पृथ्वीनारायणलाई माझकिरातको माटोको डल्लो
आफ्नो मुलुकलाई धोका दिएर माझकिरातमा गोरखाली आक्रमणलाई साथ दिनेमा विजयपुरका स्वरुपसिंह कार्की र चौदण्डीका हरिनन्द उपाध्याय थिए। तीमध्ये उपाध्याय त पृथ्वीनारायण शाहसमक्ष चौदण्डीकै माटोको डल्लो नै बोकेर पुगेको थिए।
गोरखालीहरुले चौदण्डी र विजयपुरमाथि आधिपत्य गर्नुअघि यी राज्यमा सेन राजा थिए । तर चौदण्डीमा खम्बु (राई) र विजयपुरमा लिम्बू पुस्तौनी हिसाबले दिवान वा मुख्यमन्त्रीका रुपमा राज्यशक्तिमा थिए ।
गोरखाली आक्रमण हुँदा चौदण्डी र विजयपुरका थपना राजाका रुपमा रहेका कर्ण सेन सपरिवार भागेर पूर्णिया पुगे। राजधानी राजाविहीन भएका बेला राज्य जोगाउन माझकिरातमा चतिम राय तथा अटल रायजस्ता खम्बु र लिम्बूवानमा काङ्सोरे जस्ता लिम्बुहरुले सैन्यनायकत्व लिएर गोरखालीविरुद्ध वीरतापूर्वक लडेका थिए ।
किरात खम्बुको बाहुल्य रहेको माझकिरातमा बसोबास गर्ने क्रममा बाहुन बाहुनहरुले विर्ता र क्षेत्रीहरुले राजदरबारमा जागिर पाए । तीमध्ये खार्पाली पोखरेल हरिनन्द उपाध्याय धनाढ्य भइरहेका थिए । क्षेत्रीमा स्वरुपसिंह कार्कीले राजदरबारको उच्च कर्मचारीका रुपमा मान पाएका थिए।
तर कर्ण सेनका खम्बु दिवान अजित राय (अगमसिंह राई) को अधिनमा रही काम गर्नुपर्दा उनीहरुबीच मनमुटाव सुरु भयो । हरिनन्द र स्वरुपसिंहले माझकिरात राज्यलाई ध्वस्त बनाई गोरखालीलाई सुम्पने विचार गरे ।
योजना अनुसार नै गोरखाली राजा पृथ्वीनारायण शाहलाई भेट्न हरिनन्द र स्वरुपसिंह नुवाकोट दरबारमा पुगे । त्यतिबेलै स्वरुपसिंहलाई सर्दारीको सैन्य अधिकृतको जिम्मेवारी मिलिहाल्यो । हरिनन्द चाहिँ चौदण्डीको माटो नै बोकेर पृथ्वीनारायणलाई चढाउन पुगेका थिए । उनले यथासम्भव धनको पनि सहयोग गर्ने बिन्ति बिसाए ।
प्रसन्न राजा पृथ्वीनारायणले उनलाई तत्काल मामखामा गएर बस्दै गर्नु, पछि व्यवस्था गरौंला भन्ने आश्वासन दिए । माझकिरातको परिस्थिति बुझ्दै गर्न पृथ्वीनारायण शाहले बाङ्ग्या बस्नेतलाई खटाएको तथ्य इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः४१७) बाट खुल्दछ ।
इतिहासकार ज्ञानमणि नेपाल लिखित पुस्तक ‘नेपाल निरुपण’(२०५५ः२९७) अनुसार पनि हरिनन्द पोखरेलले चौदण्डी राज्यबाट माटाको डल्लो लगेर पृथ्वीनारायण शाह भेट्न पुग्दा ‘भारा–फौज खटाई बक्सनु भया नौलखा किरातको मूलुक मधेश पहाड हात गरी ढोकामा छिराउँला’ भन्ने बिन्ति बिसाएका थिए । ‘के खोज्छस् कानो आँखो’ भनेझै बडो प्रशन्नता व्यक्त गर्दै पृथ्वीनारायण शाहले ‘माझकिरातबाट राज्यलक्ष्मी मकहाँ आइन्’ भनी आफ्नी बडामहारानीलाई उक्त माटाको डल्लोलाई पूजा गरेर भण्डारमा राख्न दिए ।
