकार सुरेशराज न्यौपाने भारतमा ठूलो संख्यामा रहेका नेपाली कामदारप्रति नेपाल सरकारले चासो नदेखाउनु अनुचित भएको बताउँछन्।
सर्वोच्च अदालतले भारतमा रहेका नेपाली कामदारलाई सहयोग गर्न आदेश दिए पनि नेपाल सरकारले भने तेस्रो मुलुकका कामदारलाई बढी प्राथमिकता दिइरहेको बताउँदै उनी भन्छन्, “वास्तवमा, भारत नेपालका लागि सबैभन्दा ठूलोमध्ये रेमिटेन्सको स्रोत मुलुक हो, नेपाली कामदारले कम्तीमा पनि बर्सेनि रू. १ खर्ब ३० अर्बभन्दा बढी रकम यहाँबाट पठाउँछन्, यत्रो परिमाणमा रेमिटेन्स पठाउने कामदार नै बेवास्तामा पर्नु दुर्भाग्यपूर्ण छ।”
आश्वासन मात्रै
भारतस्थित नेपाली दूतावासले आधार परिचयपत्र र भारतमा स्थायी ठेगाना भएकाहरू खोपका लागि योग्य छन्–हुनेछन् भन्ने आश्वासन दिएको छ। तर, धेरै नेपालीले कागजात अभावकै कारण खोप पाएका छैनन्।
कोभिड–१९ को दोस्रो लहरका विषयमा रिपोर्टिङ गर्दै आएका ‘इन्डियास्पेन्ड’ अनलाइनका स्वास्थ्य संवाददाता अनू भूयन भन्छिन्, “भारतमा जे भएको छ, त्यो मानवीय संकट हो र महामारीसँग जुध्न सरकारले आफ्ना काममार्फत बढी सक्रियता र जवाफदेहिता देखाउनुपर्थ्यो। जुन हुनसकेको छैन।”
भारतस्थित नेपाली दूतावासले आधार परिचयपत्र र भारतमा स्थायी ठेगाना भएकाहरू खोपका लागि योग्य छन्–हुनेछन् भन्ने आश्वासन दिएको छ। तर, धेरै नेपालीले कागजात अभावकै कारण खोप पाएका छैनन्।
भूयनका अनुसार, भारतमा बन्दाबन्दीपश्चात् सबै खोप केन्द्रहरू बन्द गरिएका छन्। जब कि, सरकारले १ मेदेखि ४५ वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूलाई खोप लगाउने वाचा गरेको थियो। भूयन सरकारले खोप, अक्सिजन सिलिन्डर तथा अन्य मेडिकल सामग्रीको अभाव भइरहेको तथ्यलाई लुकाउन खोजिरहेको बताउँछिन्।
भारतमा अभावका बावजूद, नेपाल सरकारले भारत सरकारलाई तरल अक्सिजनको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ। नेपालका कतिपय निजी आयातकर्ताहरू अक्सिजन सिलिन्डर भर्न भारतका उत्पादकहरूसँग निर्भर छन्।
“नेपाल र भारतबीच निकै विशेष खालको सम्बन्ध छ र सिमाना पनि खुला छ। हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ र विपद्मा पनि सहयोग जारी राख्नुपर्छ,” भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले हिमालखबरसँग भने।
नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई पनि भारतीय नागरिकसरह खोप, परीक्षण र उपचारमा सुविधा दिन भारत सरकारलाई अनुरोध गरेको छ।
हिमालखबरसँग कुरा गर्दै जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहले भने त्यहाँ रहेका जम्मू–कश्मीर र लद्दाख क्षेत्रमा समस्यामा फसेका नेपाली कामदारका विषयमा खोजी गर्ने बताए। “उनीहरूको आवश्यकताका आधारमा हामी सहायता गर्न तत्पर छौं,” उनले भने।
(नयाँदिल्लीबाट)