बालिका हत्यामा पक्राउ परेका साह पाँच महीनाअघि हत्या अभियोगमै अदालतबाट धरौटीमा छुटेका थिए
महोत्तरीमा बालिका हत्या आरोपमा पक्राउ परेका अरूणकुमार साहविरूद्ध जिल्ला अदालतमै हत्याको अभियोग लागेको मुद्दा विचाराधीन रहेको पाइएको छ।
आइतबार साँझदेखि हराएकी ६ वर्षीया गुलाब साह खातुनको शव भेटिएपिछ प्रहरीले हत्यामा संलग्नताको आरोपमा गौशाला नगरपालिका ५ का २६ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेको छ। बालिका खातुनको घाँटी थिँचेर हत्या गरिएको प्रहरी आशंका छ। महोत्तरीका प्रहरी प्रमुख टीकाबहादुर केसीले साहकै बयानको आधारमा बालिकाको शव भेटिएको हिमालखबरलाई बताए।
साहमाथि गएको वैशाखमा आफ्नै साथीलाई हत्या गरेको अभियोग महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ। हत्याजस्तो गम्भीर अपराधमा पनि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशका कारण पाँच महीनापछि उनी अर्को ठूलो अपराधमा संलग्न भएका छन्।
यिनै साहमाथि गएको वैशाखमा आफ्नै साथीलाई हत्या गरेको अभियोग महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ। हत्याजस्तो गम्भीर अपराधमा पनि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशका कारण पाँच महीनापछि उनी अर्को ठूलो अपराधमा संलग्न भएका छन्।
२८ वैशाख साँझ लकडाउनकैबीच स्थानीय होटलमा सँगै बसेर रक्सी खाएपछि घर फर्कँदै गर्दा बाटोमा विवाद झिकेर साहले आफ्नै साथी दिलिप ठाकुरको हत्या गरेका थिए। बाटोमा भेटिएको काठको मुङ्ग्रोले टाउको फुट्ने गरी हिर्काएपछि दिलिपको घटनास्थलमै ज्यान गएको थियो। त्यसपछि साह फरार थिए।
इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीका प्रहरी निरीक्षक प्रकाश रेग्मीले त्यो समयमा आफूहरूले निकै मिहेनत गरी दुई दिनपछि धनुषाबाट साहलाई पक्राउ गरेको बताए। उनका अनुसार पक्राउपछि साहले प्रहरीसमक्ष आफूले नै दिलिपको हत्या गरेको स्वीकारेका थिए। बाटोमा विवाद भएपछि काठको मुङ्ग्रोले टाउकोमा हिर्काउँदा दिलिप ढलेको र आफू भागेको बयान दिएका थिए। प्रहरीले हत्याको औजारको रूपमा प्रयोग भएको काठको मुङ्ग्रो, विभत्सपूर्वक हत्या भएको देखिने दिलिपको टाउको फुटेर रगताम्मे भएको शवको तस्वीर र साहको बयानसहित जिल्ला अदालतमा मुद्दा चलाएको थियो।
तर, १९ जेठमा जिल्ला न्यायाधीश सुमनकुमार न्यौपानेले साहलाई एक लाख रूपैयाँमा धरौटीमा छाड्ने आदेश गरेका थिए। जिल्ला सरकारी वकीलको कार्यालय महोत्तरीका एक जना अधिकृतले न्यायाधीश न्यौपानेले 'साहले अदालतमा घटनामा संलग्नता अस्वीकार गर्दै दिएको बयानका आधारमा र उनको उमेरलाई समेत ध्यान दिँदै' धरौटीमा छाड्ने आदेश गरेको बताए। "अधिकांश अपराधीले आफूले अपराध गरेको कहाँ स्वीकार्छन् र ?", ती अधिकृतले भने, "त्यसकै आधारमा न्यायाधीशले धरौटीमा छाड्न मिल्दैन। न्यायाधीशले त प्रमाण हेरेर उनी घटनामा संलग्न भए वा नभएको निर्क्यौल गर्नुपर्छ।"