हरिनन्दको ‘धनको खोलो’
यसरी चौदण्डीमा राजपुरोहित र काजी भइसकेकाहरु नै त्यहाँको माटाको डल्लो बोकेर पृथ्वीनारायण शाहको पाउमा समर्पण गरिसकेपछि सरदार रामकृष्ण कुँवरको नेतृत्वमा अमरसिंह थापालाई नायव गराई त्यसतर्फ सैन्य समूह पठाइयो ।
आचार्य (उहीः४१८)अनुसार रामकृष्ण र अमरसिंह दूधकोशीको दोभानमा पुग्दा उनीहरुलाई हरिनन्द उपाध्याय र त्रिलोचन उपाध्यायले स्वागत गरे । अनि तयारी अवस्थामा राखिएको डुङ्गाबाट नदी पार गराई वि.सं. १८२९ भदौ १३ गते माझकिरातको माटोमा गोरखाली सेनालाई उतारे ।
माझकिरातमा आमने–सामने हुँदा रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बु सेनाहरु धनुकाँडको सहारामा बन्दुकधारी गोरखालीहरुसँग भिडे । युद्ध लामै भयो ।
खार्पाली पोखरेलहरुले गोरखाली सेनाका लागि रसदपानी र धनदौलतको कुनै कमि आउन दिएनन् । यता पृथ्वीनारायण शाह भने आफ्ना सेनालाई लुगाफाटो अनि बन्दुक, बारुद र गोलीगठ्ठा पठाउँदै रहेको ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ४ अङ्क ५ (सन् १९७२ मेः९४–९५)मा पढ्न पाइन्छ ।
पृथ्वीनारायण शाहले फागुन वदी ९ मा रामकृष्ण कुँवरलाई २२ जोर लुगा र २५ थान बन्दुक पठाए । यस्तै कुलुङ, दिङ्ला र पौवामा लडिरहेका अमरसिंह थापालाई माघ वदी ५ मा २१ पाथी बारुद, पाँच हजार गोली पठाउँदै फेरि २० पाथी बारुद, ६ हजार पाँच सय २५ गोली, सात सय ५० धातु र नौ सय पत्थर पठाउने आफ्नो योजना रहेको जानकारी गराए ।
पहाडतिरबाट रामकृष्ण कुँवर र अमरसिंह थापा लड्दै थिए भने तराई क्षेत्रबाट अभिमानसिंह बस्नेत र पारथ भण्डारी अगाडी बढिरहेका थिए । माझकिरातमा लड्न आएका यी दुई समूहका गोरखाली सेनाका लागि हरिनन्द उपाध्यायले ‘धनको खोलो’ नै बगाएका थिए ।
इतिहासकार इमानसिंह चेम्जोङको ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः७८–७९) मा छापिएको दुई पत्र हेर्दा हरिनन्द उपाध्यायले बगाएको धनको खोलोको आँकडा हेर्न सकिन्छ । यी पत्रमध्ये भाद्र सुदी १० मा रामकृष्णले हरिनन्दलाई लेखेको पत्रमा ‘...तिमीले दूधकोशी तारेउ, फौजलाई खर्च बाड्न लियाको पटना रुपैया ३५५८ फौजलाइ बांडिया...’ भन्ने परेको छ ।
