कोरोना संक्रमित १६७ जनाको आईसीयूमा र २४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
मुलुकमा कोरोनाका १९१ जना गम्भीर बिरामीको *आईसीयूमा र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कोरोना संक्रमण दिन प्रतिदिन बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको देखिएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १६७ जनाको आईसीयूमा र २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
आईसीयूमा राखेर उपचार भइरहेका बिरामीहरू प्रदेश-१ मा ३ जना, प्रदेश-२ मा २८ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश-५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना छन्।
त्यस्तै प्रदेश-१ मा १ जना. बागमती प्रदेशमा २० जना र प्रदेश-५ मा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
*सच्याइएको