न्यायाधीश न्यौपानेले अभियुक्त साहको उमेरसमेत विचार गर्दै धरौटीमा छाड्ने आदेश दिएका छन्। २६ वर्षीय साहको उमेरबारे किन र के विचार गर्नुपरेको हो भन्नेबारे भने आदेशमा केही खुलाइएको छैन। धरौटीमा छाड्ने न्यायाधीश न्यौपानेको २१ असोज २०७७ को न्याय परिषद्को निर्णयबाट बारा जिल्ला अदालतमा सरूवा भएको छ।
न्यायाधीश न्यौपानेले अभियुक्त साहको उमेरसमेत विचार गर्दै धरौटीमा छाड्ने आदेश दिएका छन्। २६ वर्षीय साहको उमेरबारे किन र के विचार गर्नुपरेको हो भन्नेबारे भने आदेशमा केही खुलाइएको छैन। धरौटीमा छाड्ने न्यायाधीश न्यौपानेको २१ असोज २०७७ को न्याय परिषद्को निर्णयबाट बारा जिल्ला अदालतमा सरूवा भएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा जन्मकैदको सजाय हुनसक्ने कसूरको अभियोग लागेको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट दोषी हो भन्ने विश्वास गर्ने आधार भएमा त्यस्तो अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नुपर्ने व्यवस्था छ। जन्मकैदको सजाय हुनसक्ने अपराधमा मात्रै होइन तीन वर्ष भन्दा बढी कैदको सजाय हुनसक्ने अपराधमा पनि संलग्न भएको प्रमाणले देखाए थुनामा पठाउनुपर्ने व्यवस्था संहितामा छ।
साहको संलग्नताको अभियोग लागेको ज्यान मुद्दामा जन्मकैद (२५ वर्ष) हुनसक्छ। "त्यस्तो गम्भीर मुद्दामा पनि धरौटीमा छाड्ने आदेशका कारण आज अर्को अपराध हुन पुग्यो", जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी अधिकृतले भने।
हत्याजस्तो गम्भीर अपराधमा जिल्ला अदालतका न्यायाधीश अनावश्यक 'उदार' भइदिँदा र उच्च अदालतले समयमै सुनुवाइ गरेर आदेश 'नसच्याएको' परिणाम आज अर्को जघन्य अपराध भएको छ, जसका कारण ६ वर्षीया बालिकाको ज्यान गुमेको छ।
१९ जेठको आदेशमा न्यायाधीश न्यौपानेले 'साह उक्त अपराधमा संलग्न छैनन् भन्ने विश्वास गर्ने आधार नदेखिएको' पनि भनेका छन्, तर एक लाख रूपैयाँ धरौटी लिएर छाड्न पनि आदेश दिएका छन्। "उनी निर्दोष छन् भन्ने प्रमाणबाट नदेखिको अवस्थामा थुनामा पठाउनुपर्ने थियो, तर धरौटीमा छाड्ने आदेश भएपछि हामीले उच्च अदालत जनकपुरमा जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन दिएक छौं", उच्च सरकारी वकील कार्यालयका एक जना वरिष्ठ अधिकारीले भने।
दिलिपको हत्याबारेका सम्पूर्ण प्रमाण र कागजातसहित उच्च सरकारी वकील कार्यालयले साहलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा २५ असारमै निवेदन दिएको भए पनि अहिलेसम्म उच्च अदालतले उक्त निवेदनमाथि सुनुवाइ गरेको छैन। पछिल्लोसमय २, ९, १६ र २३ असोज तथा २१ कात्तिकमा सुनुवाइका लागि पेशी तोकिएको भए पनि सुनुवाइ हुन नसकेको उच्च अदालत जनकपुरले जनाएको छ।
हत्याजस्तो गम्भीर अपराधमा जिल्ला अदालतका न्यायाधीश अनावश्यक 'उदार' भइदिँदा र उच्च अदालतले समयमै सुनुवाइ गरेर आदेश 'नसच्याएको' परिणाम आज अर्को जघन्य अपराध भएको छ, जसका कारण ६ वर्षीया बालिकाको ज्यान गुमेको छ।