यस्तै अभिमानसिंह बस्नेत र पारथ भण्डारीले वि.सं. १८३० फागुन सुदीमा लेखेको पत्रमा ‘सरदार रामकृष्णले ली आयाको तमरा रुपैया ३५५८ फौजलाई बाड्दा हामीले लियाको तम्रा पटना रुपैया ७४६६ अघिका पछि जम्मा रुपैया ११०५१ को र नौलखा किरातको डल्लो अर्जी चढाई सारा फौज झिकाय पर्वत्मा दुनिया उपरा किरातीदेखि फोरी हाम्रा मनमा चौदण्डीका मूलुक पहाड मदेश अम्बल गरायाको तम्रो चाकरि रिझ्यो...’ भन्ने परेको छ । यो युद्धमा माझकिरातको ठूलो क्षति भयो । लड्नेभिड्ने पुरुषमध्ये एक हजार जति मारिए भने चार सयजति खोलामा हेलिए ।
योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाश’मा भाग १ (२०२२ः६)मा पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई माझकिरात विजयबारे १८३० मा लेखेको पत्रमा ‘...अरुण साँध लाग्यो, हजार वैरी काटिए । सये चार वैरी नदीमा बगी मरे । चौध सय जहान बच्चा पकडियो । किरात फत्ते भयो’ भन्ने लेखिएको छ ।
स्वरुपसिंह कार्कीको उदय
माझकिरात मास्न नुवाकोट दरबार पुगेका स्वरुपसिंह कार्की सरदार बनाइएपछि युवराज प्रतापसिंह शाहको अङ्गरक्षकका रुपमा सक्रिय भए । उनी दरबारका महत्वपूर्ण भारदार बने ।
पृथ्वीनारायण शाहको वि.सं.१८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भयो । पृथ्वीनारायणसँग सति जान चितामा चढ्नुअघि उनकी रानी नरेन्द्रलक्ष्मीले अर्ति उपदेश दिदै नयाँ राजा प्रतापसिंह शाहलाई राजमुकुट पहिर्याइन् ।
कर्ण सेनकी विधवा रानी नाबालक राजकुमारलाई अघि सारेर यो काम फत्ते गर्न लागेकी थिइन् । त्यहीबेला स्वरुपसिंह पनि रानीलाई पुरानो राज्य फिर्ता दिलाउन सहयोगी बनेर निस्के । तर नाबालक राजकुमारको पनि बिफरै कारण निधन भएपछि स्वरुपसिंहकै सहयोगमा पाल्पाली राजकुमार ध्वजबीर सेनलाई धर्मपुत्र बनाई रानीले आफ्नो उद्योगलाई निरन्तरता दिइरहिन् ।
त्यसैदिन नुवाकोटबाट फर्केर सजधजका साथ राजसिंहासनमा बसेर प्रतापसिंह शाहले बज्रनाथ पण्डितलाई मुख्तियार र स्वरुपसिंह कार्कीलाई प्रधानसेनापति बनाए।
यता पृथ्वीनारायणका भाई छोराको भने विजोग भयो । काजक्रिया सकिनेबित्तिकै बहादुर शाहलाई नजरबन्द र दलजित शाहको सर्वश्वहरण गरियो । केही महीनापछि गजराज मिश्रको सिफारिसमा बहादुर शाहले मुगलान जाने अनुमति पाए ।
स्वरुपसिंहको बदलाभाव
‘पूर्णिमा’ (उहीः४–५) अनुसार विजयपुरमा रहेका रामकृष्ण कुँवर र अभिमानसिंह बस्नेतलाई प्रतापसिंह शाहबाट सोमेश्वर (चितवन) विजयका लागि बोलावट भयो । विजयपुरबाट कुँवर र बस्नेत अनि काठमाडौंबाट र स्वरुपसिंह सेना लिएर त्यहाँ पुगे । साउन लाग्ने बित्तिकै सोमश्वर हात लाग्यो ।
युद्ध जिती काठमाडौं फर्केपछि स्वरुपसिंह पुरस्कारस्वरुप मुख्तियार बज्रनाथ पण्डितको अनुमति पाएर हिउँद लाग्ने बित्तिकै देश दौहाडामा निस्के । यसक्रममा उनी विजयपुर पुगे ।
यता १८३४ मंसिर ६ गते अल्पायुमै बिफरका कारण प्रतापसिंह शाहको मृत्यु भयो । मुख्तियार बज्रनाथले रानी राजेन्द्रलक्ष्मीलाई सति पठाउन ठूलो प्रयत्न गरे । त्यहीबेला बहादुर शाह काठमाडौं आइपुगे । र, राजाको काजक्रिया सकिनासाथ बज्रनाथ पण्डितलाई मुडेर मुगलान पठाइयो । स्वरुपसिंह भने विजयपुरबाटै मुगलान पसे ।
जुन राज्य र राजसंस्थालाई धोका दिई स्वरुपसिंह गोरखालीसँग मिल्न पुगेका थिए, ऊनै गोरखालीका डरले मुगलान पलायन भए । त्यसपछि भने गुमेको सोही राज्य र राजसंस्था फर्काउने उद्योगमा लागे ।
त्यतिबेला नाबालक राजकुमार, रानीसहित भागेका भूतपूर्व राजा कर्ण सेन कम्पनी सरकारको आश्रय लिएर राज्य फिर्ता गर्ने उद्योगमै लागेका थिए । विजयपुरमा व्यापार कोठी खोल्न दिने र १० आना सिर्ताे कम्पनी सरकारलाई तिरेर आफू ६ आना खाने गरी आफू पुनः राजा हुने उद्देश्य कर्ण सेनको थियो । तर उनको चाँडै निधन भयो ।
कर्ण सेनकी विधवा रानी नाबालक राजकुमारलाई अघि सारेर यो काम फत्ते गर्न लागेकी थिइन् । त्यहीबेला स्वरुपसिंह पनि रानीलाई पुरानो राज्य फिर्ता दिलाउन सहयोगी बनेर निस्के । तर नाबालक राजकुमारको पनि बिफरै कारण निधन भएपछि स्वरुपसिंहकै सहयोगमा पाल्पाली राजकुमार ध्वजबीर सेनलाई धर्मपुत्र बनाई रानीले आफ्नो उद्योगलाई निरन्तरता दिइरहिन् ।
स्वरुपसिंह कम्पनी सरकारलाई वार्षिक तीन लाख सिर्ताे तिरेरै भएपनि सेनराज्य फिर्ता गर्ने योजनामा तल्लिन थिए । सरसल्लाहका लागि उनी कहिले कलकत्ता, कहिले सिक्किम त कहिले भुटान भौतारिइरहेका थिए । गोरखालीका तर्फबाट स्वरुपसिंहलाई निगरानी गर्दै उनको कुरामा कम्पनी सरकार नलागोस् भनेर वकिलका रुपमा दिनानाथ उपाध्याय कलकत्तामा सक्रिय थिए ।
ध्वजबीर सेनलाई मोरङदेखि दक्षिण, मैथिली ब्राहृमणको जमीनदारीमा रहेको धूमगढमा राखिएको थियो । यो ठाउँ पत्ता लगाएर विजयपुरबाट गएको एक कम्पनी गोरखाली सेनाले ध्वजवीरसहित १५÷१६ जना सहयोगीलाई मारेपछि स्वरुपसिंहको सङ्कटको दिन सुरु भएको ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’(२०५२ः२२–२३) पढ्दा थाहा हुन्छ ।
स्वरुपसिंहको गतिविधिलाई विजयपुरबाट मसिनो गरी निगरानीमा राखिएको थियो । विजयपुरमा सुब्बा योगनारायण (कतै जोगनारायण) मल्ल यस कार्यमा खटिएका थिए । यसबारे ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (२०४० चैत्रः३४–४२) मा लेखिएको छ । दिनेशराज पन्तलिखित ‘श्री ५ रणबहादुर शाहका नौवटा अप्रकाशित लालमोहर’ शीर्षकको लेखमा छापिएका नौवटा ऐतिहासिक पत्रमध्ये पाँच वटामा स्वरुपसिंह कार्कीको प्रसङ्ग परेको छ ।
यता १८३४ मंसिर ६ गते अल्पायुमै बिफरका कारण प्रतापसिंह शाहको मृत्यु भयो । मुख्तियार बज्रनाथले रानी राजेन्द्रलक्ष्मीलाई सति पठाउन ठूलो प्रयत्न गरे । त्यहीबेला बहादुर शाह काठमाडौं आइपुगे । र, राजाको काजक्रिया सकिनासाथ बज्रनाथ पण्डितलाई मुडेर मुगलान पठाइयो । स्वरुपसिंह भने विजयपुरबाटै मुगलान पसे । जुन राज्य र राजसंस्थालाई धोका दिई स्वरुपसिंह गोरखालीसँग मिल्न पुगेका थिए, ऊनै गोरखालीका डरले मुगलान पलायन भए । त्यसपछि भने गुमेको सोही राज्य र राजसंस्था फर्काउने उद्योगमा लागे ।
तीमध्ये १८३५ वैशाख वदी ७ रोज ५ मा लेखिएको पत्रमा ‘सरुप परनिंया गैरहेछ. उकिल सर्वत्र पठाञ्यूं भनि विंति गरिपठायाछौ. सरुपछेउ पुगन्या मानिस् पठाइकन् निस्तुक बुझी विंति गर..’ भन्ने परेको छ । यसबाट विजयपुरबाट स्वरुपसिंहको निगरानी राख्न वकिल खटाइएको दरबारमा थाहा भएको र उनीनजिक मानिस पठाएर सबै बुझी खबर गर्नू भन्ने बुझिन्छ ।
वि.सं. १८३६ वैशाख सुदी १५ राजे ६ मा लेखिएको पत्रमा ‘इस्मेट साहेव र सरुप पुरनियाका साहेवसंग कौसल भयाको विंति पठायाछौ. पुरनियाका साहेवलाई सरसौगातसंग चिठी लेषि पठायाछौ. गुलियो मिठो गरि पठाउंदै गरि पुरनिञा साहेव हामिसित अषलासि राषन्या भया इस्मेट सरुप उठाया उठंनन् ’ भन्ने परेको छ । यसबाट अँग्रेज अधिकारीसँग स्वरुपसिंहले पनि कुराकानी जारी राखेको र गोरखालीका तर्फबाट पनि कोसेलीपातसहित अँग्रेज अधिकारीलाई चिठी पठाइएको र उनीहरुलाई आफ्नो पक्षमा पार्न मीठो मसिनो गर्दै गर्नु भन्ने आदेश दरबारले पठाएको थाहा हुन्छ ।
वि.सं.१८३७ भाद्र वदी ३ रोज ६ मा लेखिएको पत्रमा ‘वैरी १,२ झार जंगल पस्याका घाटबाटमा चोरि साम्ल्या हान्न्यालाई चाहारि हान्न जाउं भन्या मधेसबाट सरुप तयार भायाको देषाता विजैपुर षालि राषि जान्या होइन भनि गइउन विजैपुर संभालिमिङ्खय वस्यूं भनि लेष्याछौ. योग्यै हो..’ भन्ने परेको छ । यसबाट मधेशतिर स्वरुपसिंह सक्रिय रहेको बेला एक दुई जना वैरी जंगल पसेको थाहा भएर पनि विजयपुर नछोडी त्यतितिर लड्न नगएको भन्ने थाहा हुन्छ ।
दरबारबाट लखेटिएर निर्वासित बनेका राजकुमार बहादुर शाह र चौतारिया दलजित शाहलाई पनि खर्च पठाउन थालेकी थिइन् । सेनराज्य पुनः फर्काउने उद्योगमा लागेर असफल भएका स्वरुपसिंहलाई पनि उनले सम्झिइन् ।
दुई वटा मिति नखुलेको अपूर्ण पत्रमा पनि स्वरुपसिंहको प्रसङ्ग परेको छ । पहिलोमा हरिनन्द उपाध्यायलाई पनि स्वरुपसिंहलाई सके मुगलानका मान्छे लगाएर भए पनि समात्न पाए हुन्थ्यो भन्ने खबर भएको र यसका लागि पक्राउ गर्नेलाई एक, दुई वटा हात्ति र एक, दुई हजार रुपैयाँ दिन सकिनेसम्मको सूचना रहेको पाइन्छ ।
यस्तै अर्को पत्रमा पाल्पाली साहेव (सेन राजकुमार) र स्वरुपसिंहको साथमा रहेका मानिसले कलकत्ताको मद्दत नपाएको र खर्चको पनि अभाव हुँदा भागी भागी हिड्नु परेको भन्ने खबर विजयपुरबाट गएको देखिन्छ ।
फेरि गोरखाली फौजमा
नायबी लिएर बसेकी महारानी राजेन्द्रलक्ष्मीलाई कास्कीमाथि धावा बोल्नु थियो। यसका लागि उनले पुराना चौतारिया र भारदारहरुको सम्झना गरिन्
दरबारबाट लखेटिएर निर्वासित बनेका राजकुमार बहादुर शाह र चौतारिया दलजित शाहलाई पनि खर्च पठाउन थालेकी थिइन् । सेनराज्य पुनः फर्काउने उद्योगमा लागेर असफल भएका स्वरुपसिंहलाई पनि उनले सम्झिइन् ।
वि.सं. १८४२ मा गोरखाली फौजले कास्की हानेका थिए । त्यसको एक वर्षअघि नै आफ्ना सल्लाहकार भीम खत्रीको सिफारिसमा स्वरुपसिंह स्वदेश फर्की एक कम्पनी तैनाथीका साथ तराईको हाकिमी पाएर महोत्तरीमा बसेका थिए ।
बाबुराम आचार्यले ‘पूर्णिमा’ पूर्णाङ्क ६० (२०४१ माघः३७–४०)मा उल्लेख गरेअनुसार राजेन्द्रलक्ष्मी स्वरुपसिंहलाई मुख्य सेनापति गराएर कास्की हान्न चाहन्थिन् । मुख्य सेनापतिमा कालु पाँडेका छोरा वंशराज पाँडेको पनि दाबी थियो ।
यसैबीच राजेन्द्रलक्ष्मीले वंशराजलाई थुनाइदिइन्। यो सुनेर रातारात बहादुर शाह र दलजित शाह काठमाडौं आए । तर उनीहरु आइनपुग्दै वि.सं. १८४२ वैशाख १२ गते राजेन्द्रलक्ष्मीको आदेशका उनी काटिइसकेका थिए ।
तनहुँमा रहेका नरु शाही, अभिमानसिंह बस्नेत र देवदत्त थापाबीच को मुख्य सेनापति हुने भन्ने हानाथापले द्वेष बढिरहेको थियो । त्यहीबेला अर्का दावेदार निस्किए– स्वरुपसिंह । तर बहादुर शाहले दलजित शाहलाई मुख्य सेनापति बनाएर पठाए । एकचित्त भएर गोरखालीहरुले वि.सं. १८४२ जेठ जाँदो कास्की कब्जा गर्दै नेपाल राज्यको सिमा कालीगण्डकीसम्म पुर्याए ।
त्यसपछि स्वरुपसिंह कास्की र नुवाकोटको शासनका काममा खटिए । तर जिम्मेवारी लिएको दुई महीना नपुग्दै वि.सं. १८४२ साउनको अन्त्यतिर राजेन्द्रलक्ष्मी र बहादुर शाहको आदेशका पोखरामा उनी काटिए ।
बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’ (२०६३ः२२४)अनुसार स्वरुपसिंहको मूलघर माझकिरातको खुरकोट हो ।
स्वरुपसिंहको हत्यापछि उनका सन्तान ज्यान बचाउन भाग्दै लिम्बूवानको कोयाखोला पुगे । त्यहाँबाट पनि उनीहरु ताप्लेजुङको उत्तरी गाउँ खेजेनिम पुगे । आजका इतिहासकार तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी उनै स्वरुपसिंह कार्कीका सन्तान हुन् ।